
अनुज पछाई , प्यूठान । यस शैक्षिक सत्रको अर्धबार्षिक परीक्षा प्यूठानमा मङगलबारदेखि सञ्चालन हुदै छ । प्यूठान जिल्लाको नौबहिनी गाउपालिका बाहेक ८ ओटा गाउपालिकामा एकैसाथ परीक्षा सञ्चालन गर्ने तयारी रहेको मा बि परीक्षा समिति प्यूठानका संयोजक चन्द्रमण्ी पौडेलले बताएका छन । प्यूठान जिल्लाको नौबहिनी गाउपालिकाले भने कोभिड १९ को तेस्रो लहर सुरु हुनु अगाबै गाउपालिका कक्षा १० सम्मको परीक्षा सञ्चालन गरिसकेको छ ।
गौमुखि गाउपालिकामा पनि मङगलबारदेखि परीरक्षा सञ्चालन भएतापनि गौमुखि गाउपालिकाले प्यूठान जिल्लाको माबि परीक्षा समितिबाट नभइ आफै गाउपालिका स्तिरीय परीक्षा समितिबाट परीक्षा सञ्चालन गर्न लागेको गौमुखि गाउपालिकाका शिक्षा शाखाका प्रमुख ओमहरी पोख्रेलले बताएका छन ।
कक्षा ११ र १२ को परीक्षा भने मङगलबार देखि एकैसाथ प्यूठान जिल्लाभर सञ्चालन हुने माबि परीक्षा समिति प्यूठानका संयोजक पौडेृलले बताएका छन ।