शुक्रबार, चैत्र १६, २०८०

बिष्णु शर्माले जन्मदिनको अवसरमा रोगी तथा विपन्न परिवारलाई आर्थिक सहयोग गरे ।

पुर्व विद्यार्थी नेता तथा प्युठान डट कम कम्प्युटर ईन्सिच्युटका प्रोपाइटर बिष्णु शर्माले जन्मदिनको अवसरमा रोगी तथा विपन्न परिवारलाई आर्थिक सहयोग गर्नुभएको छ ।

प्युठान जिल्ला मल्लरानी गाउँपालिका वार्ड नं.-३ छापेखोला निवासी पूर्व विद्यार्थी नेता तथा हाल प्युठान डट कम कम्प्युटर ईन्सिच्युट, भु.न.पा.-१ पिपलनेटा अर्घाखाँचीका संचालक एवम् सामाजिक अभियान्ता बिष्णु शर्माद्वारा रोगले ग्रसित तथा आर्थिक रुपले अति विपन्न परिवारलाई सो सहयोग गर्नु भएको हो ।

अर्घाखाँची जिल्ला भुमिकास्थान- १ पोर्खाखर्क निवासी वीर ब. सुनार तथा पुतला सुनारका छोरा शिव ब. सुनार विगत लामो समय देखि टाउकोको गम्भीर रोगका कारण निकै ग्रसित हुनु भएको र उपचारको क्रममा आर्थिक विपन्नताको कारण राम्रो अस्पतालमा उपचार गर्न नपाउँदा विरामीको तथा परिवारको बिचल्ली भएको अवस्थामा शर्माद्वारा आफ्नो जन्मदिनको अवसरमा विभिन्न समाजसेवी, व्यापारी, वुद्दिजिवी, शिक्षक तथा सामाजिक व्यक्तित्वको उपस्थितिमा सहयोग स्वरूप रू. ५,००० ( अक्षरूपी पाँच हजार रूपैंया ) एक कार्यक्रमका बिच हस्तान्तरण गर्नुभएको छ ।

समाजमा विभिन्न कारणले समस्यामा परेका, गरिब, दुखी, असहाय तथा गम्भीर स्वास्थ्य समस्याबाट ग्रसित व्यक्ति तथा परिवारहरूको पहिचान गरी उनीहरुको समस्यालाई केही हदसम्म सहजता प्रदान गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको हो ।

उक्त कार्यक्रममा आजको दिनमा जन्मदिन पर्नुहुने विष्णु शर्माले मन्तब्य व्यक्त गर्दै भन्नुभयो ” पछिल्लो समयमा पश्चिमी संस्कृतिलाई अंगालेर टडकभडकका साथ जन्मदिन मनाउने, अनावश्यक खर्च गर्ने जस्ता सामाजिक विकृति तथा क्रीयाकलापहरु रोकथाम गर्नुपर्छ , यो मेरो सहयोगले समस्यालाई पूर्णरूपमा समाधान गर्न नसक्ला तर यो अभियानले अबको दिनमा अन्य व्यक्तिहरूले पनि दुखी तथा विपन्न परिवारको लागि सहयोग प्रदान गर्ने एउटा मार्गदर्शन पक्कै गर्नेछ साथै सामाजिक रुपान्तरणको क्षेत्रमा सबैले ध्यान दिनुपर्छ ।”

कार्यक्रममा भुमिकास्थान-१ का वडा सदस्य गोपाल नेपाली, माओबादी केन्द्र भु.न.पा.-१ का अध्यक्ष बाबुराम खनाल, राष्ट्रिय जनमोर्चाका स्थानीय नेता प्रकास खनाल, शिक्षक तिलक राम बन्जाडे, पूर्व शिक्षक सूर्य खनाल तथा व्यापारी रामु नेपालीको उपस्थिती रहेको थियो ।

कार्यक्रमको सञ्चालन ढाकाबाङ स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी श्याम चुँदालीले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal