सोमवार, मंसिर ३०, २०८२ | Monday 15th December 2025
मूल प्रवाह एकता समाजको पहलमा श्रीगंगानगरमा परिचयपत्र विहीनलाई खोप लगाउन सुरु
झिमरुक पोस्ट
शुक्रबार, पुस ३०, २०७८
खिमराज चालिसे, चंडिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज श्रीगंगानगर नगर समितिको पहलमा परिचय पत्र नभएका नेपालीलाई खोप लगाउन सुरु गरिएको छ ।
परिचय पत्रविहीन नेपालीलाई खोप उपलब्ध गराउन श्रीगंगानगरको ‘चिफ मेडिकल हेल्थ अफिसर (सीएमएचओ)’ सँग मूल प्रवाहका केन्द्रीय सचिव त्रिभुवन भट्टराईको विषेश पहल गर्नुभएको थियो ।
राजस्थान राज्यको श्रीगंगानगरमा समाजसेवी सब्बीर खानको सहयोगमा हिजो मूल प्रवाहका नेता कार्यकर्ताले गरेको भेटघाटपछि मेडिकल तथा हेल्थ अफिसरले आज (१४ जनवरी) देखि बिना परिचयपत्रका सबै श्रमजीवि नेपालीहरुलाई कोरोनाविरुद्ब खोप लगाउने प्रतिवद्धता गरेको सचिव भट्टराईले बताउनु भयो ।
भारतस्थित नेपाली हरुको अभिभावक संगठन मूलप्रवाह अखिल भारत नेपाली एकता समाजले विभिन्न नगरहरुमा परिचय पत्रविहीन नेपालीलाई कोरोनाविरुद्ब खोप उपलव्ध गराउन गरेको पहललाई नेपालीले अत्यन्त हार्दिकतापूर्वक लिएका छन् ।