शनिबार, साउन १२, २०८१

रक्तिम गायिका लक्ष्मी गुरुङ सदाको लागि अस्थाउनुभयो

 

श्वासप्रश्वास र निमोनियाद्वारा पीडित गुरुङको २०७८ कात्तिक २५ गते रुपन्देहीको भैरहवामा निधन भएको हो ।

घरमै अक्सिजन लगाएर उपचार भइरहेका बेला थप समस्या देखिएपछि केही दिनअगाडि उहाँलाई उपचारका लागि भारतको गोरखपुर लगिएको थियो । उपचार गरी फर्कंदा पुनः श्वासप्रश्वासको समस्या देखा परेपछि उहाँलाई भैरहवा मेडिकल कलेल अस्पताल पुर्याइएको थियो । त्यहाँ अस्पतालले उहाँलाई मृत घोषणा गरेको थियो ।

उहाँको आजै बुटवलस्थित गुरुङडाँडामा दाहसंस्कार गरिने भएको छ ।

गुरुङ रक्तिम सांस्कृतिक अभियानकी केन्द्रीय सल्लाहकार तथा रुपन्देही जिल्ला समितिकी सदस्य हुनुहुन्थ्यो ।

उहाँले “उत्तरबाट बादल आउँदा” लगायत रक्तिम सांस्कृतिक अभियानद्वारा प्रकशित थुप्रै गीतमा स्वर दिनुभएको थियो ।

कास्की जिल्लाको भदौरे भन्ने ठाउँमा विसं २०२३ सालमा बुवा कृष्ण गुरुङ र आमा गर्भीबाट जन्मिनुभएकी गुरुङ सानैदेखि गीत संगीतमा रुची राख्नुहुन्थ्यो । उहाँ सानै छँदा परिवार रुपन्देहीको बेलैया भन्ने गाउँमा बसाइँ सरेको थियो ।

स्थानीय क्लबहरुले आयोजना गर्ने कार्यक्रममा गीत प्रस्तुत गर्दागर्दै उहाँ रक्तिमको सम्पर्कमा आउनुभयो र रक्तिम परिवारलाई असंख्य गीतमा सुमधुर आवाज दिनुभयो । गुरुङले थुप्रै पुरस्कार तथा सम्मानहरु पाउनुभएको छ ।

उहाँको परिवारमा एक छोरा र बुहारी हुनुहुन्छ ।युगदर्सन बाट साभार।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal