
हिमाल सुनारकाे श्रद्धाञ्जली सभा सम्पन्न ।
प्यूठान चैत २५ गते ।
झिमरूक गाउँ पालिका वार्ड नं ७ तुषारामा कार्यपालिका सदस्य कृष्ण सुनारका छाेरा २१ बर्षिय हिमाल सुनारकाे छत्तीसगढकाे डेममा डुबेर भएको आकष्मिक निधनकाे एघारौं दिन लुम्बिनी प्रदेश सभा सदस्य मा०तारा जिसीकाे प्रमुख आतिथ्यमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।कार्यक्रममा बाेल्दै नेतृ जिसीले कलिलो उमेरमा एउटा हाेनहार कार्यकर्ता,परिवार र समुदाय समेतले आसलाग्दा युवा गुमाएको पीडा सबैलाई छ तर मृत्यु जिवनकाे यथार्थ हाे तैपनि कैयौं मृत्युले अत्यधिक पीडा दिने गर्दछ र हिमाल बाबुकाे मृत्यु पनि त्यहि मध्येको असहज घटना भएको बताउनु भयाे। परिवारलाई याे कष्ट सहन सजिलाे त छैन तर त्यसको विकल्प नभएको भन्दै याे अवस्थामा शाेकलाइ शक्तिको रूपमा बदल्न अनुरोध गर्नुभयो ।कार्यक्रममा आफ्नाे समुदायकाे समाजिक विकासको लागि बुबा कृष्ण सुनारले छाेराकाे् सम्झना स्वरूप आवश्यक सामान समेत हस्तान्तरण गर्नुभएको थियोे ।
कार्यक्रममा विशिष्ट अतिथि राजमाे केन्द्रीय सदस्य नारायण जिसी,लाेक बहादुर एम्सी,राजमाे स्थानीय नेता खिम बहादुर बस्नेत,अनेमसं जिल्ला चुनाव प्रचार प्रचार समिति सदस्य राधा थापा,राजमाे वार्ड सचिव भाेजु गिरी,राजमाे पूर्व वार्ड अध्यक्ष इमान सिह भण्डारी,अनेकि महासंघका वडा समितिका अध्यक्ष पूर्ण बहादुर एम्सी,अनेयुसंघका वडा सचिव बसन्त केसी,मूल प्रवाह सूदूर पश्चिमउत्तरका माेहन रसाइली,वयाेवृद नेताहरू मैत बहादुर सुनार,लिला बहादुर भण्डारी लगायतलेकाे पनि आतिथ्यता रहेको थियोे ।मृतक परिवारा वयोवृद्ध कान्छा हजूरवुवा च्यान्टे सुनारको अध्यक्षता राजमाे नेता खड्क बहादुर महताराकाे संचालन जातीय समता समाज प्यूठान जिल्ला सदस्य रेकम सुनारकाे स्वागतबाट अगाडि बढेको कार्यक्रममा मृतक हिमाल प्रति एक मिटन माैनधारण पछि कार्यक्रम सुरू भएको थियोे ।