शनिबार, साउन १२, २०८१

संगरुरमा १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम सम्पन्न

खिमराज चालिसे,
चंडिगढ,
८ मार्च

आधा धर्ती ओगटेका महिलाहरुको हक अधिकार को लागी संघर्षरत प्रवासी नेपालीहरुको अभिभावक संगठन मूलप्रवाह अखिल भारत नेपाली एकता समाजको झंडामुनि संगरुरमा पनि १११ औ अन्तरराष्ट्रीय श्रमिक महिला दिवस को कार्यक्रम महिला विभाग संगरुरको आयोजनामा भव्य र सानदार रुपमा सम्पन्न गरिएको छ ।
कानुनमा कैयन ठाउमा महिला अधिकारका कुरा गरिएता पनि व्यवहारमा लागु हुन नसकेको तर्क दिदै सो सभामा मन्तव्य राख्ने वक्ताहरुमा केन्द्रीय परिषद सदस्य वुद्बीराम आचार्य, नगर अध्यक्ष- खेमराज पोख्रेल, नगर उपाध्यक्ष- नारायण भुसाल, सचिव राजु खनाल, सहसचिव धन बहादुर विक, नगर सदस्य गुणानिधी आचार्य, महिला विभागका लक्ष्मी विष्ट, सरिता भुसाल, गंगा अर्याल, लगाएत हुनुहुन्थो ।

कार्यक्रम रामप्रसाद खनालको संचालनमा तथा लक्ष्मी पांडेको अध्यक्षतामा सम्पन्न भएको जानकारी नगर अध्यक्ष खेमराज पोख्रेलले दिनुभएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal