शनिबार, साउन १२, २०८१

आउनुहोस् स्वच्छ बिचार बाट क्रान्ति गरौँ

गजल

छविलाल  महोदय रोका मगर स्वर्गद्वारी प्युठान

आउनुहोस् स्वच्छ बिचार बाट क्रान्ति गरौँ
बिना चोट बिना हतियार बाट क्रान्ति गरौँ

रोल्पा, रुकुम बाट धेरै गर्यौँ न्यायको लागि
अब ! सिधै शिंह’दरबार बाट क्रान्ति गरौँ

हो! यहाँ लाखौँ करोडौलाई मुक्ति मिल्नेछ
एक दुई सय हुँदै, हजार बाट क्रान्ति गरौँ

के क्रान्ति गर्नु मान्छे मारेर, त्रास देखाएर
धारिला शब्दहरुको प्रहार बाट क्रान्ति गरौँ

अरे’भोली देश सम्म राजधानी सम्म पुग्नेछ
आज आफ्नै घरको संघार बाट क्रान्ति गरौँ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal