शुक्रबार, बैशाख ७, २०८१

गैर कम्युनिस्ट कसरि चिन्ने?

 

– बिन बहादुर रेग्मी, सुरत

गरिबी भोकमरी बेरोजगारी को राजनीति त बुर्जुवा पूँजीपति दलालहरुले पनि गर्छन, तिनीहरूलाई चिन्न सजिलो हुन्छ किनकि तिनीहरूले कम्युनिस्ट शब्द प्रयोग गर्दैनन, तर कम्युनिस्ट शब्द प्रयोग गरेर जनतामा भ्रम छर्न सिपालु फटाहा प्रवृत्ति बोकेका दल समुह व्यक्तिलाई गैर कम्युनिस्ट भनिन्छ। दल समुह जसले मार्क्सवाद लेनिनवाद माओ विचारधारा लाई पथ प्रदर्शक सिदान्त मान्दैनन तिनीहरूलाई पनि गैर कम्युनिस्ट अर्थात अवसरवादी मौका परस्त अथवा ढुलमुले अवसरवादी भनेर चिन्न सकिन्छ र भण्डाफोर गर्न सकिन्छ। तर आफ्नै पार्टी भित्र भएका गैर कम्युनिस्ट व्यक्तिलाई कसरी चिन्ने? के पार्टी भित्र पनि गैर कम्युनिस्ट हुन्छन र? यो प्रश्न उठ्नु स्वभाविक हो। पटक पटक पार्टी किन विवादित हुन्छ? किन टुटफुट हुन्छ? त्यसको एउटै कारण हो बेला बेलामा ति गैर कम्युनिस्ट व्यक्तिहरूले गुटबन्दी गर्न सफल हुन्छन्। तिनीहरूलाई अनुशासनको दायरामा ल्याई सुधार गर्ने प्रयास हुन्छ। जो गैर कम्युनिस्ट हुन्छन तिनीहरूले पार्टीको नीति निर्देशन मान्दैनन, त्यो घडीमा एउटै मात्र विकल्प हुन्छ पार्टीबाट निष्काशन। जब तिनीहरू पार्टीबाट निष्काशन हुन्छन् हिजो सम्म भन्दै आएको पार्टीको क्रान्तिकारी स्प्रिट , नीति सिदान्त विचार कार्यक्रम सबै एकाएक अवसरवादी दक्षिणपन्थी देख्न पुग्छन। कार्यनीति र रणनीति छुट्याउन नसक्ने गैर कम्युनिस्ट मा परिणत हुन्छन। स्थानिय निकायको चुनाव उपयोग गर्छन, त्यही प्रकृतिको त्यही व्यवस्थाको प्रतिनिधि सभाको चुनावको बहिष्कार गर्छन। चुनाव जित्न नसकेर हारको सामना गर्न नसकेर रन्थनिए को झोँकमा चुनाव बहिष्कार भन्छन, त्यसैलाई क्रान्तिकारीको जलप लगाउने बामपन्थी लफ्फाजी को घानमा पुग्छन। यसरी थाहा हुन्छ तिनीहरू गैर कम्युनिस्ट हुन भनेर।
सर्वहारा वर्गिय सोचको आधारमा उसको व्यवहार नै सच्चा कम्युनिस्ट सदस्य भयो कि भएन भनेर नाप्ने सर्वमान्य यन्त्र हो। सामूहिक चिन्तन मनन, जनताको प्यारो आँखाको नानी लोकप्रिय सामाजिक कार्यकर्ता हुनु पर्छ। कुनै भेला बैठक वा सामूहिक काम कार्यक्रममा लुकेर सुटुक्क नास्ता गर्न जाने बानी त्यो गैर कम्युनिस्ट प्रवृत्ति हो। यो त सानो उदाहरण मात्रै हो। पद तथा जिम्मेवारी रोज्ने खोज्ने, त्यो बानी पनि कम्युनिस्ट होइन। कम्युनिस्ट सदस्य हुनलाई पार्टीले आबस्यकता अनुसार जहाँ जहिले जुन जिम्मेवारी दिन्छ त्याग र समर्पण सहित त्यो जिम्मेवारी बहन गर्नु कम्युनिस्ट कार्यकर्ताको विशेषता हो। यो विषय फेसबूक पोस्टमा सामान्य लागे पनि विषय गम्भीर छ। यहाँ थुप्रै नेता कार्यकर्ता कम्युनिस्ट हुन सकेका छैनन। कुतर्क र गफाडी बनेका छन। जिम्मेवारी लिँदा ससुराली तिर कार्य क्षेत्र रोज्ने, सजिलो र सुविधा खोज्ने, पदलोलुप प्रवृत्ति धेरै देखिएको छ। आफूले फिल्डमा जनताको बीचमा काम नगर्ने तयार पारिएको मञ्चमा पानी पिउँदै भाषण गर्ने यिनी पनि गैर कम्युनिस्ट हुन। म धेरै लेख्न बोल्न जान्दैन हजुरहरुलाई थाहै छ,कुरो नमिलेको जस्तो लाग्यो भने मिलाएर बुझिदिनु होला। कोही कोही त अर्काको छोरी बुहारी श्रीमती फसाउँन वा हिरो बन्न आएका पनि हुनसक्छन्। आफ्नो साख मान शान देखाउन जोगाउन कम्युनिस्ट पार्टी मा आएका हुन सक्छन। त्यस्तालाई नीति सिदान्त विचार कार्यक्रम सँग कुनै सरोकार हुँदैन। मौसम बदलिए जस्तै पार्टी बदल्न बेर गर्दैनन तर जहाँ जान्छन क्रान्तिकारी हूँ भनेर जान्छन। एक जना मसाल कम्युनिस्ट पार्टीको केन्द्रीय नेता माओवादीमा प्रवेश गर्छ एकदमै क्रान्तिकारी प्रेश विज्ञप्ती निकालेर सार्वजनिक गर्छ। त्यहाँ पनि खै के मिल्दैन एमालेमा जान्छ त्यतिबेला पनि सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टी मा प्रवेश गरेको विज्ञप्ति जारी गर्छ। केहीदिन पछि एमालेमा पनि जनवाद समाजवाद देख्दैन पछिल्लो घडीमा राप्रपा मा थन्किएको देखें, संयोगले खलंगा प्यूठानमा एउटै होटलमा बास बस्ने साइत जुर्यो। मैंले सोधें यात्रा त लामै गर्नु भएछ त सर? उहाँले लाजसरम नमानि भन्नु भयो क्रान्तिकारी राष्ट्रिय प्रजातन्त्र पार्टी.. क्रान्तिकारी शब्द बिर्सिनु भाको रहेनछ हैं… एकछिन गजबको हाँसो भयो। कतै तपाईं हामी पनि आफ्नो जीवन यसरी हासोँ मजाक त बनाउँदै छैनौं? आत्मसमीक्षा गरेर सच्चा क्रान्तिकारी कम्युनिस्ट सदस्य बन्ने प्रयास गरौं, सजिलो छैन त्यो त सबैलाई थाहा छ। निम्न पुजीवादी बुर्जुवा सोचले ग्रसित आफ्नो मस्तिष्कलाई सर्वहारा वर्गिय चिन्तनमा बदल्नु नै सबैभन्दा पहिलो र सबैभन्दा ठूलो क्रान्ति हो।
#कोटफुरसे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?