बिहिबार, चैत्र १५, २०८०

अमुक नामकाे क्रान्तिकारी खाेल

रबि पौडेल
माक्र्सवाद ,लेनिनवाद र माअाेबिचारधारा एक पथप्रदशन सिद्धान्त हाे । बिस्वभरि भए का मुक्ति अान्दोलन मा लाखौं काे ज्यान गएको छ ।क्रान्तिकारी हरुले ठुलो सङ्ख्या मा अाहुति दिएका छन ,माक्स , एङगेल्स ,लेनिन ,स्टालिन र माअाे लाई बिस्वभरिका श्रमजीवी हरुले सधैं सम्झ्ने गर्दछन । फिदेल कास्त्राे,च्केकाेभेरा ,गाेन्जालाे लगायत मित्ररास्ट भारत मा महात्मा गान्धि लाई पनि बिस्वले पुकार्ने गर्दछ ।नेपाल एकीकरण का नायक पृथ्वीनारायण शाह पनि एक जमाना का क्रान्तिकारी नेता थिए ।बिस्वलाइ बहादुर काे नामले नेपाल काे नाम शिखर मा पुर्याउने काम पनि नेपाली बहादुर हरुले गरेका हुन ।विश्व स्तरमा यस्ता धेरै ब्यक्ति हरुकाे नाम क्रान्ति र शान्ति दुवै काे नाममा नअाउने गर्दछ ।
कसैले माक्र्स लाई मान्दैनौं भन्छ भने त्यो उसको स्तन्त्रता काे कुरा हाे ।रुष देशमा जारशाहि काे लेनिन सँग हार भयाे ।जापानी साम्राज्यवाद बिरुद्ध काे अान्दोलन मा चिन मा माअाेले अाजाद छेडे ,क्युवा मा फिदेल कास्त्राे ले देश परिवर्तन गरेर छाेडे ।माक्र्स र एङगेल्स हरुले एउटा क्रान्तिकारी परिवर्तनको बाटो देखाए र त्यसलाई नितिगत नियमहरु बनाइदिए ।नेलिन ले साँगठनिक संरचना सङगठनात्मक तरिका उपयुक्त हुनुपर्छ भनेर लगाम लगाए ।एउटा अनुशासन र लिमिटेन्ड पार्टी सङगठन काे तरिका अपनाउनु पर्छ भन्ने धारणा मात्र हाेईन ब्यबहारिक बनाएर छाडे ।भारत मा शान्ति बादि तरिकाले पनि दमनको नीति ताेड्न सकिन्छ भनेर माहात्मा गान्धी ले एउटा सरल तरिका अपनाए ।लामो समय ब्रिटिस उपनिवेश काे कब्जा मा रहेको भारत लाई मुक्त गरे ।विभिन्न कालखण्डमा मा फरकफरक देशमा फरकफरक ब्यक्ति हरुले प्रतिपादन गरेका नीति नियम हरु अाम स्वसितपिडित ,मजदुर किसान बर्ग ,गरिव बर्ग काे पक्षमा भएको ले तिनै सिद्धान्त हरुलाइ मान्दै र मानिदै अनि ब्यबहारिक रुपका प्रयोग गर्ने प्रयत्न गरिदै अाएकाे अबस्था हाे ।

बिस्वमा ठुला ठुला क्रान्ति हरु भए ।लाखौं मानिस हरुले बलिदान दिए ।रुष ,पेरु ,क्युवा चिन जस्ता देशहरू मा अामुल परिवर्तन का लागि क्रान्ति सम्पन्न भए ।तर छिट्टै कतिपय देशहरूमा प्रतिक्रान्ति भयाे ।पुन दमन गर्न थालियो हजारौं क्रान्तिकारी हरु काे ज्यान लिने काम पनि प्रतिक्रियावादी राज्यसत्ता ले गरेको हाे ।

नेपाल मा पनि पृथ्वीनारायण शाह लाई छाेडेर ।बेलाबेला मा क्रान्तिकारी हरुले डम्फा पिट्दै अाएका छन ।२०२८ साल मा पुर्व काे झापा मा केही अमुक क्रान्तिकारी हरुले क्रान्ति गरे ।त्यो अमुक नामकाे क्रान्तिकारी ले सुतिरहेको अबस्थामा मानिस काे घाँटी रेटेर क्रान्ति सम्पन्न हुन्छ भन्ने साेचेर केही मानिस हरुकाे घाँटी रेट्ने काम भयाे ।अातङ्क मच्चाउदै फिल्ड मा अाएका केही तत्वहरुले केही समय काे अन्तराल पछि अाफ्नाे जीवन काे सेटल गरे ।सत्तामा गए र रास्टिय सम्पत्तिको रस चुस्न थाले ।

फेरि २०५२ सालमा अर्को अमुक नामको क्रान्ति काे जन्म भयो ।ब्यक्ति हत्या ,चन्दा अातङक ,सरकारि संरचनाहरुकाे बिध्वम्स ,गालि गलाैज वाट प्रेरित अमुक क्रान्तिकारी हरुकाे युद्ध सफल हुने देखिदैनथ्याे ।केही तडक भडक र अाबेशमा मुठ्ठी भर ब्यक्ति हरुकाे स्वार्थ थियाे ।एउटा अमुक ब्यक्ति ले गरेको विश्लेषण अमुक नामकाे क्रान्ति सँग मेल खायाे ।र उहीँ अमुक ब्यक्ति ले भने झै ।अमुक क्रान्ति काे अाैचित्य सकियाे ।अनि बहुदलीय संसदिय ब्यबस्था नै सहि भनेर गए ।
केही ले जिवन मा ब्यक्तिगत क्रान्ति त ल्याए तर लाखौं श्रमजीवी गरिव मजदुर हरुकाे पक्षमा विगुल बजेन अमुक ब्यक्ति ले शहिदहरु काे खेति भनेर गरेको व्याख्या ठिक र सहि साबित भयाे ।यसरी अमुक क्रान्ति काे नाममा अमुक क्रान्तिकारी खाेल भित्र बाट चिप्लिए ।
हिजो का ती कथित जनयुद्ध भन्दा जनताको बलमा उठेका ठुला अान्दोलन ले नै केही परिवर्तन भए का छन । स्वतस्फूर्त रुपमा उठेका अान्दोलन ले नै रास्टियता काे रक्षा गर्न सकेका छन ।अहिलेसम्म क्रान्ति का नाममा लुट मात्रै भएको छ नेपाल मा सहि क्रान्तिकारी दिशा कसैले समातेको छैन ।
फेरि याे क्रम राेकिने पक्षमा थिएन ।फेरि अमुक ब्यक्ति ले क्रान्ति लाई धाेका दिएको भनेर ।अर्को अमुक क्रान्तिकारी ले बिद्राेह गरे ।चन्दा अातङक ,लुटपाट र ब्यक्ति हत्या बाट प्रेरित अमुक क्रान्तिकारी हरुले पनि गलत बाटो समाए पछि अन्त्यमा अहिले यतिखेर अमुक क्रान्ति काे नाममा सम्झौता भएको छ ।सम्झौता ले अमुक क्रान्तिकारी हरुलाई कहाँ लगेर टुङ्ग्याउने हाे हेर्न बाँकी छ ।

बिगत काे राजनीति व्याख्या विश्लेषण ,त्यसले लिएका तात्कालिक राजनीति कार्यक्रम हरु ,त्याे नेतृत्वको दुरदर्शिता पुर्ण अभिब्यक्ति ,सहि र सटिक समय मा अान्दोलन काे उभार ले अमुक पार्टी नै नेपाल काे सन्दर्भ मा सहि छ भन्ने लागेको छ ।
त्यसले माक्र्सवाद ,लेनिनवाद र माअाेबिचार धारा लाई पनि मानेको छ ।त्यसको साङगठानिक संरचना पनि लेनिनबादि छ ।तर समय समय मा अमुक क्रान्तिकारी हरुले भाँजो हाल्दै र बनेको संरचना भत्काउने काेसिश गर्दै अाएका छन ।क्रान्ति काे नाममा अमुक क्रान्तिकारी हरुले समय समयमा धाेका दिदै अाएकाे तिताे सत्यता पनि छ ।अमुक क्रान्तिकारी हरु यतिखेर एउटै नामले चिनिने प्रयास गरिरहेका छन ।उनिहरकाे कुनै फ्लाट छ‌ैन ।बनेको घर केही राम्रो हुन लागेको घर फेरि धमिरा ले झै खाेस्रेर भत्काउन लागेका छन ।घर भत्कन्छ ,घर भत्काइन्छ फेरि घर बन्ने गरेको छ ।अमुक नाम का क्रान्तिकारी हरु अाउछन बस्छन र जान्छन् ।बस्छन खान्छन् र घरै भत्काउन थाल्दछन ।हजार पटक घर भत्किन्छ र फेरि घर बन्छ ।घर भत्किन्छ तर जग जहाँको तहिँ रहिरहन्छ ।जग भनेको खालि एउटा घडेरि मात्रै हुन सक्दैन ।बिधान र नीति नै त्यसको जग हाे ।अमुक नामका क्रान्तिकारी हरुले अाज तयार पारेको बिधान र प्रतिबेदन चेत्न खाेजेका छन ।घर जलाउन खाेजेका छन ।अमुक क्रान्तिकारी हरु लाई याे थाहा छैन कि घर भत्के बनाउन सकिन्छ ।बिधान र प्रतिवेदन जलाए फेरि लेख्न सकिन्छ ।

केरला काे काेचिन बाट छुटेको रेल राप्तिसागर एक्सप्रेस युपि काे गाेरखपुर सम्म पुगेर राेकिन्छ ।त्यसको गन्तव्य स्थान गाेखरपुर हुन्छ ।निर्धारण समयमा रेल त्यहाँ पुग्छ र फेरि भाेलिपल्ट काे बाटो तय गर्छ तर याे अबधिमा बिच बाटो कति मानिस चड्छन र अाेर्लिन्छन कति निदाउछन र कति भाेकै बस्छन त्यसको कुनै लेखाजोखा हुदैन ।त्यसकारण अमुक क्रान्तिकारी हरुले याे बुझ्नु जरुरि छ कि पार्टी सङगठन भनकाे राप्तिसागर रेल हाे ।यसकाे जग केरलाकाे काेचिन हाे भने गन्तव्य युपि काे गाेरखपुर नै हाे ।ब्रेक फेल हाेला ,लाइन नमिलेर राेकिन पर्ला ? केही ढिलासुस्ती हाेला ? केही कठिााई पनि हाेला तर गन्तव्यमा रेल पुगेर छाेड्छ त्यसरि नै पार्टी ले गन्तव्य तय गरिसकेको छ ।त्यसकारण गन्तब्य राेक्न खाेजेर राेकिने छैन ।बरु अमुक क्रान्तिकारी हरुलाइ पस्चाताप हुन सक्छ ।

यति मात्रै हाेइन पटकपटक धाेका दिदै अाएका अमुक नाम का क्रान्तिकारी हरुले ।बिगत मा जस्तै उहीँ पुरानो ,उहीँ सडेगलेकाे नीति काे सहारा लिए का छन ।अमुक क्रान्ति काे नाम मा बिगत मा टाउको काट्ने ,चरित्र हत्या गर्ने ,लुट्ने ,धम्क्याउने गरिन्थ्यो ।त्यसरि त गएका छैनन तर ठिक त्यसरि नै ब्यक्तिगत रुपमा नाम जाेडेर चरित्र हत्या गर्ने नितिगत कुराहरु सार्बजनिक गर्ने ,अनुशासन पालना नगर्ने ,नेतृत्व लाई धम्का्याउने ,घुर्क्याउने गर्दै जाँदा अाफु कुन धरातलमा छु र कहाँ छु भन्ने सम्म भुल्दै गएको अबस्था छ ।बिगत काे स्थापित धरातल गुमाउँदै क्रान्तिकारी अाबरण भित्र राताे खाेल भिरेका छन ।अाफ्नाे हैसियत के हाे ? कति सम्म गर्दा ठिक हुन्छ ? भन्ने कुरा नै अमुक क्रान्तिकारी हरुले भुल्दै गएका छन ।हामीले अमुक क्रान्तिकारी हरु सँग काे लडाइँ अरु तेज पार्नुपर्ने अाबस्यकता छ ।तर सैद्धान्तिक रुपमा नै त्यो लडाइँ अघि बढ्नुपर्छ ।
अमुक क्रान्तिकारी हरुले घर जलाए भनेर घर जलाउन हिड्नु वा बिधान र प्रतिबेदन च्याते भनेर च्यात्न हिन्नु भने गलत हुनेछ ।

अमुक क्रान्तिकारी हाे कम्युनिस्ट काे खाेल अाेडेर मात्रै हुदैन ।व्यवहार मा लागू गर्ने बिषय मा साेच्नु पर्छ ।जनता लाई झुक्याउदै ,भाेट ब्याङ बनाउने र जनाएको टाउकोमा मा टेकेर जनाएको गर्धन काट्ने काम नगर ।राेजगारि ,शिक्षा र स्वास्थ्य काे ग्यारेन्टी गर्नु पर्छ ।देशको सिमा मिचिएकाे छ ।रास्टिय अस्मिता लुटिएको छ ।पटकपटक सरकार मा गएका लाल क्रान्तिकारी अावरण बाेकेका धाेकेबाजहरु लाई जनता ले पनि चिन्नुपर्छ।लाखौं युवाहरु बिदेश काे भुमिमा श्रम बेच्न पर्ने बाध्यता छ ।क्रान्तिकारी खाेल अाेडेका भ्रम जालमा पारेर झुक्याउने काम बन्द हुनुपर्छ ।

ए अबसरबादि लाल क्रान्तिकारी हरु हाे ।देशका नदिनाला सम्झौता नगर ,बेचिरहेका कलकारखाना र उध्याेगधन्दा हरु वापिस गर ,खाेल र युवायुवतिहरु लाई देश मै राेजगार काे ग्यारेन्टी गर ।

क्रान्तिकारी खाेल बाट बाहिर अाउ र गाउँ बस्तिहरु का झुग्गिझुपडि हरु मा गरिव अामा हरुकाे दुख ब्यथा हेर ,बुझ ,प्रत्येक घरघरमा पुगेर गरिव बर्ग र मजदुर हरु का समस्या देख्ने गर महिला कति पिडित छन ? जाति जनजाति र अल्पसंख्यक नागरिक हरुकाे अबस्था कति दर्दनाक छ ।चुहिने झुपडी र भाेकाे पेटका बस्तिहरु काे अावाज सुन्ने काेसिश गर ।

हे अमुक नामका क्रान्तिकारी हरु हाे ।बिदेशी ले दिएकाे रिण मा मस्ति नगर ! नेपाली नागरिक काे थाप्लोमा ४० हजार रिण पुग्दा पनि तिमीहरू लाई पटक्कै लाज छैन ।र भन्छाै देश बिकास मा फड्को मार्याे ? हे खाेल अाेडेका अावारा क्रान्तिकारी थाेरै दिमाग लगाई साेच्ने गरे कुन हिसाब मा तिमीहरू सुखि नेपाली काे अावरण लगाउछाै ? समृद्धि नेपाल काे नारा लगाउदा देशको अार्थिक दर घटेर तल अाएकाे तिमीहरू किन देख्दैनाै ? हे लम्पट क्रान्तिकारी हरु तिमिहरु ले गरिव दुखि हरुकाे कर उठाएर खान लाज किन मान्दैनौं ?

झुक्याउदै,झुक्याउदै ,हेप्दै र ठग्दै अाएका अमुक क्रान्तिकारी खाेल अाेडेका राता सिपाही हरु लाई समय मै चिनाै ।पार्टी भित्र फैलाउदै गएको भ्रमजाल र सरकारिपक्ष बाट हुने दमन ,राताे अावण भित्र लुकेर खेल्ने खेल काे भण्डाफाेर गराै ।सिद्धान्त लाई तिलान्जलि दिने ठग बेइमानी र धाेकेवाज हरुलाइ परास्त गराै ।

त्यसकारण समय- समयमा खेलिने अमुक क्रान्तिकारी हरुकाे खेल बाट जाेगिने प्रयत्न गरा‌ै ।अमुक क्रान्तिकारी हरुकाे खाेल अाेडेका अमुक क्रान्तिकारी हरु काे जालाे ताेडाै ।
अाफ्नाे गन्तव्य लाई नभुलाै यसैमा लाखौं गरिव बर्ग काे मुक्ति सम्भब छ ।अमुक नामकाे क्रान्तिकारी अावरण भित्र अाेडेकाे खाेल च्यातेर फालाै ।सहि सत्य कुरा बाेलाै ।काम गराै ।बसेर कुरा मात्रै नगराै ।

रबि पाैडेल पाण्डेचरि।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal