शनिबार, साउन १२, २०८१

भन आमा मेरो नाम

प्रेम गायक बागलुङ
एक त मेरा दुईटा बाउ
बाउको पत्तै थिएन।
न्यायलएले आज मेरो
नाम पनि दिएन।

जन्म दिएउ किन आमा
बिना चिनाको।
बतासे बनाएउ
बाउ बिनाको।

न बाउको पत्तो छ
न नामको ठेगना।
आमा अब कता लागौं
म लभन।

किन आमा जन्माएउ
बाउ बिनाको छोरा?
भन आमा मेरो नाम
कस्ले राख्ने होर?

सब्ले भन्थे नेकपा
त्यो अर्कैको होरे।
उसको त बाउ पनि
छुट्टै नै पो छरे।

भन आमा अर्कैको नाम
किन चोरी राखेउ?
किन आमा म सॅग
झुठा कसम भाकेउ।

आमा ढिला नगर
छिट्टै राख्देउ नाम।
सब्का सामु आज मेरो
भयो आमा वदनाम।

बाउ बिनाको बतासे
छैन नाम पनि।
कस्को घरमा पस्न जाउॅ
छैन ठाम पनि।

न त नाम छ न घर छ
म त सर्वहारा।
तिम्रै दोष हो आमा यो
के हो यस्तो पारा?

पैला मलाई नाम चिनाईदेउ
अनि मलाई बाउ।
बिन्ति गर्छु आमा
मलाई बतासे नबनाउ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?