शनिबार, साउन १२, २०८१

“महिला दिवस “

खिमराज चालिसे- चंडिगढ

श्रमिक महिला दिवस को हार्दिक शुभकामना।
एक सौ एघारै महिला दिवसको शुभकामना ।।
आधा जनसंख्या लाइ हाम्रो हार्दिक शुभकामना।
समाज परिवर्तन का विचारले शुभकामना।।

लालसलाम छ क्लारा जेटकिनको हिम्मतलाइ।
लालसलाम दोश्रो अन्तराष्ट्रीयको निर्णय लाइ।‌।
क्लारा जेट्कीन समाज परिवर्तनकी नेता हुन।।
सर्वहारा वर्गिय दृष्टिकोणकी सम्वाहक हुन।

जर्मनीमा जन्मेर पेरिस नै कर्मभूमि बनायौ।
जहा सन्तान हुर्काउदै क्रान्तिको त्यो बाटो बनायौ।।
अनि रुसी कम्युनिष्ट पार्टीलाई आदर्श बनायौ।
रुसी आक्टोवर क्रान्ती लाइ पथ प्रदर्शक बनायौ।।

रोजा र एलेक्जेंड्रा को महत्व पनि कम होइन।
महिला संघर्ष को उच्च इतिहास कम होइन।।
अवसरवादी विरुद्ध नारी शसक्त उर्जा बन्दै।
नारीको विजय पथमा लम्के अजय शक्ती बन्दै।।

तिम्रो अद्धितीय हिम्मत नारी जातीलाइ उर्जा हो।
तिम्रो समाजवादी चिन्तन स्वणिम पदचाप हो।।
तिम्रो अद्बभूत कार्य महिला मुक्ती को नै बाटो हो।
सामाजिक संरचना विरुद्ध मिलको पथ्थर हो।।

महिला मुक्ती आन्दोलन का सिपाही लाइ सलाम।
सासन फेर्ने महान लक्ष्यका नेतृलाइ सलाम ।।
संरचना विरुद्ध हुंकार भर्दै संगै आउ तिमी ।
टाउकाले टेकेको व्यवस्था भत्काउन आउ तिमी।।

महिला दिवस मा आउ सबैले यहि प्रण गरौ।
राष्ट्रियता गणतन्त्र बचाउ सबैले प्रण गरौ।।
महंगी भष्ट्राचार बिरुद्ध मोर्चा बन्दी गरौ अब।
नभमा नारी शक्तीको किल्ला सुदृढ बनाऔ अब।।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal