
अनुज पछाई , प्यूठान । प्यूठान जिल्लाकै सबैभन्दा पुरानो बिद्यालय मुक्ति माद्यमिक बिद्यालयले ७० औ बार्षिक उत्सब मनाएको छ । सनिबार बिद्यालयको प्राङगणमा एक कार्यक्रम गरेर बार्षिक उत्सब मनाएको मुक्ति माद्यमिक बिद्यालयका प्रअ योगेन्द्र जिसीले बताएका छन ।
बार्षिक उत्सबको अबसरमा बिभिन्न दाताहरुले स्थापना गरेका ब्यक्तिहरुको सम्झनामा मुक्ति माबिमा अध्यनरत १० बढी बिद्यार्थीलाई छात्रबृत्ति स्वरुप बिद्यार्थीलाई सम्मान पनि गरिएको थियो । शिक्षक अभिभावक संघका अध्यक्ष सुन्दरा केसीको अध्यक्षतासंगै सुरु भएको कार्यक्रममा बिद्यँलयको प्रगति विवरण , बिद्यालयमा भइरहेका कार्यक्रम ,आर्थिक गतिबिधि तथा भाबि कार्यक्रमको बारेमा बिदालयका प्रअ जिसीले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुले बिभिन्न किसिमका प्रतिभाहरु पनि प्रस्तुत गरेका थिए ।











