बिहिबार, भदौ ३१, २०७८

द्वन्द्वात्मक भौतिकवाद भनेको के हो?

. सामान्य परिचय
मोहन बैध्य ,(आजद खड्का )
दर्शन भनेको मानिसको भित्री आँखा हो । यसै आँखाका भरमा उसले हरेक बस्तुलाई हेर्ने, जाँच्ने, बुझ्ने र त्यसैअनुसार आफ्नो जीवनको बाटो ठम्याउँने गर्दछ । वर्ग–समाजमा दर्शन पनि वर्गिय हुन्छ । द्वन्द्वात्मक भौतिकवाद सर्वहारावर्गको आफ्नै आँखा र आफ्नै मुक्तिको दर्शन हो । यसले संसारभरका श्रमजीबीहरुको पक्षमा बोल्दछ र उनीहरुको भलो गर्दछ । द्वन्द्वावाद र भौतिकवादको मिलनबाट द्वन्द्वात्मक भौतिकबाद बन्दछ ।

द्वन्द्ववाद के हो ?
कुनै पनि वस्तुको अस्तित्व त्यसमा निहित नयाँ र पुरानो, जीवनशील र मरणशील दुई बिरोधी पक्षबीचको लडाईमा आधारित हुन्छ र यसै लडाइबाट नयाँ बस्तु जन्मन्छ । वस्तुमा रहेको यसै लडाइ अर्थात् गति वा अन्तर्विरोधको अध्ययन गर्ने पद्वतिको नाम द्वन्द्ववाद हो ।

द्वन्द्ववाद र भौतिकवाद दुवै पहिलेदेखि नै बेग्ला बेग्लै रुपमा विकसित हुदै आएका थिए । द्वन्द्ववाद, आदर्शवाद र भौतिकवाद अधिभुतवादका शिकार थिए । द्वन्द्ववादको राम्रो विकास हेगेलले गरेका हुन् । तर उनले त्यो द्वन्द्ववादलाई निरपेक्ष विचार, परमात्मामा लागू गरे । उनले ‘परमात्मा वा विचारको विकास भएर बस्तुजगत् बन्दछ र त्यो बस्तुजगत् फेरी विकसित हुदै त्यही निरपेक्ष विचार वा परमात्मामा पुग्दछ’ भने । यो हेगेलको आदर्शवादी विचार थियो । माक्र्सले यसरी टाउँकोले टेकेर उभिएको द्वन्द्ववादलाई खुट्टाको भरमा टेकाउने काम गर्नु भयो

भौतिकवाद के हो ?
यो ब्रम्हाण्ड र सारा संसार भूत अथवा पदार्थबाट नै बनेको हो । पदार्थ वा प्रकृति नै पहिलो हो, ईश्वर छैन, विचार वा परमात्माबाट जगत् बनेको होईन । यी कुराहरु बताउने सिद्वान्तको नाम भौतिकवाद हो ।

यी अर्थात द्वन्द्ववाद र भौतिकवाद दुवै पहिलेदेखि नै बेग्ला बेग्लै रुपमा विकसित हुदै आएका थिए । द्वन्द्ववाद, आदर्शवाद र भौतिकवाद अधिभुतवादका शिकार थिए । द्वन्द्ववादको राम्रो विकास हेगेलले गरेका हुन् । तर उनले त्यो द्वन्द्ववादलाई निरपेक्ष विचार, परमात्मामा लागू गरे । उनले ‘परमात्मा वा विचारको विकास भएर बस्तुजगत् बन्दछ र त्यो बस्तुजगत् फेरी विकसित हुदै त्यही निरपेक्ष विचार वा परमात्मामा पुग्दछ’ भने । यो हेगेलको आदर्शवादी विचार थियो । माक्र्सले यसरी टाउँकोले टेकेर उभिएको द्वन्द्ववादलाई खुट्टाको भरमा टेकाउने काम गर्नु भयो ।

त्यसै गरी भौतिकवादको ब्याख्या फायरबाख आदि दार्शनिकहरुले गरे, तर उनीहरुले पदार्थलाई परिबर्तनशील बताउन र दुनियाँ बदल्ने कुरा गर्न सकेनन् । माक्र्सले त्यो कमीकमजोरीसमेतलाई हटाई भौतिकवादलाई परिवर्तनको पद्वति वा द्वन्द्ववादसंग मिलाउने काम गर्नु भयो । यी सवै काममा एंगेल्सको विशेष भुमिका रह्यो र यसरी द्वन्द्वात्मक भौतिकवादी दर्शनको जन्मभयो । यस दर्शनमा लेनिन तथा माओले थप विकास गर्नु भयो र आज यो माक्र्सवादी–लेनिनवादी–माओवादी दर्शन बन्न पुग्यो ।

द्वन्द्वात्मक भौतिकवाद प्रकृति, मानव–समाज एवं चिन्तनमा विद्यमान गतिका आम नियमहरुको अध्ययन गर्ने र त्यसै आधारमा समाज र संसारलाई फेर्नका लागि प्रेरित गर्ने सर्वहारावर्गको विश्वदृष्टिकोण हो । यसको विशेषता खालि सिद्वान्त सम्म सिमित हुनु होईन, त्यो सिद्वान्तलाई व्यवहारमा प्रयोग गर्नु पनि हो । यस अर्थमा यो दर्शन हुनु मात्र नभएर विज्ञान पनि हो ।

अधिभुतवादीहरुले पदार्थलाई जड मान्दछन्, त्यसकारण उनिहरुले हरेक वस्तुको निर्माणका लागि भित्री होईन, बाहिरी कारणलाई प्रधानता दिन्छन् । बस्तु वा प्रकृतिलाई गतिहिन ठान्ने भएकोले तिनलाई बाहिरबाट गतिदिने तत्वको रुपमा ईश्वर, परमात्मा वा अन्य कुनै अलौकिक शक्तिलाई स्थान दिन्छन् । यसकारण उनिहरुले पदार्थ र चेतना, शरीर र मन तथा समस्त वस्तुगत र विचार जगत्बीच कुनै साईनो देख्दैनन् र तिनलाई आपसमा अलग्याउछन् ।

२. दुई पद्वति : अधिभुतवाद र द्वन्द्ववाद
प्रकृति वस्तु वा समाजलाई हेर्ने आँखा दुईथरी छन् : अधिभुतवाद र भौतिकवादी द्वन्द्ववाद । वस्तुलाई उसको वास्तविक चरित्रभन्दा अलग गरी हेर्ने पद्वतिको नाम अधिभुतवाद (अधि–पर या माथि, भुत–वस्तु) हो । वस्तुलाई त्यसकै वास्तविक चरित्रअनुसार हेर्ने पद्वतिको नाम भौतिकवादी द्वन्द्ववाद (हरेक वस्तु द्वन्द्वमय छ) हो ।

अधिभुतवादीहरुले पदार्थलाई जड मान्दछन्, त्यसकारण उनिहरुले हरेक वस्तुको निर्माणका लागि भित्री होईन, बाहिरी कारणलाई प्रधानता दिन्छन् । बस्तु वा प्रकृतिलाई गतिहिन ठान्ने भएकोले तिनलाई बाहिरबाट गतिदिने तत्वको रुपमा ईश्वर, परमात्मा वा अन्य कुनै अलौकिक शक्तिलाई स्थान दिन्छन् । यसकारण उनिहरुले पदार्थ र चेतना, शरीर र मन तथा समस्त वस्तुगत र विचार जगत्बीच कुनै साईनो देख्दैनन् र तिनलाई आपसमा अलग्याउछन् ।

अधिभुतवादीहरुले हरेक वस्तुलाई स्थिर, परिवर्तनविहीन र बनिबनाउ रुपमा एकाएक अस्तित्वमा आएको बताउँछन् । उनीहरुका दृष्टिमा तारा, चन्द्र, सूर्य, पृथ्वी आदि सम्पूर्ण ब्रम्हाण्ड र बनस्पिति, जीवजन्तुलगायत मानव–जाती पनि एकाएक बनेका हुन् र ती सबैको कुनै ऐतिहासिक सन्दर्भ छैन । उनीहरुले कतै विकासका कुरा गरिहाले पनि त्यो मात्रात्मक पक्ष मात्र हो, उनीहरुले गुणात्मक परिवर्तन वा छलाङमा विश्वास गर्दैनन् ।

अधिभुतवादीहरुले कुनै पनि वस्तु वा प्रक्रियामा सकारात्मक र नकारात्मक, विकासशील र विनासशील तथा सत्य र असत्य जस्ता परस्पर विरोधी पक्ष, तिनीहरुबीच आपसी अदला–बदली जस्ता कुरा देख्दैनन् । त्यस्तै उनिहरु कि त असलै–असल, कि त खराबै–खराब, कि त हुन्छ–हुन्छ, कि त हुन्न–हुन्न मात्र भन्न जानेका छन् ।

भौतिकवादी द्वन्द्ववादले पदार्थलाई जड होइन, गतिशील मान्दछ र हरेक वस्तुको विकासमा आन्तरिक कारणलाई प्रधानता दिन्छ, कुनै अलौकिक शक्तिमा विश्वास गर्दैन । हरेक वस्तु र प्रक्रियामा सकारात्मक र नकारात्मक, विकासशील र विनाशशील तथा सत्य र असत्य जस्ता परस्परविरोधी पक्ष हुने, तिनीहरुबीच आपसी सम्वन्ध भएर पनि द्वन्द्व पाइने र ती आपसमा एक अर्कोमा बदलिने कुरामा जोड दिन्छ । भौतिकवादी द्वन्द्ववादले कुनै पनि वस्तुलाई स्थायी, एकाएक अस्तित्वमा आएको वा परिवर्तहीन मान्न तयार छैन । त्यसैले कुनै पनि वस्तुको विकास ऐतिहासिक सन्दर्भमा हुने कुरामा जोड दिई गुणात्मक परिवर्तनको कुरा गर्दछ ।

यी कुराको हरेक विपरित चीजलाई द्वन्द्ववादी ढंगले हेर्ने पद्वतिको जन्म विकास पनि धेरै पहिले देखि हुदै आएको छ । प्राचीन नेपाली, भारतीय, चीनी र युनानी दर्शनमा द्वन्द्ववादका बिज प्रशस्तै पाइन्छन् । स्थिरवादको विरोध र परिबर्तनबादको पक्षमा बुद्व र हेरेक्लाइटस्ले जुन संघर्ष चलाए, त्यो यसकै एउटा उदाहरण हो । आधुनिक युगमा विज्ञानको क्षेत्रमा जुन प्रगति भयो, त्यसबाट अधिभुतबादको खण्डन र द्वन्द्ववादको राम्रो पुष्टि भएको छ ।

अधिभुतवादको ठीक उल्टो भौतिकवादी द्वन्द्ववादले पदार्थलाई जड होइन, गतिशील मान्दछ र हरेक वस्तुको विकासमा आन्तरिक कारणलाई प्रधानता दिन्छ, कुनै अलौकिक शक्तिमा विश्वास गर्दैन । हरेक वस्तु र प्रक्रियामा सकारात्मक र नकारात्मक, विकासशील र विनाशशील तथा सत्य र असत्य जस्ता परस्परविरोधी पक्ष हुने, तिनीहरुबीच आपसी सम्वन्ध भएर पनि द्वन्द्व पाइने र ती आपसमा एक अर्कोमा बदलिने कुरामा जोड दिन्छ । भौतिकवादी द्वन्द्ववादले कुनै पनि वस्तुलाई स्थायी, एकाएक अस्तित्वमा आएको वा परिवर्तहीन मान्न तयार छैन । त्यसैले कुनै पनि वस्तुको विकास ऐतिहासिक सन्दर्भमा हुने कुरामा जोड दिई गुणात्मक परिवर्तनको कुरा गर्दछ ।

३. द्वन्द्ववादका नियमहरु
भौतिकवादी द्वन्द्ववादका निम्न तीन नियम छन् । ती हुन् :

विरोधीहरुबीचको एकता र संघर्ष
यो भौतिकवादी द्वन्द्ववादको आधारभुत नियम हो । यसलाई लेनिनले द्वन्द्ववादको गुदी बताउनु भएको छ । यसअनुसार हरेक वस्तुमा दुई अन्तर्विरोधपूर्ण पक्ष हुन्छन्, ती आपसमा लड्छन्, ती आफ्नै अस्तित्वका लागि एक अर्कासित आन्तरिक रुपले गाँसिन बाध्य छन्, ती दुवै पक्ष गतिशील र सजीव हुन्छन् र कुनै खास अवस्थामा ती एक अर्कोमा बदलिन्छन् पनि ।
बिरोधीहरु आफ्नो अस्तित्वका लागि कसरी एकरुप हुन्छन् र ती कसरी एक अर्कोमा बदलिन पुग्छन् ? यसबारे स्पष्ट हुनका लागि एउटा उदाहरण लिऊँ । पूँजीवादी समाज एउटा वस्तु हो । त्यसमा पूँजीपति र सर्वहाराजस्ता परस्पर अन्तर्विरोधपूर्ण पक्ष छन् । दुबै वर्गका स्वार्थ बेग्लाबेग्लै छन् । तर पनि ती आन्तरिक रुपले आपसमा गाँसिएका छन्, उनीहरुबीच एकता पनि छ ।

प्राकृति र सामाजिक विज्ञानका हरेक शाखामा यो नियम पाइन्छ । जस्तो कि गणितमा–जोड र घटाउ, यन्त्रविज्ञानमा–क्रिया र प्रतिक्रिया, भौतिक वित्रानमा–ऋणात्मक र धनात्मक विद्युत, रसायन विज्ञानमा–परमाणुहरुको संघटन र विघटन, समाज–विज्ञानमा– बर्गसघर्ष, सैन्य विज्ञानमा– आक्रमण र रक्षा, दर्शन शास्त्रमा– आदर्शवाद र भौतिकवाद अर्थात अधिभुतवाद र द्वन्द्ववाद, आदि ।

पूँजीपतिलाई माल उत्पादनका लागि श्रमशक्ति किन्नुपर्ने र मजदुरलाई आफ्ना आवश्यकता पूरागर्नका लागि श्रमशक्ति बेच्नुपर्ने बाध्यता छ । यही नै बिपरित तत्व बीचको एकता हो । फेरी उनिहरुबीच तीब्र संघर्ष पनि छ । माल उत्पादन गरिसकेपछि पूँजीपतिले मुनाफा बढाउँन चाहाँन्छ भने त्यसको ठीक उल्टो सर्वहाराले मजदुरी बढाउँन । मजदुरी नघटाई मुनाफा बढ्दैन, मुनाफा नघटाई मजदुरी बढ्दैन । मुनाफा र मजदुरी ठीक उल्टा कुरा हुन् । यसरी मुनाफा र मजदुरीको खिचातानीलाई लिएर पूँजीपति र मजदुरवर्गका बीच हुने लडाई परस्परविरोधी पक्षका बीचको संघर्ष हो । यो संघर्ष लगातार अगाडि बढ्दै जान्छ र आखिरमा पूँजीपतिवर्ग शासित रुपमा बदलिन पुग्छ र शासित सर्वहारा चाहि शासकवर्गको रुपमा ।

प्राकृति र सामाजिक विज्ञानका हरेक शाखामा यो नियम पाइन्छ । जस्तो कि गणितमा–जोड र घटाउ, यन्त्रविज्ञानमा–क्रिया र प्रतिक्रिया, भौतिक वित्रानमा–ऋणात्मक र धनात्मक विद्युत, रसायन विज्ञानमा–परमाणुहरुको संघटन र विघटन, समाज–विज्ञानमा– बर्गसघर्ष, सैन्य विज्ञानमा– आक्रमण र रक्षा, दर्शन शास्त्रमा– आदर्शवाद र भौतिकवाद अर्थात अधिभुतवाद र द्वन्द्ववाद, आदि ।

त्यस्तै ज्ञान–सिद्वान्तको क्षेत्रमा जुन दार्शनिक प्रवर्तहरु छन्, तिनमा पनि यो नियम लागु हुन्छ । उदाहरणका लागि– पदार्थ र गति, पदार्थ र चेतना, कारण र कार्य, मात्रा र गुण, अन्तर्बस्तु र रुप, आवश्यकता र मौका, वास्तविकता र संभावना, सामान्य र विशेष आदि दार्शनिक प्रवर्गहरु एक अर्को विरोधी पक्षसंग घनिष्ठरुपले गाँसिएका छन् र ती खास परिस्थितिमा एक अर्कोमा बदलिन्छन् पनि ।

वस्तु, प्रकृति र सामाजिक जीवनका हरेक क्षेत्रमा विरोधीहरुबीच एकता र संघर्ष पाइन्छ । हरेक विरोधी पक्षहरु आ–आफ्नो अस्तित्वका लागि परस्पर मिल्न बाध्य हुन्छन् । जीवन नभई मृत्यु हुन्न, मृत्यु नभई जीवन हुन्न । शोषक नभई शोषित हुन्न, शोषित नभई शोषक हुन्न, असामी नभई साहु हुन्न, साहु नभई असामी हुन्न । राम्रो–नराम्रो, नयाँ–पुरानो, सत्य र असत्य, न्याय–अन्याय, मालिक–नोकर आदि यसै कुराका उदाहरण हुन् । कक्युनिष्ट पार्टीभित्र सही र गलत पक्षबीच जुन अन्तरसंघर्ष चल्छ, त्यो पनि यसै कुराको उदाहरण हो ।

वस्तुमा रहेका उक्त विरोधी पहलुहर जब एकअर्कोमा बदलिन्छन्, त्यो बेला एकताको पुरानो प्रक्रिया भत्कन्छ र नयाँ प्रक्रियाको थालनी हुन्छ । यो प्रक्रिया निम्नबाट उच्च स्तरमा विकसित हुदै निरन्तर अगाडि बढ्छ ।

विरोधी पक्षहरुको एकता र संघर्षबारे चर्चागर्दा दुईकुरामा ध्यान दिनु आवश्यक छ । पहिलो : एकता र संघर्ष छुट्टाछुट्टै क्रममा अर्थात कहिले एकता र कहिले संघर्षका रुपमा होईन, एकैसाथ संगसंगै चल्ने गर्छन र दोस्रो : त्यस प्रकारको एकता केवल क्षणिक, अस्थायी र सापेक्ष कुरा हुन्छ र त्यसमा संघर्षको प्रक्रिया नै निरपेक्षरुपमा अगाडि बढिरहेको हुन्छ । आखिरमा गएर यो संघर्षमा पुरानो पक्षमाथि नयाँको, खराब पक्षमाथि असल पक्षको, विनासशील पक्षमाथि विकासशील पक्षको विजय सुनिष्चित हुन्छ । सामन्त पूजीपति, साम्राज्यवादी र तमाम प्रकारका शोषकहरुको हार र मेहनतकस जनता वा सर्वहारावर्गको जीत अवश्यभावी बन्छ ।

कुनै वस्तुमा क्रमिक विकास मात्र हुनु तर त्यसको स्वरुप र गुणमा कुनै फरक नदेखिनु मात्रात्मक परिवर्तन हो । फड्को मारेर त्यसको स्वरुप र गुणमै फरक देखिनु गुणात्मक परिबर्तन हो । पानी क्रमशः तातिदै जानु मात्रात्मक परिवर्तन हो । त्यतिखेर पानी त तात्दछ तर त्यो पानी नै हुन्छ र त्यसमा पानीकै गुण हुन्छ । जसै १००% से.ग्रे. तापक्रम पुग्छ, पानी उम्लेर बाफ बन्छ । त्यतिखेर पानी नै रहन्न, त्यसको स्वरुप र गुण पनि फेरीएर त्यस भन्दा बेग्लै बाफको स्वरुप र गुण देखिन्छ । यो गुणात्मक परिवर्तन हो ।

मात्राको गुणमा परिवर्तन
कुनै वस्तुमा दुई परस्परविरोधी पहलहरुबीच संघर्ष चल्दै जाँदा जब कुनै एक पक्षको विजय हुन्छ वा नयाँ तत्वको विकास हुन्छ, त्यसैलाई परिवर्तन भनिन्छ । परिवर्तन दुई प्रकारका हुन्छन्–मात्रात्मक र गुणात्मक ।

कुनै वस्तुमा क्रमिक विकास मात्र हुनु तर त्यसको स्वरुप र गुणमा कुनै फरक नदेखिनु मात्रात्मक परिवर्तन हो । फड्को मारेर त्यसको स्वरुप र गुणमै फरक देखिनु गुणात्मक परिबर्तन हो । पानी क्रमशः तातिदै जानु मात्रात्मक परिवर्तन हो । त्यतिखेर पानी त तात्दछ तर त्यो पानी नै हुन्छ र त्यसमा पानीकै गुण हुन्छ । जसै १००% से.ग्रे. तापक्रम पुग्छ, पानी उम्लेर बाफ बन्छ । त्यतिखेर पानी नै रहन्न, त्यसको स्वरुप र गुण पनि फेरीएर त्यस भन्दा बेग्लै बाफको स्वरुप र गुण देखिन्छ । यो गुणात्मक परिवर्तन हो ।

सामाजिक क्रान्ति पनि यस्तै परिवर्तनका फल हुन् । १९१७ अक्टुवरमा रुसमा सामाजिक क्रान्ति भयो । त्यसअघि पूँजीपतिवर्गको सत्ता थियो । त्यहाँको सर्वहारावर्ग पहिले सचेत र संगठित हुदै गयो । १९०५ मा सशस्त्र बिद्रोह ग¥यो । तमाम सफलता र असफलताका सकारात्मक र नकारात्मक अनुभवबाट आफुलाई सक्षम बनाउदै लग्यो । यो मात्रात्मक परिवर्तन हो । आखिरमा जब उसले १९१७ अक्टुवरमा गएर पूँजीपति वर्गलाई ध्वस्त पारी आफु सत्तासीन बन्यो । यो गुणात्मक परिवर्तन हो । यसै परिवर्तनले गर्दा पहिलेको शासकवर्ग ढल्यो र त्यतिखेरको शासित सर्वहारावर्ग शासक बन्न पुग्यो । त्यहाँको व्यवस्थामा नै मौलिक परिवर्तन भयो ।

यद्यपि कुनैवेला परिवर्तन उल्टो दिशामा पनि हुनेगर्छ । जस्तो कि स्टालिनको मृत्युपछि रुसमा प्रतिक्रान्ति भयो । परन्तु, त्यो क्रान्तिको लामो र जटिल प्रक्रियाभित्रको अस्थायी हार मात्र हो र अन्तिम अर्थमा परिवर्तन सुल्टै दिशामा हुन्छ । विकास भनेको विरोधीहरुबीचको संघर्ष हो । कुनै पनि चीजको विकास सम्मान ढंगले हुन सक्दैन । अन्तर्विरोधका प्रधान र अप्रधान पहलुमा हुने परिवर्तनको क्रममा यसो हुन्छ । त्यसैले क्रान्ति, परिवर्तन वा विकासलाई सरल होईन, बक्र र असमान ढंगले हुने विकासका रुपमा ग्रहण गर्नुपर्छ ।

मात्रात्मक परिवर्तनको गति सर्प जस्तै सुल्लु हुन्छ । तर गुणात्मक परिवर्तनको गति भ्यागुताको जस्तै ठाउँ छोडेर उफ्रने हुन्छ । दक्षिणपन्थी अवसरवादीहरुले मात्रात्मक परिवर्तन तर्फ मात्र जोड दिने गर्छन् र उग्रपन्थि अराजकतावादीहरुले गुणात्मक परिवर्तनमा मात्र । क्रान्तिकारीहरुले मात्रात्मक परिवर्तनको आवश्यकतामाथि ध्यान दिदै गुणात्मक परिवर्तन तर्फ जोड दिइरहेका हुन्छन् ।

संसारमा कुनै पनि वस्तु स्थायी छैन, हरेक वस्तु परिवर्तनशील छ । प्रतिक्रियावादीहरुको सत्ता बलियो जस्तो र जनताको स्थिति कमजोरजस्तो देखिए पनि यो क्षणिक एवं अस्थायी कुरा हो । परिवर्तनको क्रममा त्यो सत्ता कमजोर र जनताको स्थिति मजबुत हुदै जान्छ । कुनै जमानामा जार, हिटलर र च्याङ काइ सेक पनि मजबुत थिए तर जनताको सामुन्ने उनीहरुको हार भइछाड्यो । हाम्रै देशमा पनि १०४ बर्षसम्म जनतामा बिगबिगी मच्चाएको राणतन्त्र खतम भयो । ३० बर्षसम्म हैकम जमाउदै आएको पञ्चायती व्यवस्था ढल्यो । अहिलेको संस्ििदय व्यवस्थालाई कतिले अजम्मरी देखाउने कोसिस गरे पनि नयाँ जनवादी क्रान्तिका सामु त्यो कुनै दिन पक्कै धराशायी बन्नेछ । किनकि, बिकासको प्रक्रियामा नयाँले पुरानोको ठाउँ लिएरै छाड्छ ।

मकैको गेडा रोपेपछि बिरुवा उम्रन्छ, विरुवाले मकैको दानालाई निषेध गर्छ । यो पहिलो निषेध भयो । मकैको बिरुवा बढ्दै जान्छ र त्यसमा घोगा लाग्छ, त्यसले पाकेपछि बोटको निषेध गर्छ । यो दोस्रो निषेध भयो । त्यस्तै प्रारम्भिक साम्यवादी समाजलाई वर्गसमाजले निषेध ग¥यो र फेरी भावी साम्यवादी समाजले त्यो वर्गसमाजको पनि निषेध गर्दछ ।

निषेधको निषेध
कुनै वस्तुलाई हटाई त्यसको ठाउँ ओगट्ने, बस्तुलाई अर्को बस्तुले हटाउछ र फेरि त्यसको ठाउँ ओगट्छ । यो प्रक्रिया पुरा हुदा उही कुरा दोहोरिएको जस्तो देखापर्छ, तर त्यसो भएको हुदैन । बरु पहिलेको वस्तुभन्दा गुणात्मक रुपले बेग्लै नयाँ बस्तुको जन्म भएको हुन्छ । यसै प्रक्रियालाई निषेधको निषेध भनिन्छ । मकैको गेडा रोपेपछि बिरुवा उम्रन्छ, विरुवाले मकैको दानालाई निषेध गर्छ । यो पहिलो निषेध भयो । मकैको बिरुवा बढ्दै जान्छ र त्यसमा घोगा लाग्छ, त्यसले पाकेपछि बोटको निषेध गर्छ । यो दोस्रो निषेध भयो । त्यस्तै प्रारम्भिक साम्यवादी समाजलाई वर्गसमाजले निषेध ग¥यो र फेरी भावी साम्यवादी समाजले त्यो वर्गसमाजको पनि निषेध गर्दछ । पहिले स्वतः स्फुर्त भौतिकवाद थियो, त्यसलाई यान्त्रिक भौतिकवादले निषेध ग¥यो, फेरी त्यो यान्त्रिक भोतिकवादलाई द्वन्द्वात्मक भौतिकवादले निषेध ग¥यो । यसरी मकैको गेडाको ठाउँमा मकै, साम्यवादी समाजको ठाउँमा साम्यवादी समाज र भौतिकवादको ठाउँमा भौतिकवाद आउन पुग्यो । यहाँ उहि वस्तु पुनः दोहरिएजस्तो देखिन्छ तर त्यो होईन, पहिलेको बस्तु भन्दा गुणात्मक रुपले बेग्लै बस्तुको जन्म भएको हो ।

यो नियम पनि प्रकृति र सामाजिक जीवनको क्षेत्रमा व्यापक रहेको छ । हरेक ऋतुले अर्को ऋतुको निषेध गर्दछ । पहाडहरु भएको ठाउँमा महासागर र महासागर भएको ठाउँमा पहाडहरु बन्छन् । सृष्टिको हरेक प्रक्रिया निषेधको निषेधमा आधारित छ ।

कसैले प्रश्न गर्दछन्–भावी साम्यवाद वर्गसमाजको निषेधवाट जन्मने भएको र हरेक वस्तुमा निषेधको निषेध नियम लागु हुने भएकोले के त्यसको पनि निषेध हुदैन ? यस प्रश्नका उत्तर यी हुन् ः पहिलो यो नियम लागु हुनका लागि परस्परविरोधी पक्षहरुबीच संघर्ष हुनु आवश्यक सर्त हो । भावी साम्यवादी समाजमा परस्परविरोधी वर्गबीच संघर्ष नहुने भएकोले त्यो समाजको निषेध हुदैन । दोस्रो, जुन वस्तुको जन्म हुन्छ, त्यो वस्तु मर्दछ । साम्यवादी समाज पनि जन्मिने भएकोले त्यसको मृत्यु निष्चित छ । आखिर कुनै दिन यो पृथ्वी पनि मर्दछ । यिनमा पहिलो कुरा सापेक्ष रुपमा र दोस्रो कुरा निरपेक्षरुपमा सत्य हुन ।

जसले १) चिन्तन, विचार, आत्मा, परमात्मा, संवेदना, ईश्वर वा अरु कुनै अलौकिक शक्तिलाई जगत् वा सृष्टिको आदिकारण मान्दछन् । २) वस्तु वा जगत्लाई विचार, चेतना वा हाम्रो मनभन्दा स्वतन्त्र अस्तित्व भएको कुरा स्वीकार गर्दैनन् रु ३) संसार वा वस्तुलाई जान्न र बुझ्न सकिन्न भन्छन्, ती आदर्शवादी हुन् । आदर्श अर्थात विचारलाई पहिलो दर्जामा राखेकोले यस सिद्वान्तको नाम आदर्शवाद रह्यो ।

४. दुई सिद्वान्त : आदर्शवाद र भौतिकवाद
दर्शन शास्त्रमा मुलतः दुई सिद्वान्त छन्– आदर्शवाद र भौतिकवाद । जसले १) चिन्तन, विचार, आत्मा, परमात्मा, संवेदना, ईश्वर वा अरु कुनै अलौकिक शक्तिलाई जगत् वा सृष्टिको आदिकारण मान्दछन् । २) वस्तु वा जगत्लाई विचार, चेतना वा हाम्रो मनभन्दा स्वतन्त्र अस्तित्व भएको कुरा स्वीकार गर्दैनन् रु ३) संसार वा वस्तुलाई जान्न र बुझ्न सकिन्न भन्छन्, ती आदर्शवादी हुन् । आदर्श अर्थात विचारलाई पहिलो दर्जामा राखेकोले यस सिद्वान्तको नाम आदर्शवाद रह्यो । भारतीय बेदान्त दर्शनले परब्रम्ह वा परमात्मालाई पहिलो बताउछ । युनानी प्लेटोले परम सौन्दर्यबाट संसार बनेको भने । हेगेलले निरपेक्ष विचारबाट जगत बनेको बताए । वर्कलेले हाम्रो मन वा बिचारबाहिर बरुतुको बेग्लै अस्तित्व छैन भने । ह्युमले बस्तु वा संसारलाई जान्न बुझ्न सकिनेबारे र्शका प्रकट गरे ।

जसले- १) सत्ता, वस्तु, पदार्थ वा प्रकृतिलाई सम्पूर्ण ब्रम्हाण्ड वा जगतको पहिलो कारण मान्दछन् र ईश्वर वा कुनै अलौकिक शक्ति मान्दैन् । २) बिचार, चेतना वा हाम्रो मन भन्दा स्वतन्त्र र बाहिर वस्तु वा जगतको अस्तित्व मान्दछन् र ३) वस्तुवा जगतलाई जान्न, बुझ्न सकिन्छ भन्छन्, ती भौतिकवादी हुन् । भुत अर्थात पदार्थलाई पहिलो दर्जामा राखेकोले यस दर्शनको नाम भौतिकवाद रह्यो । प्रारम्भिक सांख्य दर्शनले प्रकृतिलाई प्रधान र पहिलो बतायो ।

चार्बाक दर्शनले ईश्वर मानेन । पृथ्वी जल, आगो हावा जस्ता भौतिक पदार्थलाई जगत्लको पहिलो कारण बतायो । युनानमा हेरेक्लाइटसले आगो र डेमोक्राइटस आदिले परमाणुलाई पहिलो बताए । बेकन चेर्निशेबस्की, फायरबाख आदि सबै भोतिकवादीहरुले पदार्थलाई पहिलो बताउँदै त्यसलाई हाम्रो मनभन्दा बाहिर बेग्लै अस्तित्व भउको र त्यसलाई जान्न बुझ्न सकिने कुरा बताए ।

जसले- १) सत्ता, वस्तु, पदार्थ वा प्रकृतिलाई सम्पूर्ण ब्रम्हाण्ड वा जगतको पहिलो कारण मान्दछन् र ईश्वर वा कुनै अलौकिक शक्ति मान्दैन् । २) बिचार, चेतना वा हाम्रो मन भन्दा स्वतन्त्र र बाहिर वस्तु वा जगतको अस्तित्व मान्दछन् र ३) वस्तुवा जगतलाई जान्न, बुझ्न सकिन्छ भन्छन्, ती भौतिकवादी हुन् । भुत अर्थात पदार्थलाई पहिलो दर्जामा राखेकोले यस दर्शनको नाम भौतिकवाद रह्यो ।

जसले–१) सत्ता र चिन्तन, आत्मा र पदार्थ वा वस्तु र चेतना दुबैलाई पहिलो मान्दछन् २) केही भौतिकवादी र केहि आदर्शवादी कुरा गरेर बीचको बाटो अपनाउँछन्, ती द्वैतवादी वा समन्वयवादी हुन् । आदर्शवाद र भौतिकवाद दुबैथरी कुरा मान्ने भएकोले त्यो दर्शनलाई द्वैतवादी वा समन्वयवादी भनिन्छ । पछिल्लो समयको भारतीय सांख्यदर्शनले प्रकृति र पुरुष दुबैलाई र युनानमा अरस्तुले ईश्वर तथा पदार्थ दुबैलाई पहिलो बताए । आधुनिक जर्मन दार्शनिक काण्टले एकातिर पदार्थलाई मन वा बिचार भन्दा बाहिर स्वतन्त्र अस्तित्व भएको बताउदै भौतिकवादको समर्थन गरे भने अर्कोतिर त्यहि पदार्थलाई जान्न–बुझ्न सकिन्न भनी अज्ञेयवादी र आदर्शवादी कुरा पनि गरे । कति उक्त बिवादमा तटस्थ र अपक्षधर बन्दै आएका छन् ।

संसोधनवादीहरुले पनि यही बीचको बाटो अपनाए । संसोधनवादका सिद्वान्तकार बर्नस्टाइन हुन् । उनी दर्शनको क्षेत्रमा काण्टको पछि लागे । उनले सत्ता र चिन्तनलाई एकै खालका बताए । त्यसपछिका संसोधनवादीहरुले जगत्को आदिकारण भौतिक र मानसिक दुबै हुने कुरा बताए र बस्तुलाई अज्ञेय वा जान्न बुझ्न सकिन्न भने ।

दर्शनशास्त्रको इतिहासमा आदर्शवादले शोषकवर्गको र भौतिकवादले शोषितवर्गको पक्ष लिदै आएका छन् । बीचका द्वैतवादी र समन्वयवादी दार्शनिकहरुले आफ्नो ऐतिहाँसिक सन्दर्भमा आदर्शवादका तुलनामा केहि प्रगतिशिल भुमिका खेले तापनि ती पनि मुलतः आदर्शवादकै श्रेणीमा पर्दछन् । यसैगरी जति घुमाउरो कुरा गरे पनि संसोधनवादीहरु पनि आदर्शवादभित्रै पर्दछन् । आदर्शवाद र भौतिकवादबाहेक बीचका सिद्वान्तको कुनै खास अर्थ छैन ।

दर्शन शास्त्रको इतिहासमा प्रारम्भमा पृथ्वी, जल, तेज, परमाणु वा कुनै भौतिक वस्तुलाई प्राथामिकता दिने स्वतःस्फुर्त भौतिकवाद देखाप¥यो । सामन्ती युगको अन्तमा पदार्थलाई प्राथामिकता दिदै यान्त्रिक भौतिकवाद जन्मियो । यसले पदार्थलाई त गतिशिल मान्यो तर त्यसलाई यान्त्रिकरुपले लियो र त्यसको संघर्षशील एवं परिवर्तनशील चरित्रलाई ठम्याउन सकेन र त्यो भौतिकवाद अधिभुतवादको शिकार भयो । पूँजीवादी युगमा सर्वहारा आन्दोलनको जन्म र विज्ञानको प्रगतिको कारण द्वन्द्वात्मक भौतिकवादका ेजन्म भयो र यही नै ौतिवाको अन्य रुपभन्दा बेग्लै र क्रान्तिकारी दर्शन बन्न पुग्यो ।

द्वन्द्वात्मक भौतिकवादले सबै आदर्शवादी बिचारहरुको बिरोध गरी गतिशील पदार्थलाई प्राथमिक दर्जामा राख्दछ । यसको दृष्टिमा गतिको अभावमा पदार्थ र पदर्थाको अभावमा गतिको कल्पना गर्न सकिन्न । गतिको अर्कोनाम अन्तरर्विरोध हो । जब कुनै बस्तुलाई त्यसको गति वा अन्तर्विरोधबाट अलग्याइन्छ, त्यस बस्तुको मृत्यु हुन्छ । गति र पदार्थ अनाति एवं अनन्त छन् । यी दुबै न जन्मन्छन् न मर्दछन्, अपितु, अनादि र अनन्त दिशा र कालको प्रवाहमा लगातार विकसित र परिवर्तित भईरहन्छन् ।

जुन चीजलाई हामीले ज्ञानीन्द्रीय मार्फत जान्न बुझ्न सक्दछौं, जुन चिजको लम्बाई मोटाई, चौडाई वा भार हुन्छ र जुन चीजको अस्तित्व हाम्रो चेतना बाहिर स्वतन्त्ररुपले विद्यामान छ, त्यहि नै पदार्थ हो । आकाशीय पिण्डका गुरुत्वकर्षणसम्बन्धी यान्त्रिक गति, ताप, प्रकाश वा बिद्युत चुम्बकीय तरंगहरु, रासायनीक संयोग र वियोग विभिन्न प्राणी र वनस्पितिमा विद्यमान सेलका जीवनसम्वन्ीधी पारमाणविक गति र सामाजिक व्यवस्था एवं हरेक वस्तुमा पाइने अन्तर्बिरोधहरु पदार्थका गतिका विभिन्न रुप हुन् ।

पदार्थ जड होइन, गतिशील छ भन्ने कुरा परमाणुको अध्ययनबाट स्पष्ट हुन्छ। इलेक्ट्रोन, प्रोटोन र न्यूट्रोनबाट परमाणु बन्दछन् । यी तत्त्वहरू गतिशील छन् र पदार्थ स्वयं गतिशील हुने भएकोले त्यसलाई गति प्रदान गर्ने कुनै अलौकिक तत्त्व वा ईश्वरको आवश्यकता हुँदैन र चेतना संसारको आदिकारण होइन ।

ज्ञान-दर्शनको क्षेत्रमा आदर्शवादीहरूले वस्तुजगत्लाई इन्कार गरी परम्चेतनाबाट प्राप्त विशुद्ध विवेक, वेद, धर्मशास्त्र आदिमा प्रयुक्त ईश्वरीय उपदेश वा दिव्य पुरुषका वाणीहरूलाई सच्चा ज्ञान मान्दछन्। उनीहरूले व्यवहारलाई तिलाञ्जली दिन पुग्दछन् र त्यस प्रकारको अलौकिक वा विशुद्ध विवेकमा आधारित ज्ञानलाई पूर्ण ज्ञान ठान्दछन् र ईश्वर प्राप्ति वा परमतत्त्वको साक्षात्कारलाई नै ज्ञानको सीमा बताउँछन् । यसको विपरीत द्वन्द्वात्मक भौतिकवादीहरूले ज्ञानेन्द्रीयमार्फत् प्राप्त हुने वस्तुगत तथ्यमा आधारित ज्ञानलाई नै प्रमाणित ठहयाउँछन् । उनीहरूले सत्य र असत्यलाई छुट्याउने कसीको रूपमा व्यवहारलाई लिन्छन् । व्यवहारमा ईश्वर, परमचेतना या अन्य अलौकिक शक्तिको अस्तित्व नहुने भएकोले उनीहरूले तमाम अवस्तुवादी तथ्यहीन कुराको विरोध गर्दछन् । उनीहरू प्रकृति र वस्तुगत संसार स्वयं असिमित र लगातार विकसित एवं परिवर्तित हुने भएकोले ज्ञानको क्षेत्रलाई पनि अपूर्ण असिमित बताउछन् । उनीहरूले प्राप्त ज्ञानलाई सीमित वा सापेक्ष र जान-बुझ्न बाँकी ज्ञानलाई असीमित बताई ज्ञानको सापेक्षता र निरपेक्षता दुवैमा जोड दिन्छन् । छोटकरीमा भन्दा सिद्धान्त र व्यवहारबीचको द्वन्द्वात्मक एकता नै मार्क्सवादी ज्ञानसिद्धान्तको सार हो। तदनुसार उत्पादनका लागि संघर्ष, वैज्ञानिक प्रयोग एवं वर्गसंघर्षका अनेकौं व्यावहारिक अनुभवका क्रममा सिद्धान्त बन्छ र त्यसले फेरि व्यवहारकै सेवा गर्छ । पदार्थबाट चेतना र चेतनाबाट फेरि पदार्थ भनेको यही हो ।
यस अर्थमा मार्क्सवाद सचेत ढङ्गले दुनियाँ बदल्नका लागि प्रयुक्त हुने ज्ञान हो ।

आचारदर्शनको क्षेत्रमा आदर्शवाद धर्म, कर्म, ईश्वर, व्यक्तिपूजा, यौन उच्छङ्खलता, दब्बुपना, श्रमप्रति घृणा, जालझेल, शोषण, निस्क्रियता, निराशा, पलायन, व्यक्तिगत स्वार्थ आदि मूल्य-मान्यताहरूमा आधारित हुन्छ । आदर्शवादीहरूले त्यस प्रकारका मूल्य-मान्यताहरूलाई ईश्वरीय आदेश, स्थायी, परिवर्तनहीन र वर्ग एवं समाज निरपेक्ष मान्दछन् । यसको उल्टो द्वन्द्वात्मक भौतिकवादीहरूले उक्त सामन्ती पुजीवादी नैतिक मूल्य-मान्यताहरूको विरोध गर्दै नैतिकतालाई परिवर्तनशील तथा वर्ग एवं समाज सापेक्ष मान्दछन् । उनीहरूले यसै धर्तीलाई सम्पन्न बनाउने, श्रम र श्रमिकहरूको कदर गर्ने, वर्गीय इमान्दारी, सामूहिकता र अनुशासनतर्फ ध्यान दिने र सर्वहारावर्गका संघर्षका हित र उद्देश्यप्रति निष्ठावान् रही त्यसको जगेर्ना गर्ने कुरामा जोड दिन्छन् । उनीहरू जीवनप्रति आशावादी भई अन्याय र शोषणमा आधारित समाज-व्यवस्थाको ध्वंस र शोषणविहीन समाजको सिर्जनातर्फ सचेत, संगठित र क्रियाशील हुन्छन् ।

समाजदर्शनको क्षेत्रमा आदर्शवादीहरूले इतिहासको निर्माणमा जनताको भूमिकालाई लत्याई ईश्वरको शक्ति, कुनै महाराजा वा वीर पुरुषहरूको भूमिकालाई प्रधानता दिन्छन् । उनीहरूले शोषण, व्यक्तिगत लाभ र अन्यायमा आधारित प्रतिक्रियावादी व्यवस्थाहरूलाई स्थायी सम्झी तिनैलाई टिकाउने र जनतालाई सबै अधिकारबाट वञ्चित गरी वर्गसमन्वयको राग अलाप्ने गर्दछन् । यसको विपरीत मार्क्सले द्वन्द्वात्मक भौतिकवादलाई इतिहासमा प्रयोग गरी इतिहासको भौतिकवादी धारणा र अतिरिक्त मूल्यको सिद्धान्तको खोज गर्नु भयो । यस धारणाअनुसार
सामाजिक सत्ता सामाजिक चेतनाको आधार हो र समस्त सामाजिक क्रान्ति वा परिवर्तनको मूल कारण त्यस युगको दर्शन होइन, अर्थ व्यवस्थामा पाइन्छ, इतिहास निर्माणमा कुनै अलौकिक शक्ति वा कथित वीर पुरुषहरूको होइन, श्रमशक्ति वा जनताको भूमिका प्रधान हुन्छ र वर्गसंघर्ष इतिहासको चालक शक्ति हो। चर्को वर्गसंघर्षको कारण शोषकवर्गले शोषितवर्गलाई दबाउने साधनको रूपमा राज्यसत्ताको जन्म भएको हो । पुँजीवादी समाजमा विद्यमान सामाजिक उत्पादन र व्यक्तिगत वितरण पद्धति तथा पुजीपति र सर्वहारावर्ग बीचको संघर्षबाट अनिवार्यरूपले वैज्ञानिक समाजवाद जन्मन्छ । व्यक्तिगत सम्पत्ति र अतिरिक्त मूल्यको शोषण नै वर्गसमाजका आधारशीला हुन् र ती सबै कुराका विरुद्ध सर्वहारावर्गले क्रान्ति गर्छ र वर्ग एवं शोषणविहीन साम्यवादी समाजको स्थापना हुन्छ । वर्ग एवं राज्यसत्ताको जन्म, वर्गसंघर्ष, इतिहासमा बल प्रयोगको भूमिका, सर्वहारा अधिनायकत्व एवं त्यसअन्तर्गत क्रान्तिको निरन्तरताबारे मार्क्स, एंगेल्स, लेनिन र माओले जुन कुरा बताउनु भएको छ, ती समाजदर्शनका महान् उपलब्धि हुन् ।

५. दुई प्रमुख जिम्मेवारी: दुनियाँ बुझ्ने र बदल्ने
द्वन्द्वात्मक भौतिकवाद, जुन आलोचनात्मक, क्रान्तिकारी र जुझारु पनि छ, ले हाम्रा सामु दुई प्रमुख ऐतिहासिक जिम्मेवारी सुम्पेको छ । ती हुन्- दुनियाँलाई बुझ्ने र बदल्ने । दुनियाँ बुझने भन्नुको अर्थ प्रकृति, वस्तु र समाजलाई, तिनको गुण, चरित्र र स्वरूपलाई, तिनका नियमहरूलाई र वस्तु तथा समाजमा विद्यमान तमाम नियमअनुरूप वस्तु वा समाजमा विद्यमान अन्तर्विरोधको हल गर्नु हो, आमूल क्रान्ति गर्नु हो । यी दुई जिम्मेवारीलाई जब सही ढङ्गले ग्रहण गरिन्न, अनि तमाम संशोधनवादी साम्राज्यवादी युगका वर्गसंघर्षका अनुभवहरूको सार खिच्तै माओले “केवल बन्दुकद्वारा मात्रै सम्पूर्ण दुनिया बदल्न सकिन्छ”,१ भन्नु भएको छ र यसलाई गहिराइका साथ अन्तर्विरोधलाई राम्ररी ठम्याउनु हो । त्यस्तै, दुनियाँ बदल्ने भन्नुको अर्थ जान विचलनहरू पैदा हुन्छन्।

दुनियाँ बुझ्ने कसरी ? दुनियाँ बुझ्नका लागि हामीले संसार र आफ्नै देशको सामाजिक, आर्थिक व्यवस्था र वर्गसम्बन्धबारे राम्रो अध्ययन गर्नुपर्छ । आज हामीलाई नेपाली क्रान्तिका नियम पत्ता लगाउनु छ नेपाली क्रान्तिबारे राम्रो ज्ञान प्राप्त गर्न छ । यसका लागि हामीले नेपाली क्रान्तिको व्यवहारमा पस्नै पर्दछ । नेपाल, नेपाली जनता र आफ्नै शक्तिलाई पनि पढ्नै एवं भोग्नै पर्दछ । कति मानिसहरू ठोस परिस्थितिको ठोस विश्लेषण गर्न नसकी, वस्तुमा विद्यमान जीवनशील र मरणशील पक्षबीचको अन्तर्विरोध ठम्याउन नसकी, खास स्थितिमा ती एक अर्कोमा बदलिन सक्छन् भन्ने कुरा नबुझी दुश्मन बलियो र जनताको कमजोर स्थिति देखेर अथवा कतिपय देशमा जनताको हार वा प्रतिक्रान्ति भएको देखेर निस्क्रिय तथा निराश हुन्छन्, र जता बलियो उतै ढलियो गर्न पुग्छन् । इतिहासको धाराप्रवाहमा शोषकवर्ग विनाश र शोषितवर्ग विकासको प्रक्रियामा लगातार अघि बढ्दै गएका छन्। सर्वहारावर्गको क्रान्तिको भविष्य उज्ज्वल छ । क्रान्तिको लामो यात्राप्रवाहमा जनताले दबिनु वा हार्नु परे पनि अन्तमा उनीहरूको जीत अवश्यंभावी छ । यसरी नै दुनियाँ बुझ्नु पर्दछ।

अब प्रश्न छ- दुनियाँ बदल्ने कसरी ? दुनियाँ बुझ्ने क्रममा जुन नियम पत्ता लगाइन्छ वा जुन ज्ञान सिकिन्छ त्यसको प्रयोग दुनियाँ बदल्नका लागि गर्नुपर्दछ । कतिले दुनियाँ अर्थात् समाज वस्तुगतरूपले स्वतः बदलिंदै जान्छ र त्यसमा सचेत वा संगठित प्रयत्न आवश्यक छैन भन्छन् । हामीले यस प्रकारको स्वत स्फूर्ततावादको दृढ विरोध गर्नुपर्छ र दुनियाँ बदल्नका लागि सचेत एवं संगठित प्रयास गर्नुपर्दछ । त्यस्तै कतिले समाज बदल्नका लागि सांस्कृतिक आन्दोलन चलाउनु पर्छ भन्दै वर्गसंघर्षको राजनीतिक पक्षको निषेध गर्दछन् । समाज र व्यक्तिलाई नयाँ दृष्टिकोणले समृद्ध पार्न वा बदल्नका लागि विचारधारात्मक सास्कृतिक आन्दोलनको महत्त्व स्वतःसिद्ध छ, र त्यसमा जोड दिनैपर्छ । परन्तु, त्यो काम कोरा सांस्कृतिक आन्दोलन वा नैतिक उपदेशद्वारा मात्र सम्भव छैन, त्यसका लागि वर्गसंघर्षकै भट्टीमा झोकिनु पर्छ । वर्गसंघर्ष भन्नाले विचारधारात्मक, आर्थिक र राजनैतिक संघर्ष बुझ्नुपर्दछ र यीमध्ये राजनैतिक संघर्षकै भूमिका प्रधान हुन्छ । यसैगरी कतिले समाजलाई शान्तिपूर्ण तरिकाले, “प्रजातान्त्रिक” तरिकाले, चुनावी तरिकाले बदल्न सकिन्छ भन्ने कुरामा जोड दिने गर्दछन् । त्यसरी समाज बदलिएको उदाहरण प्रायशः इतिहासमा कतै पाइन्न र त्यसका लागि बलप्रयोगकै भूमिकाको आवश्यकता पर्दछ । राज्यसत्तासम्बन्धी साम्राज्यवादी युगका वर्गसंघर्षका अनुभवहरुको सार खिच्दै माओले “केवल बन्दुकद्वारा मात्रै सम्पूर्ण दुनिया बदल्न सकिन्छ ।” भन्नु भएको छ । यसलाई गहिराईका साथ लिन जरूरी छ।

दुनियाँ बदल्ने कुरा गर्दा हामी आफैमा विद्यमान सामन्ती, पुँजीवादी, निम्नपूँजीवादी चिन्तन र संस्कारका विरुद्ध लड्दै सर्वहारावर्गीय मूल्य-मान्यता र दृष्टिकोणले समृद्ध बन्दै जानुपर्दछ । व्यक्तिगत स्वार्थ, महत्त्वाकांक्षा, ऐस-आराम, सुविधाभोगी प्रवृत्ति आदिलाई त्यागेर सांगठनिक अनुशासनमा आबद्ध भई त्याग, आत्मबलिदान र जस्तोसुकै कठिन घडीमा पनि क्रान्तिप्रति समर्पित हुने भावनाद्वारा प्रेरित बन्नुपर्दछ ।

यसरी सोंच्न र तयार हुन सकेमा नै हामीले आफूमा दुनियाँ बदल्ने शक्ति, साहस र क्षमताको निर्माण तथा विकास गर्न सक्तछौं । अनि मात्र तमाम प्रतिक्रियावादी व्यवस्थालाई ध्वस्त पारी नयाँ जनवादी, समाजवादी र साम्यवादी व्यवस्थाको निर्माण गर्न सक्तछौं । अनि मात्र मानव-जातिले प्रकृतिका नियमहरूको अझै अध्ययन गरी प्रकृतिकै चेहरा फेर्न सक्नेछ ।

६. द्वन्द्वात्मक भौतिकवादको वैज्ञानिकता
क्रान्तिका दुश्मनहरूले आज फेरि पनि चारैतिर द्वन्द्वात्मक भौतिकवादको अवैज्ञानिकता र मार्क्सवादको पतनको हल्ला फिंजाइरहेका छन् । परन्तु वास्तविकता यो हो कि यस दर्शनको जति “खण्डन” र विरोध गरे पनि यो खण्डित हुँदैन र मर्दैन । किनकि यो विज्ञान हो। लेनिन भन्नु हुन्छ- “मार्क्सको शिक्षा सर्वशक्तिमान् छ, किनकि त्यो सत्य छ। …. पुँजीवादी दार्शनिकहरूका शिक्षा, जुन “नयाँ ढङ्गले” पुरानो र सडेको आदर्शवादतिर फर्किरहेका छन्, का बाबजुद प्रकृतिविज्ञानका नवीनतम खोजहरू- रेडियम, इलेक्ट्रोन, मूल तत्त्वहरूको रूपान्तरणबाट मार्क्सको द्वन्द्वात्मक भौतिकवादको अद्भूत ढङ्गले पुष्टि भएको छ ।”

यो कुनै काल्पनिक दर्शन होइन । यसको नाम भौतिकवाद यस अर्थमा रह्यो कि यो वस्तु, प्रकृति र इतिहासका तथ्यमा आधारित छ । त्यसैले यो विज्ञानसम्मत छ ।

यो दर्शन द्वन्द्ववादी छ। द्वन्द्ववादको प्रमाण प्रकृति हो। द्वन्द्ववादका नियम वैज्ञानिक छन् । विज्ञानले द्वन्द्ववादको पुष्टि गरेको छ । विश्व र मानव-जातिको विकासको सही तस्वीर द्वन्द्ववादले नै खिच्न सक्दछ । मार्क्सको समाजवाद कल्पनावादविरोधी छ । यो एंगेल्सका शब्दमा- “इतिहासको
भौतिकवादी धारणा र अतिरिक्त मूल्यद्वारा पुँजीवादी उत्पादनको रहस्य उद्घाटन”३ जस्ता दुई महान् खोजका कारण विज्ञान बन्न पुगेको छ ।

आजको युगको सबैभन्दा क्रान्तिकारी वर्ग सर्वहारावर्गको उज्ज्वल भविष्यमा आधारित हुनु यस दर्शनको वैज्ञानिकताको राम्रो सबुत हो । उत्पादनको विकासको बाधक साम्राज्यवादी एवं युद्धपिपासु पुँजीपतिवर्ग वर्तमान युगको नेतृत्व गर्न असक्षम साबित भइसकेको छ र त्यसले आफ्नो गर्भबाट आफ्नै चिहान खन्ने वर्ग सर्वहारावर्गलाई जन्माई हुर्काइसकेको छ । उद्योग, वाणिज्य, विज्ञान एवं प्रविधिको विकासको कारण किसानलगायत निम्नपुंजीपतिहरू आफ्नो वर्ग अस्तित्व धान्न सक्ने स्थितिमा छैनन् ।

आज योग्यता, संख्या र शक्ति हरेक हिसाबले सिंगै युगको नेतृत्व गर्न सक्षम नयाँ जीवन र ओजले भरपूर शक्ति सर्वहारावर्ग मात्र छ । विज्ञानजस्तै यस दर्शनले पनि प्रयोगको माग गर्दछ । परन्तु प्रकृतिविज्ञानका तुलनामा समाजविज्ञानको प्रयोग बढी जटिल र कलात्मक हुन्छ । क्रान्तिपछि जुन प्रतिक्रान्ति भए, तिनको कारण यो सिद्धान्त अवैज्ञानिक हुनु होइन, बरु यस सिद्धान्तको सारतत्त्व- वर्गसंघर्ष र सर्वहाराअधिनायकत्वलाई लेनिन र माओले भनेअनुरूप ठीकसित लागू गर्न नसक्नु हो ।

माओले पुँजीवादको पुनर्स्थापना रोक्न काफी प्रयत्न गर्नुभयो । रूस र पूर्वी युरोपमा घटेका प्रतिक्रान्तिका घटनाबाट शिक्षा लिंदै पार्टी र सत्ताभित्र घुसेका पुँजीवादीहरूलाई परास्त गर्न र संशोधनवाद निर्मूलपार्न सर्वहाराअधिनायकत्वअन्तर्गत क्रान्तिको निरन्तरताको सिद्धान्त प्रतिपादन गरी महान् सर्वहारा सांस्कृतिक क्रान्तिको सूत्रपात गर्नुभयो । उहाँले आन्तरिक रूपमा पुँजीवादको स्रोत लघु उत्पादन एवं त्यसबाट उत्पन्न मानसिकता कायमै रहेको र बाह्य रूपमा पुँजीको शक्ति अर्थात् साम्राज्यवाद प्रबल रहेको स्थितिमा त्यस प्रकारको क्रान्ति ८/१० वर्ष मात्र होइन, दशकौंसम्म चलाउनु पर्ने आवश्यकता औल्याउनु भयो । तर माओको निधनपछि त्यो हुन सकेन । परन्तु यस प्रकारका प्रतिक्रान्तिका घटनाबाट क्रान्तिको अन्तिम विजयका लागि पार्टी र सत्तामा घुसेका पुजीवादपन्थीहरूका विरुद्ध अझै सशक्त, सिर्जनशील एवं कलात्मक ढङ्गले चौतर्फी सर्वहाराअधिनायकत्व लागू गर्नुपर्ने आवश्यकताबारे कैयौं नकारात्मक शिक्षा प्राप्त भएका छन् ।

क्रान्तिमा नयाँले पुरानोको स्थान लिन्छ र अन्तिम अर्थमा विकास सुल्टो दिशामा नै हुन्छ, परन्तु यो सबै सीधा होइन, वक्ररेखामा हुन्छ । सर्वहारावर्गको अन्तिम विजय हार-जीतका असङ्ख्य मोडहरू पार गरेर मात्र हुन सक्दछ । पेरिस कम्युनबारे मार्क्सले भन्नु भएको थियो- “कम्युन नष्टै गरियो भने पनि संघर्ष खालि स्थगित मात्र हुनेछ । कम्युनका सिद्धान्त शाश्वत र अविनाशी छन्, जबसम्म मजदुरवर्ग मुक्त हुन्न, तबसम्म यी सिद्धान्त बारबार प्रकट भैरहने छन् ।”४ मार्क्सको उक्त भनाइलाई हामीले पूर्वी युरोप, रूस लगायतका देशका प्रतिक्रान्तिका सन्दर्भमा पनि बुझ्नुपर्दछ । अनि स्पष्ट हुन्छ- प्रतिक्रान्ति संघर्षको स्थगन मात्र हो । मजदुरवर्ग मुक्त नहुँदासम्म कम्युनका ती अविनाशी सिद्धान्त बारबार प्रकट भैरहने छन् । किनकि श्रम र पुँजीबीचको अन्तर्विरोध हल गर्ने वैज्ञानिक उपाय मार्क्सवादबाहेक अर्को छैन । आदर्शवाद, अधिभूतवाद र काल्पनिक समाजवादको वकालत गर्दै लोकतन्त्रको नाममा बहुसङ्ख्यक जनतामाथि निर्मम तानाशाही लाद्ने क्रूर दानवहरूले वैज्ञानिक साम्यवादको पतनको जुन हल्ला गरिरहेका छन्, त्यो वर्गदुश्मनहरूको तथ्यहीन बकवास मात्र हो। आज जुन चीजको पतन भएको छ, त्यो मार्क्सवाद होइन, पुँजीवादी विचारधाराकै एउटा रूप- संशोधनवाद हो । माओको निधनपछि दुनियामा कुनै पनि समाजवादी मुलुक नरहेको कुरा क्रान्तिकारीहरूले पहिलेदेखि नै बताउदै आएका छन् । द्वन्द्वात्मक भौतिकवाद प्रकृति, मानव-समाज र विज्ञानको हरियो धर्तीमा खडा छ । हामीले जुन कुरामा विश्वास गर्दछौं, त्यो अन्धविश्वास वा कोरा कल्पना नभै एउटा भरपर्दो विज्ञान हो । त्यसैले द्वन्द्वात्मक भौतिकवाद क्रान्तिकारी आशावादले भरपूर सर्वहारावर्गको मुक्तिको विज्ञानसम्मत दर्शन हो, यो अपराजेय छ ।

७. दार्शनिक फाँटमा दक्षिणपन्थी संशोधनवाद

संशोधनवाद भनेको मार्क्सवादको तोडमोड गरी त्यसको सारतत्त्वका विरुद्ध जानु हो । नेपाली दार्शनिक फाँटमा दक्षिणपन्थी संशोधनवादको जुन जहर फैलिएको छ, त्यसका केही खास विशेषता यी हुन् :

अपक्षधरता वा तटस्थता दक्षिणपन्थी संशोधनवादको एउटा मूल विशेषता हो । भिन्न दृष्टिकोण, प्रवृत्ति र राजनीतिक धाराका बीच संघर्ष चल्दा संशोधनवादीहरू बीचको बाटोमा हिड्ने, सन्ध्याभाषामा बोल्ने र अन्ततः सर्वहारा वर्गीय हक-हित र श्वदृष्टिकोणका विरुद्ध गई पुँजीपतिवर्गप्रति प्रतिबद्ध बन्दछन् ।

दक्षिणपन्थी संशोधनवादको अर्को मूल विशेषता हो- अनुभववाद । माओवाद वा विचारधाराको परित्याग गर्नु वा मार्क्सवादी-लेनिनवादी-माओवादी दर्शनको महत्वलाई गिराउनु, सिर्जनात्मक चिन्तनको नाममा कथित व्यवहारमा जोड दिनु, क्रान्तिकारी मार्क्सवादीहरूमाथि जडसूत्रवादी-संकीर्णवादी भएको आरोप लगाउनु अनुभववादीहरूको आजको मूल धन्दा हो। उनीहरूले वस्तुवादी बन्नुपर्छ भन्ने नाममा वस्तु वा व्यवहारको अन्धकारमय वा मरणशील पक्षलाई, जनताको दुहाई दिदै उनीहरूको पिछडिएको चेतनालाई आधार बनाई सोंच्ने र तदनुसार सुधारवादी राजनीति अवलम्बन गर्ने गर्दछन् । उनीहरू शोषकवर्ग तथा यथास्थितिलाई बढी महत्त्व दिने र शोषितवर्गको गरिमा, महत्त्व र ओज. तथा क्रान्तिकारी परिवर्तनको महत्त्वलाई घटाउने गर्दछन् । उनीहरू जडसूत्रवादको विरोधको नाममा क्रान्तिकारी मार्क्सवादमाथि नै प्रहार गर्दछन् ।

वस्तुको उज्यालो पक्ष देख्न नसक्नु र अँध्यारो पक्षको वकालत गर्नुको कारण अनुभववादीहरू अज्ञेयवादको भासमा फस्न पुगेका छन् । क्रान्तिकारी सिद्धान्त, क्रान्तिकारी वर्ग, क्रान्तिकारी पार्टी, क्रान्तिकारी नीति र क्रान्तिको उज्ज्वल भविष्यप्रति उनीहरूको अविश्वास एकदमै बढेर गएको छ। सामन्त, नोकरशाह एवं दलाल पुँजीपतिवर्गमा विश्वास र सर्वहारावर्गमा अविश्वास उनीहरूको मूल विशेषता बन्न गएको छ। फलतः उनीहरू सत्तावादी, शक्तिपूजावादी, पुच्छरवादी र अन्तमा विसर्जनवादीसम्म बन्न पुगेका छन् ।

वस्तुका अन्तर्विरोधी पक्षहरूका बीच जुन एकता र संघर्ष हुन्छ, त्यसमा उनीहरू एकताको सापेक्ष, शर्तबद्ध, अस्थायी र संक्रमणशील चरित्रलाई पूरै नकार्ने र त्यस प्रकारको एकतालाई स्थायी वा प्रधान ठान्ने एवं संघर्षको निरपेक्ष चरित्रका विरुद्ध जाने गर्दछन् । उनीहरूका लागि एकता प्रधान र संघर्ष गौण बन्ने गरेको छ । गत जनआन्दोलनयता राजा, कांग्रेस र दक्षिणपन्थीहरूबीच जुन सम्झौता र गठबन्धन चल्दै आएको छ, त्यो यिनै कुराको ठोस अभिव्यक्ति हो । सिद्धान्त र राजनीतिका अहं मामिलाहरूमा सम्झौता गर्नु, वर्गसमन्वयमा जोड दिनु, पार्टीको स्वतन्त्र पहलकदमीभन्दा सबैथोक संयुक्त मोर्चा वा कार्यगत एकताबाट गर्न खोज्नु, अन्तरपार्टी संघर्षको मर्म र महत्त्वलाई नकारी पार्टीभित्र स्थायी शान्ति कायम गर्ने प्रयत्न गर्नु- यसै गलत चिन्तनका उपज हुन् ।

दक्षिणपन्थी संशोधनवादीहरूमा पाइने एउटा अर्को विशेषता हो-भंडुवा विकासवाद । तदनुसार उनीहरू गुणात्मक छलाङ्ग, क्रान्तिकारी परिवर्तन, सशस्त्र क्रान्ति वा बलप्रयोगको भूमिकालाई नकारी चुनावी बाटो, शान्तिपूर्ण विकासको बाटो अबलम्बन गर्ने र प्रतिक्रियावादी सत्तामा सम्मिलित हुने वा त्यसका लागि ज्यानै होम्ने गर्दछन् । उनीहरू नेपाली क्रान्तिको वर्तमान विशिष्ट चरणलाई सुधारवादी चरण भनेर परिभाषित गर्दछन् र त्यही कथित आंशिक सुधारका लागि क्रान्तिकारी रणनीति र लक्ष्यको पूरै परित्याग गर्न पुग्दछन् । उनीहरू कानूनी मार्क्सवादी वा संसदीय राजनीतिको भासमा यसरी फस्न पुगेका छन् कि कानुन र व्यवस्थाको परिधि तोड्दै अघि बढ्नु उनीहरूका लागि असम्भव बन्न गएको छ ।

दक्षिणपन्थी संशोधनवादीहरू आफ्ना भनाइ वा प्रस्थापनाहरूलाई पुष्टि गर्न तमाम कुतर्कको सहारा लिदै द्वन्द्ववादको विरुद्ध सारसंग्रहवादको वकालत गर्दछन् । विभिन्न अनमेल दार्शनिक एवं राजनीतिक प्रवृत्तिहरूलाई एकै ठाउँमा मिसाई विचित्र प्रकारको खिचडी तयार पार्नु, ठोस परिस्थितिको ठोस विश्लेषण नगरी एक प्रकारको स्थितिमा लागू हुने नीति र नियमलाई अर्को परिस्थितिमा यान्त्रिकरूपले लागू गर्न खोज्नु, चीजलाई अमूर्त ढङ्गले पेश गर्नु, कुनै पनि चीजको बहुविध पक्षलाई नहेरी यो वा त्यो पक्षमा मात्र सीमित बन्न खोज्नु, वस्तुका प्रधान र गौण पहलुलाई नछुट्याउनु सारसंग्रहवादका मूल विशेषता हुन् । आज नयाँ जनवाद र पश्चिमा संसदीय प्रजातन्त्रका दुई भिन्न धारालाई एउटै ठाउँमा मिसाई बहुदलीय जनवादको जुन खिचडी तयार पार्ने काम गरिएको छ, त्यो यसको एउटा ठोस उदाहरण हो । यसरी छोटकरीमा भन्दा दक्षिणपन्थी संशोधनवादले मार्क्सवादको क्रान्तिकारी आत्माको हत्या र मार्क्सवादको मुटु- वर्गसंघर्ष एवं सर्वहाराअधिनायकत्वको सिद्धान्तमाथि धारिलो छुरी प्रहार गर्दछ । दार्शनिक फाँटमा विद्यमान यसप्रकारका गलत चिन्तनका विरुद्ध लड्दै मार्क्सवादी दर्शनको रक्षा, प्रयोग र विकास गर्नु सच्चा क्रान्तिकारीहरूको मूल कर्तव्य हो ।

८. निचोड
द्वन्द्वात्मक भौतिकवादबारे निचोडमा जाँदा निम्न कुरामा ध्यान दिन जरुरी छ:

पहिलो : द्वन्द्वात्मक भौतिकवाद अर्थात् मार्क्सवादको दर्शन संघर्षको दर्शन हो । यसको विकास विरोधीहरूसित लडेर हुन्छ । माओ भन्नुहुन्छ- “मार्क्सवाद खालि संघर्षद्वारा मात्र विकसित हुन सक्तछ र यो कुरा अतीत र वर्तमानका लागि मात्र हैन, भविष्यका लागि पनि त्यत्तिकै सत्य हो।” (Vol V-p. 409) सत्यको विकास असत्यका विरुद्ध लडेर हुन्छ, सुन्दरको विकास कुरूपका विरुद्ध लडेर हुन्छ, असलको विकास खराबका विरुद्ध लडेर हुन्छ र यसैगरी द्वन्द्वात्मक भौतिकवादको वा मार्क्सवादको विकास पनि आदर्शवाद एवं अधिभूतवाद र संशोधनवादका विरुद्ध लडेर मात्रै हुन सक्तछ । क्रान्तिको सफलताको लागि बाह्य दुश्मनका बिरुद्व मात्र हैन, माक्र्सवादकोखास्टो ओढेर बस्ने भित्री दुश्मनका विरुद्ध पनि संघर्ष चलाउनु अनिवार्य छ ।

दोस्रो : राजनीतिक दिशा निर्धारणका लागि विश्वदृष्टिकोणको भूमिका विशेष महत्त्वको हुन्छ । जसले द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणका आधारमा सामाजिक विकासको चरण, वर्गस्थिति र अन्तर्विरोधको ठोस एवं वस्तुवादी मूल्याङ्कन गरी सामाजिक वर्ग, आफ्नो देश एवं संसारलाई गतिशील ढङ्गले हेर्न सक्छन् र जीवनशील पक्षको सुन्दर भविष्यप्रति विश्वास गर्दछन्, उनीहरू सर्वहारावर्गको तात्कालिक हित र अन्तिम लक्ष्यमाथि ध्यान दिंदै मात्रात्मक र गुणात्मक दुवै प्रकारका परिवर्तनको द्वन्द्ववादी भूमिकाअनुरूप सही रणनीति एवं कार्यनीति अर्थात् क्रान्तिकारी राजनीतिक कार्यदिशा तय गर्न सफल हुन्छन् । यसको विपरीत जसले यस प्रकारको विश्वदृष्टिकोणलाई लत्याउने गर्छन्, सामाजिक अन्तर्विरोधहरूलाई ठीकसित बुझ्न सक्तैनन् र मरणशील पक्षप्रति आस्था राख्तछन्, उनीहरू अवसरवादी, सुधारवादी राजनीतिक कार्यदिशा तय गर्न पुग्छन् । यसरी हामीले क्रान्तिकारी राजनीतिक कार्यदिशाको निर्धारणमा क्रान्तिकारी सिद्धान्तको पथप्रदर्शनको महत्त्व र गरिमालाई गहिराइका साथ बुझ्न जरुरी छ ।

तेस्रो : आज द्वन्द्वात्मक भौतिकवादको सैद्धान्तिक शुद्धताको रक्षा र सिर्जनात्मक प्रयोगको दिशामा अनुभववाद र जडसूत्रवाद बाधक बनेका छन् । जडसूत्रवादले सिद्धान्तको सिर्जनशील प्रयोग र व्यवहारका नयाँ अनुभवद्वारा सिद्धान्तलाई समृद्ध पार्दै लग्ने काममा अवरोध खडा गर्दछ भने अनुभववादले कथित सिर्जनात्मकताको नाममा सिद्धान्तको सारतत्त्वमाथि नै हमला बोल्छ । तसर्थ यी दुवै चिन्तनका विरुद्ध संघर्ष चलाउनु जरुरी छ । यस सन्दर्भमा हामीले सिद्धान्तबिनाको व्यवहार अन्धो र व्यवहारबिनाको सिद्धान्त लङ्गडो हुन्छ भन्ने स्तालिनको भनाइको मर्ममाथि ध्यान दिदै सिद्धान्त र व्यवहारबीच द्वन्द्वात्मक एकता कायम गर्ने कुरामा विशेष जोड दिनुपर्छ । साथै यहाँनेर हामीले कुन कुरामा पनि ध्यान दिनु आवश्यक छ भने दुनियाँमा क्रान्तिकारी मार्क्सवादी सिद्धान्तका विरुद्ध चौतर्फी हमला भैरहेको अहिलेको स्थितिमा अनुभववादका विरुद्धको संघर्षलाई नै प्राथमिकता दिनुपर्छ, किनकि क्रान्तिकारी सिद्धान्तका अभावमा क्रान्तिकारी आन्दोलन असम्भव छ।

द्वन्द्वात्मक भौतिकवादको सैद्धान्तिक संघर्षशीलता त्यसको क्रान्तिकारी व्यावहारिक गतिविधिमा आधारित छ। सारमा द्वन्द्वात्मक भौतिकवाद भनेको यही हो।

टिपोटहरू :
१. माओ: संकलित रचना हिन्दी-पृष्ठ ५२१ ।.
२. मार्क्स-एंगेल्स : मार्क्सवाद, हिन्दी, पृष्ठ ५९-६० ।।
३. मार्क्स-एंगेल्स : संकलित रचनाएँ -हिन्दी खण्ड-३ भाग-१, पृष्ठ १६५।।
४. सर्वहारा अधिनायकत्त्व की विजय अमर रहे- विदेशी भाषा प्रकाशन गृह पेकिङ्ग,पृष्ठ ३।

(पहिले २०४२ साल र पछि

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?