शनिबार, साउन १२, २०८१

प्यूठानमा एकैदिन थप १३ जनामा कोरोना पुष्टि

 

अनुज पछाई,प्यूठान । प्यूठानमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्यूठानका विभिन्न स्थानमा बुधबार एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका कोभिड १९ फोकल पर्सन पुष्कल श्रेष्ठले जानकारी दिए ।
बुधबार थपिएका १३ जना संगै प्यूठानमा सक्रिय सङक्रमितको सङख्या १६ जना रहेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । हालसम्म प्यूठानमा ३ हजार ९७४ मा कोरोना सङक्रमण पुष्ट्रि भएकोमा ३ हजार ८८२ जनाले रोगलाई जितेका छन । हालसम्म जिललाभित्र ७७ जनाको कोरोनाकै कारणले ज्यान गएको छ ।
त्यस्तै पछिल्लो समयमा संक्रमित हुनेहरूमा घाँटी दुख्ने, निल्न गाह्रो हुने, ज्वरो आउने, शरीर दुख्ने, नाक बन्द हुने कहिले पानी बग्ने ,पखाला लाग्ने, टाउको दुख्ने , रिङ्गटा लाग्ने जस्ता लक्षणहरू देखिएकाले कुनै पनि नागरिकलाई त्यस्तो लक्षण देखिएमा कोरोना परीक्षण गर्न समेत उनले स्वास्थ्य कार्यालय प्इूठानका प्रमुख मदुसुदन खडकाले आग्रह गरेका छन् ।
साथै उनले संक्रमित ब्यक्तिहरू करिब एक हप्ता सम्म लक्षण नहट्दासम्म होम क्वारेन्टाइनमा बस्न आग्रह गर्दै कुनै पनि स्वास्थ्य समस्या देखिएमा स्वास्थ्यकर्मीहरूसँग परामर्श गरी अस्पताल जान समेत आग्रह गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal