सोमवार, साउन २३, २०७९

बिहिबार विश्व क्षयरोग दिवस प्यूठानमा पनि मनाइयो , प्यूठानमा २४० जना क्षयरोगी

 

अनुज पछाई , प्यूठान । बिहिबार विश्व क्षयरोग दिवस प्यूठान सहित देशभर मनाइएको छ । नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइएको छ । हरेक वर्ष क्षयरोग निवारणका लागि विभिन्न कार्यक्रम गर्दै मार्च २४ तारिखका दिन यो दिवस मनाउने गरिएको छ । क्षयरोग माईकोब्याक्टेरियम ट्युबरक्लोसिस नामको ब्याक्टेरियाका कारण लाग्ने रोग हो । श्वासप्रश्वासका माध्यमबाट सजिलै सर्ने क्षयरोगको संक्रमण मधुमेह, एचआईभी, मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर जस्ता प्रतिरोध क्षमता कम भएका रोगीलाई छिटो हुन्छ ।
एकजना क्षयरोगीले समयमा औषधि नगर्दा एक वर्षमा अरु १० देखि १५ प्रतिशतलाई रोग सार्ने चिकित्सकहरुले बताएका छन् ।
यसैबीच प्यूठानमा पनि बिहिबार क्षयरोग दिवसको अबसरमा बिभिन्न कार्यक्रम कार्यक्रम गरेर मनाइएको छ । । स्वास्थ्य कार्यालय प्यूठान, स्वर्गद्धारी नगरपालिका प्यूठान , गोठिबाङ स्वास्थ्य चौकी ,बिएन एमटिको समुहले संयुक्त रुपमा सचेतनामुलक अन्तक्रिया तथा ¥याली कार्यक्रम गरेर मनाइएको छ । स्वर्गद्धारी नगरपालिका वडा नं. ९ को गोठिबाङमा उक्त कार्यक्रम गरिएको हो । गोठिबाङको बिद्यानन्द माबिका बिद्यार्थी , स्थानिय आमा समुह , स्वास्थ्य स्वयम सेविका लगायतको उपस्थितिमा क्षयरोग सम्बधि अन्तरक्रिया तथा र्यालि कार्यक्रम सञ्चालन भएको हो ।
साथै बिएन एमटि प्यूठानको समुहले यस बर्षको नारा क्षयरोग अन्त्यको लागी लगानी बढाऔ , जीवन बचाउ लेखिएको झण्डासहित ड्रोन पनि उडाएको थियो ।
प्यूठानमा २४० जना क्षयरोगी
प्यूठान जिल्लामा अहिले २४० जना क्षयरोगका सक्रिय सङक्रमित रहेका छन । गत आ व मा २५५ जनामा क्षयरोग देखिएकोमा यस आ व को दोस्रो चौमासिकमा २४० क्षयरोगका बिरामीले निरन्तर औषधि प्रयोग गरिरहेको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख मधुसुदन खडकाले बताए । गत बर्ष कुल क्षयरोगको ९१ प्रतिशत ब्यक्तिले क्षयरोगपछि निको भएका थिए भने १५ जनाको क्षयरोगकै कारण मृत्यु भएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख खडकाले बताएका छन । त्यस्तै यस बर्ष ८६ प्रतिशत ब्यक्ति क्षयरोगबाट मुक्त भैसकेका छन । यस आर्थिक बर्षमा ८ जनाको मृत्यु भएको छ ।
राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार नेपालमा हरेक वर्ष ४५ हजार नयाँ क्षयरोगी थपिने गरेका छन् भने ३० हजारले मात्र स्वास्थ्य सेवा लिइरहेका छन् । सक्रिय खालको क्षयरोग भएको व्यक्तिमा लगातार खोकी लाग्ने, खकारमा रगत देखिने, छाती दुख्ने, ज्वरो आउने, रातीमा पसीना आउने, थकाई लाग्ने, तौल कम हुँदै जाने जस्ता समस्या केही दिन या केही महिना सम्म देखिन्छ ।
यस्तो बेला तत्काल परिक्षण गराएर औषधी शुरु गरिहाले रोगबाट जोगिन सकिने चिकित्सकको सुझाव छ । क्षयरोग सजिलै उपचार हुने रोग भएकाले रोग लागेको थाहा हुनेबित्तिकै नियमीत औषधी सेवन गरे यसबाट जोगिन सकिन्छ । औषधि नियमित खान छोडे कडा खालको संक्रमण हुने र ज्यानै जाने सम्भावना हुने भएकाले औषधिको नियमीततामा स्वास्थ्यकर्मीले जोड दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal