शनिबार, साउन १२, २०८१

गजल

सबै मिली हिड्ने चलन छ मेरो गाउँमा
हुन्छ बिकास भन्ने कथन छ मेरो गाउँमा

गति शिल सपना बोकेर हिड्छन युवा
यथार्थ चिन्तन खुल्ला मन छ मेरो गाउँमा

नेपाल राष्ट जिल्ला पाल्पा भन्छन रामपुर
सोझो इमानिको धड्कन छ मेरो गाउँमा

सबै जात जाती मिलेर छलफल हुने ठाउँ
व्यापारले धन गनागन छ मेरो गाउँमा

परिश्रमी जनताले उब्जाएको अन्न बालि
गहुँ धान मकै टनाटन छ मेरो गाउँमा
राम प्रसाद गैरे (पाल्पाली)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal