मङ्लबार, माघ २१, २०८२

तंग्राममा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

तिलक थापा बागलुङ

राष्ट्रिय जनमाेर्चा तंग्राम बागलुङद्धारा राष्ट्रिय जनमाेर्चा तंग्रामका सदस्य मन बहादुर पुन, राष्ट्रिय जनमाेर्चाका कार्यकर्ता खडक बहादुर पुन साथै समाजसेवी टीका बहादुर पुज र प्रेम बहादुर पुनका पुज्यनीय पिता काठेखाेला गाउँपालिका वडा नं. ४ तंग्राम निवासी स्व. यम बहादुर पुनकाे ९४ बर्षकाे उमेरमा २०७८ माघ २३ गते भएकाे दुखद निधनमा शाेक व्यक्त गर्दै २०७८ माघ २७ गते चाैथाे दिनमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ । श्रद्धाञ्जली कार्यक्रममा राष्ट्रिय जनमाेर्चाका राष्ट्रिय परिषद् सदस्य तथा अखिल नेपाल युवक संघका पुर्व केन्द्रीय अध्यक्ष तिलक थापा र राष्ट्रिय जनमाेर्चा काठेखाेलाका सचिव तथा काठेदाेला गाउँ कार्यपालिका सदस्य टीका सँगम बि.क.ले श्रद्धाञ्जली मन्तव्य राख्नु भएकाे थियाे भने
अखिल नेपाल जनजाति सम्मेलन बागलुङका उपाध्यक्ष अाेम बहादुर पुन, जातीय समता समाज बागलुङका सदस्य भिम बि.क., राष्ट्रिय जनमाेर्चा तंग्रामका अध्यक्ष बिष्णु कडेल, सदस्य नर बहादुर थापा, अखिल नेपाल युवक संघ तंग्रामका अध्यक्ष लक्ष्मण थापा लगायतले श्रद्धाञ्जली दिनु भएकाे थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal