शुक्रबार, साउन ४, २०८१

झुट र फरेबको आधारमा गरेको राजनीतिकको भविष्य कहाँसम्म पुग्ने?

दुनियाँ भरका मार्क्सवादी, लेनिनबादीहरु भेला वा सम्मेलनले निर्धारित गरेका नीति नियम तथा विधी विधान अनुसार चल्नुलाई संगठनात्मक पद्धती मान्ने गर्दछन् । यसरी संगठनात्मक पद्धती मान्नेहरु चाहे त्यो दक्षिणपंथी समुह होस् अथवा उग्रपन्थी समुह वा अन्य नै किन नहोस् सबैले सम्मेलन वा भेलाले गरेका निणर्यलाई सार्वजनिक गर्ने हिम्मत राख्दछन् र कर्तव्य पनि सम्झन्छन् । तर कथित राष्ट्रिय जनमोर्चा समन्वय समितिलाई त्यो सबैको आवश्यकता पर्दैन । किन की उनीहरु क्रान्तिकारी प्रदाभित्र लुकेर देशको सबैभन्दा क्रान्तिकारी राजनैतिक धरातलमा उभिएर दुरगामी दृष्टिकोणको सशक्त सैद्धान्तिक विष्लेषणको अदभुत क्षमताले शुसज्जीत, राष्ट्रियता, जनतन्त्रको सवालमा सधै अग्रपंतीमा संघर्षको ऐतिहासिक पृष्ठभूमि बोकेको नेकपा (मसाल) र उसको वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चालाई सखाप पार्ने अभियानमा नै केन्द्रित रहेकोछ । उनीहरुको क्रियाकलापले पनि यहि नै पुष्टि गरेको छ । उक्त समुहको कथित क्रान्तिकारी प्रदा यो भेलाले झनै च्यातिदिएको छ र अब उनीहरुको समुह राजनैतिक रुपले सबैभन्दा घातक अवसरवादी भएको पुष्टि हुँदै गएको छ ।

सर्वप्रथम उनीहरुको कथित भेलाले गरेका निणर्यहरु बारे चर्चा गरौं । माघ १५ गते गरिएको त्यो समुहको कथित भेलामा नेकपा (मसाल) र राजमोले अनुशासनात्मक कार्यवाही गरेर निश्कासित गरेका अराजक, अनुशासन विहिनहरुको एउटा झुण्ड थियो । पार्टी अनुशासनमा बस्न नसक्नेहरुले बनाएको समुह पनि त्यस्तै हुन्छ भन्ने थप पुष्टी गर्ने प्रकारको उनीहरुको भेला रह्यो ।

उनीहरुले कम-से-कम भेलाले गरेका निणर्यहरुलाई पनि इमानदारी पुर्वक सार्वजनिक गर्न सकेनन् । भेलामा जारि गरेको नामावली एउटा र विज्ञप्तीमा जारि गरेको नामावली अर्को छ । उनीहरुको यो गतिविधि केवल सञ्चार जगतमा चर्चा पाउनलाई गरेको खेलो वा आफूहरु कहाँबाट परिचालित छन् उसलाई खुशी पार्नको लागि गरेको पोर्पोकाण्डा भएको बुझिन्छ । यस्तो झुटको धरातलमा उभिएको माघ १५ गते को कथित भेलाले उनीहरुको झुट र वेईमानीको प्रदा च्यातिएको छ ।

उक्त समुहमा छैनौं भनेर विरेन्द्र थापा, भविन्द्र थापा, मोमिना खातुनबाट प्रेस वक्तव्य जारि भएको केही बेरमा कथित राजमो समन्वय समितिले वक्तव्य जारि गरेको छ, उक्त वक्तव्यमा मिति नै अघिल्लो दिनको लेखेर आफूलाई इमान्दार बताउने कसरत गरिएको छ । तर विज्ञप्ती २०७८ माघ १६ गते साझ १६ बजे र २७ मिनेटमा जारि भएको थियो । उक्त वक्तव्यमा सो समुहले भेलाद्धारा गरिएका निणर्यहरु समेत सार्वजनिक गर्ने आँट गर्न सकेका छैनन् ।

संगठनको सर्वोच्च अंग सम्मेलन वा भेला हो । यदि त्यो सबै हुन नसकेको अवस्थामा केन्द्रीय समितिले कतिपय विषयमा निणर्य गर्ने अधिकार हुन्छ, कुनै व्यक्ती विषेशलाई हुँदैन । माक्र्सवादी मान्यताको धज्जी उडाउँदै रातोरात सदस्यहरुको लिस्ट नै परिवर्तन गरेर मार्क्सवादको सिद्धान्त माथी नै प्रहार गरेर आफ्नै अवसरवादी चरित्र र अनुशासन विहिनताको श्रृंखलालाई उनीहरुले अगाडि बढाएका छन् । भेलामा कसकसको नाम प्रस्तुत गरिएको थियो, रातो लालटिन र मार्गदर्शन आनलाइनमा अहिले पनि छ ।

यहाँ स्पष्ट हुनुपर्ने विषय के हो भने, भेला वा सम्मेलनले गरेका निणर्यहरुलाई फेरवदल गर्न पाउने अधिकार केन्द्रीय समितिको पूण बैठकलाई हुन्छ । तर संगठनको संरचना, विधान, नियमावली, नीति, सिद्धान्त जस्ता विषयहरुमा भेला वा सम्मेलनले नै गर्नुपर्ने हुन्छ । समितिमा कतिपय थपघट वा तात्किालिक राजनीतिकको बारेमा समितिको पूण बैठकलाई अधिकार हुन्छ । हामीलाई जानकारी भए अनुसार अहिलेसम्म त्यो समितिको पूण बैठक बसेको छैन र जारि विज्ञप्तीमा पनि त्यस बारे उल्लेख छैन । यो अवस्थामा भेलामा प्रस्तुत गरेको नामावली नै विज्ञप्तीमा प्रस्तुत गर्नु पर्ने हुन्छ, तर उनीहरुले यो सबै नीतिको तिलाञ्जली दिएर १५ गते नै जारि विज्ञप्तीमा थपघट गरेका छन् । भेलामा जारि नामावलीमा लाल बहादुर राना (स्यांजा) को नाम थिएन, तर विज्ञप्तीमा छ । यो उनीहरुको झुट फरेव र बेइमानीको दोश्रो उदाहरण हो । अर्को उनीहरुले राजनीतिक बजारमा आफूहरुको मोलमोलाइको कोशिस हो ।

केही दिन पहिले हाम्रा एकजना साथीसँगको कुराकानीमा कथित नेकपा (मसाल) समन्वय समितिका एकजना केन्द्रीय सदस्यले “हामीले पार्टी चलाउँला भन्ने सोंचे कै छैनौं र त्यो हाम्रो क्षताको विषय पनि होइन, तर नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चालाई कति धेरै क्षति पुर्याउन सकिन्छ त्यही नै हाम्रो जोड हो” भनेका थिए । ति साथीको भनाई र यो समुहको गतिविधिलाई हेर्दा प्रस्ट हुन्छ कि हरसम्भव मसाल सिद्धाउने कसरतमा उनीहरुको लागेका छन् ।

यहाँ एउटा अर्को उदाहरण प्रस्तुत गर्दा सान्दर्भिक होला ; २०७८ सालको प्रगतिशिल भैलोका दौरानमा फरीदावादमा आफूहरु बाबुराम विष्ट कै भैलो टोली भएको बताउँदै सर्वसाधरणलाई भ्रमित पार्ने र भैलो संकलन गर्ने काम स्वयंम् भारतमा फूटपरस्तहरुको नेतृत्वबाट भएको थियो ।

केही दिन पहिला फूटपरस्तहरुका सचिव पदमा रहेका व्यक्तिले आफूहरु बाबुराम विष्ट कै समितिमा रहेको भन्दै सर्वसाधरणलाई चन्दा रसिद कटाउँदै हिंडेको र फोटो खिंचेर फेसबुकमा राखेका थिए । यसले यो सावित गर्दछ कि उनीहरुको आफ्नो कुनै पहिचान छैन ।

उनीहरु मसालको लोगो उपयोग गरेर मसाल र मसालका मोर्चाहरुलाई नै भत्काउने षडयन्त्रमा तल्लिन छन् । उनीहरुको आफ्नो राजनीतिक उदेश्य छैन । छ त केवल प्रतिशोध, कुण्ठा, बदलाभाव र मत्वाकांक्षा ।

लाजमर्दो कुरा त के छ भने ति सचिव वा पेशेवर भनाउँदा व्यक्तिले हाम्रो अखिल भारत सम्मेलन हुँदैछ सम्मेलनको सहयोगको लागि आएको भन्दै संगठनको सदस्यता कटाउने समेतको निचकाम गरेका थिए । जब कि आफ्नो नीति, सिद्धान्त नै छैन भने, झुट र फरेबको आधारमा गरेको राजनीतिकको भविष्य कहाँसम्म पुग्ने होला ?

माथिका थुप्रै घटनाहरुबाट यो प्रष्ट हुन्छ कि उक्त समुह कथित क्रान्तिकारी प्रदा भित्र लुकेर बामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनामा लागेको लिनप्याओहरुको अनुयायिहरुको रुपमा पनि उनीहरुका गतिविधिहरु तथा चरित्रले देखाइरहेका छन् । एकातर्फ नीति सिद्धान्तको धज्जी उडाउँदै मिखाइल बाकुनिनको बाटोमा हिडने र अर्को तर्फ सांगठनिक रुपमा नेतृत्व विरुद्ध लिनप्याओको बाटोको अनुसरण गर्ने खतरनाक खेलमा यो समुह छ । यो समुहको यसप्रकारको क्रियाकलाप एकपछि अर्को रुपमा बढ्दै जानु क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने दिशामा रहेको देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?