शनिबार, साउन १२, २०८१

राष्ट्रिय जनमोर्चा बिशेष संगठनात्मक अभियान जैमिनिको कुश्मिसेरामा सम्पन्न

तिलक थापा  बागलुङ

जैमिनी नगरपालिका वडा न.-१ कुश्मिसेरामा राष्ट्रिय जनमोर्चाको वडा प्रशिक्षण भेला २०७८ मंसिर २९ गते कुश्मिसेरामा सम्पन्न भएकाे छ । प्रशिक्षण भेलामा प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय प्रमुख राजेन्द्र ढुंगानाले जनताको आन्दोलन बाट ल्याएको गणतन्त्र समेत केपि ओलिले संसद विघटन गरेका कारण राजनीतिक अस्थिरता निम्त्याएको बताउँदै अहिलेसम्मका आन्दोलनका उपलब्धी गुम्न नदिन प्रतिगमनको विरुद्धमा गठबन्धन गरेको बताउनु भयो। मन्तव्यकै क्रममा ढुंगानाले राष्ट्रियता, जनतन्त्र र जनजिविका सवालका आन्दोलनलाई निरन्तर उठाउदै अगाडी बढ्नु पर्ने बताउनु भयो ।
राष्ट्रिय जनमोर्चाका पुर्व केन्द्रीय सदस्य कृष्ण थापा, जनजाति सम्मेलनका पुर्व केन्द्रिय सदस्य नरबहादुर पुन, जनमोर्चाका नगर कोषाध्यक्ष शान्त देवि शर्मा, राष्ट्रिय जनमोर्चाको बामपंथी नेता तथा पुर्व गाविस अध्यक्ष बासुदेब शर्मा लगायतले प्रशिक्षण मन्तव्य दिनुभएको थियो।
यसैगरि अखिल नेपाल जनजाती सम्मेलनका पुर्व केन्द्रीय सल्लाहकार नर बहादुर पुन, जातीय समता समाजको जिल्ला सदस्य तथा नगर अध्यक्ष विष्णुकलि दर्जी, शिक्षक संघका नगर सदस्य बिष्णु शर्मा, जातिय समता समाजका जिल्ला सदस्य होम बहादुर पुन, लगायतको आतिथ्यता रहेको थियो।

राजमो वडा समितिको अध्यक्ष चित्र चापागाईंको अध्यक्षतामा सुरु अगाडी बढेको कार्यक्रमको स्वागत मेखनाथ सापकोटाले गर्नु भएको थियो भने संचालन राजमो नगर सचीव ठाकुर शर्माले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal