बिहिबार, बैशाख १३, २०८१

रेडियो स्वर्गद्धारी का स्टेशन म्यानेजरलाई पुत्रि लाभ

अनुज पछाई , प्यूठान । रेडियो स्वर्गद्धारीका स्टेशन म्यानेजर लव कुमार अधिकारीलाई पुत्रि लाभ भएको छ । अधिकारीको श्रीमतीले मङगलबार दिउसो पहिलो सन्तानको रुपमा छोरीको जन्म दिएकी हुन । नेपाल पत्रकार महासंघ प्यूठानकी महिला उपाध्यक्ष राधिका भुषासंग स्टेशन म्यानेजर अधिकारीको बैबाहिक सम्बन्धको करिब २ बर्षपछि छोरीको जन्म भएको हो । पत्रकार भुषाल बिगत १ दशक देखि पत्रकारीता क्षेत्रमा संलग्न हुदै आएकी छिन ।
उनि प्यूठान जिल्लाको लोकप्रिय साप्ताहिक पत्रिका हाम्रो एकताकोे साथै रातो पाटि ,माउण्टेन टेलिभिजन र दैनिक लुम्बिनीमा पनि कार्यरत रहेकी छिन ।
पुत्रि लाभ भएसंगै इष्टमित्र लगायतले सामाजिक सञ्जाल फेसबुक मार्फत शुभकामना ब्यक्त गरेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?