सोमवार, मंसिर ६, २०७८

प्रदेश स्तरीय अपाङ्गता समाबेशी स्वास्थ्य र पुनर्स्थापना सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

बुटवल,३ मंसिर
अपाङ्गता भएका ब्यक्तिहरुको समृद्बिका लागि तीन वटै सरकारले भौतिक पुर्वाधार संगसंगै स्वास्थ्य र पुर्नस्थापना सबालमा योगदान दिनुपर्ने कुरामा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन्।
प्रदेश सरोकारवालाहरु लाई सचेतीकरण तथा पुनर्स्थापना सेवा लाई स्वास्थ्य प्रणालीमा एकिकृत गर्ने र पुनर्स्थापना सेवाका लागि नीति,कार्यक्रम र बजेटका लागि पैरवी गर्ने उदेश्यका साथ राष्ट्रिय अपाङ्ग महासंघको आयोजनामा लुम्बिनी प्रदेशको बुटवलमा १ दिने अन्तरक्रिया कार्यक्रम भएको छ ।अन्तक्रिया कार्यक्रम कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका माननिय मन्त्री श्री रमा घर्ती ज्युको प्रमुख आतिथ्यता,राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष देविदत्त आचार्य ज्युको अध्यक्षता, उपाध्यक्ष शारदा भट्टराईको स्वागत मन्तब्य र राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेश को सचिव हुमनाथ अधिकारी ज्यू को सञ्चालनमा भएको थियो ।
“लुम्विनी प्रदेशको नीति तथा कार्यक्रम, योजना र वार्षिक बजेटमा अपाङ्गताको सम्बोधन” विषयमा कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका तर्फबाट महाशाखा प्रमुख शारदा बस्याल ज्यू कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने “अपाङ्गता समावेशी स्वास्थ्य र पुनर्स्थापनाका सवालमा राष्ट्रिय अपाङ्ग महासंघको चासो र आगामी मार्ग चित्र र स्वास्थ्य र पुनर्स्थापनाका सवालका कानुन” का बारेमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष श्री देविदत्त आचार्य ज्यूले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रदेशको कानुन,महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्ति मगरले अपाङ्गता सबाल हामी सबैको साझा विषय हो । आगामी दिनमा अपाङ्गता संगै स्वास्थ्य, पुर्नस्थापना क्षेत्रमा चाहिने बजेट र क्रियाकलाप प्रति मन्त्रालय सचेत रहने भन्दै यसमा महासघ र सबैको सहकार्य आवश्यक रहेको बताउनु भयो ।
प्रस्तुत कार्यपत्र माथि टिप्पणी गर्दै एचआरडिसी बुटवल शाखा सुपरभाइजरले अपाङ्गता भएका ब्यक्तिहरुको दिगो ब्यवस्थापन र उपचारको निश्चिता साथै सहायक सामाग्री पालिका स्तर नभए जिल्ला स्तरसम्म उपलब्ध हुने वातावरण मिलाउन सबैले ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो ।
यस्तै कार्यक्रममा लुम्बिनी प्रदेशका निर्वतमान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भोज प्रसाद श्रेष्ठले तिनवटा तहमा सहकार्य गरि अपाङ्गताको मुद्धाहरु समेट्न विशेष आवश्यकताको आधारमा बजेट बिनियोजन गरि काम गर्न पर्ने बताउनु भयो । यस्तै लुम्बिनी प्रदेश सभा प्रमुख सचेतक तुलाराम घर्ति मगरले अपाङ्गता विषयमा सबैले समान धारणा बनाएर अगाडी बढ्नु पर्छ भन्ने कुरामा जोड दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?