शनिबार, साउन १२, २०८१

राष्ट्रिय जनमोर्चा बिशेष संगठनात्मक अभियान जैमिनिको बिनमारेमा सम्पन्न

तिलक थापा

जैमिनी नगरपालिका वडा न.-५ बिनामारेमा राष्ट्रिय जनमोर्चाको वडा प्रशिक्षण भेला २०७८ मंसिर २६ गते पर्यटकीय स्थल रिठेडाँडा मा सम्पन्न भएकाे छ । प्रशिक्षण भेलामा प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय प्रमुख राजेन्द्र ढुंगानाले केपि ओलिको कदमका कारण राष्ट्रियता र गणतन्त्र संकटमा परेको बताउनु भयाे जब जब देश संकटमा पर्छ राष्ट्रिय जनमोर्चा मुलुक जाेगाउनका लागि जनता माझ पुगेकाे स्मरण गर्दै देश बचाउनका लागि गाउँ गाउँ बस्ती बस्ती बाट उठ्नु पर्ने बताउनु भयो। कार्यक्रममा अखिल नेपाल जनजाती सम्मेलनका पुर्व केन्द्रीय सल्लाहकार नर बहादुर पुन, जैमिनी-५ का वडा अध्यक्ष तथा जिल्ला सल्लाहकार गोपाल प्रसद शर्मा लगाएत कार्यकमा प्रशिक्षण भेलाको शुभकामना दिनु भएको थियो। कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य डिलबहादुर दर्जी, नगर अध्यक्ष डिलबहादुर श्रीस, युवक संघका प्रदेश सचीव संजाल शर्मा, जातीय समता समाजका रामकुमार विक, राष्ट्रिय जनमोर्चा जैमिनी कि कोषाध्यक्ष शान्तकला शर्मा, युवक संघका नगर सदस्य ओम बहादुर थापा, अखिल नेपाल महिला संघका नगर सदस्य पुर्णकला आचार्य लगाएको आतिथ्यता रहेको थियो।
जैमिनी-५ का राजमो अध्यक्ष भवानी पाण्डेको अध्यक्षतामा सुरु अगाडी बढेको कार्यक्रमको स्वागत हर्क बहादुर थापाले गर्नु भएको थियो भने संचालन नारायण पौडेलले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal