शनिबार, साउन १२, २०८१

गुनासो!

बालाराम तिमल्सिना

 

 

लौरो घुमाएर गर
या खुकुरी नचाएर गर
टन्न खाएर गर
या भोकै बसेर गर
उठेर गर या बसेर गर
तिमीले गर्न खोजेको
गुनासो नै हो भने
नाथे गुनासोको काम छैन
गुनासो नाथे गुनासो न हो !

तिमि जतिसुकै गुनासो गर
जे जे नाम देऊ गुनासाको
जे जे रुप देऊ गुनासाको
गुनासो नाथे गुनासो न हो
गुनासोले पात हल्लदैन
गुनासोले सिन्को सार्दैन
गुनासोले माखो मार्दैन
किन कि
गुनासोमा कुनै बल हुदैन
गुनासो नाथे गुनासो न हो !

गुनासो कसैलाई ठुलो मानेर गरिन्छ
गुनासो कसैसग केहि मागेर गरिन्छ
जागिर
नियुक्ति
सरुवा
बढुवा
टिकट
सुबिधा
दया
करुणा
मर्जी
आस्वासन
यस्तै यस्तै अभिस्ट हुन्छ गुनासोको !

गुनासो वालासग
कुनै विकल्प हुदैन
कुनै आट हुदैन
कुनै योजना हुदैन
कुनै दुर दृष्टि हुदैन
मलिकसग गुनासो गर्नु
रुनु कराउनु
हात थप्नु
जे झर्छ किच्च हास्नु
ल्याप्प चाट्नु
र फर्कनु
मालिकले पछी आइज भन्यो भने
हस हजुर भन्नु र लुत्रुक्क पर्नु
गुनासोको योभन्दा बढी दम छैन !

तै पनि केहि मानिसहरू
अझै गुनासो गर्छन
आखिर निरिहहरुलाई पनि
कुनै न कुनै हतियार त चाहियो
हो त्यहि निरिहहरूको हतियार हो – गुनासो !

लौरो घुमाएर गर
या खुकुरी घुमाएर गर
टन्न खाएर गर
या भोकै बसेर गर
उठेर गर या बसेर गर
तिमीले गर्न खोजेको
गुनासो नै हो भने
नाथे गुनासोको काम छैन
गुनासो नाथे गुनासो न हो !

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal