शुक्रबार, फाल्गुन १८, २०८०

अलपत्र अवस्थामा फेला परेको बालबालिकालाई प्रहरीद्धारा आफन्तको जिम्मा

अनुज पछाई, प्यूठान । अलपत्र अवस्थामा प्यूठानको स्वर्गद्धारी नगरपालिकाका वडा नं.०४ स्थित भिगृ बजारमा फेला परेका २ बालबालिकालाई इलाका प्रहरी कार्यालय भिगृ प्यूठानको प्रहरी गस्ती टोलीले अभिभावकको जिम्मा लगाएको छ। प्यूठानको माण्डबी गाउपालिका ४ उदयपुरकोट भेडाबारी घर भई हाल केहि दिनदेखि प्यूठान स्वर्गद्धारी नगरपालिका भिगृमा बेबारिसे अबस्थामा बफेला परेका थिए ।
माण्डबी गाउपालिका ४ उदयपुरकोट घर भएका टेके शार्किका भाइका छोराछोरी वर्ष १२ की बुशुमि शार्की र ७ बर्षएका धने शार्किmनर्ई प्रहरीद्वारा माग ५ गते उद्धार गरी इलाका प्रहरी कार्यालय भिगृमा राखिएको थियो ।
प्रहरीले उनको अभिभावक पत्ता लगाएर बिहिबार बालकका ठूलोबुबा टेके शार्किलाई जिम्मा लगाएको हो। इलाका प्रहरी कार्यालय भिगृ े प्यूठानका प्रहरी नायब निरीक्षक हस्ते घर्तिमगरले ठूलो बाबु टेके शार्किलाई इलाका प्रहरी कार्यालय भिगृमै बोलाएर बालक जिम्मा लगाएको बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?