बिहिबार, भदौ १२, २०८२

हाम्रा आफ्ना महिषासुर

-गौरी लंकेश

एक जना दैत्य अथवा महान उदार द्रविड़ शासक, जसले आफ्ना जनताको लुटेरा-हत्यारा आर्यहरूबाट रक्षा गरे ।

महिषासुर यस्ता व्यक्तित्वको नाम हो, जसले सहजै आफूतिर मानिसहरूको ध्यान तान्छ ।

उनैको नामबाट मैसूर नाम बनेको हो ।

यद्यपि हिन्दू मिथकले उनलाई दैत्यका रूपमा चित्रित गर्दछ , चामुण्डीद्वारा उनको हत्यालाफ उचित मान्दछ , तर लोकगाथाहरूले त्यसको ठीक ओरक कथा भन्दछन ।

यहाँसम्म कि बी. आर. अम्बेडकर तथा जोती राव फूले जस्ता क्रान्तिकारी चिन्तक पनि महिषासुरलाई एक जना महान उदार द्रविडियन शासकका रूपमा हेर्दछन्, जसले लुटेरा-हत्यारा आर्यहरू (सुरहरू) बाट आफ्ना मानिसहरूको रक्षा गरे।

इतिहासकार विजय महेश भन्दछन कि ‘माही’ शब्दको अर्थ एउटा यस्तो व्यक्ति हुन्छ , जो संसारमा ‘शान्ति कायम गर्छ।

अधिकाङ्श देशज राजाहरू जस्तै महिषासुर विद्वान र शक्तिशाली राजा मात्र थिएनन, बरू उनीसँग १७७ जना बुध्दिमान सलाहकार थिए।

उनको राज्य प्राकृतिक सन्साधनहरूले भरिपूर्ण थियो । उनको राज्यमा होम या यज्ञ जस्ता विध्वंसक धार्मिक अनुष्ठानहरूका लागि कुनै स्थान थिएन ।

कसैले पनि आफ्नो खाना, आनन्द या धार्मिक अनुष्ठानका लागि जथाभावि तरिकाले अन्धाधुन्ध जानवरहरूलाई मार्न पाउदैनथ्यो ।

सबैभन्दा ठूलो कुरा यो थियो उनको राज्यमा किसैलाई लापर्बाही तरिकाले प्राणीलाई काट्ने अनुमती थिएन ।

उनकको राज्यमा आफूखुसी तरिकाले कसैले पनि
काट्न पाउदैनथ्यो ।रुख काट्नबाट रोक्नको लागि उनले थुप्रै मानिसहरूलाई नियुक्त गरेर राखेका थिए ।

विजय दावा गर्दछन् कि महिषासुरका मानिसहरू धातुको ढलाईको प्रविधिका विशेषज्ञ थिए।

यस्तै खाले बिचार एक जना अन्य इतिहासकार एम.एल. शेन्दज प्रकट गर्दछन , उनको भनाइ छ कि “इतिहासकार विन्सेन्ट ए स्मिथ आफ्नो इतिहास ग्रन्थमा भन्दछन कि भारतमा ताम्र-युग तथा प्राग ऐतिहासिक कांस्य युगमा औजारहरूको प्रयोग हुने गर्दथ्यो।

महिषासुरको समयमा पूरै देशबाट मानिसहरू , उनको राज्यमा हतियार किन्न आउने गर्दथे । ती हतियार धेरै उच्च गुणस्तरीय धातुहरूबाट बनेका हुने गर्दथे ।

लोककथाहरूका अनुसार महिषासुर विभिन्न वनस्पतिहरू तथा रुखहरूको औषधि सम्बधी गुणहरू जान्दथे तथा उनी ब्यक्तिगत हिसाबले त्यसको प्रयोग आफ्ना मानिसहरूको स्वास्थ्यको लागि गर्दथे ।

किन र कसरी यति राम्रा र गजबका राजालाई खलनायक बनाइदिइयो ?

यस सब्दर्भमा सबाल्टर्न संस्कृतिका लेखक तथा शोधकर्ता योगेश मास्टर भन्दछन “यो कुरालाई बुझ्नको लागि सुर तथा असुरहरूको संस्कृतिका बीचको संघर्षलाई सम्झनु पर्दछ”।
उनी भन्दछन “ जस्तो सबैलाई थाहा छ कि असुरहरूको महिषा राज्यमा धेरै ठूलो सङ्ख्यामा भैंसी थिए। आर्यहरूकी चामुण्डीको सम्बन्ध मूल धन गाई हुनेहरूसँग थियो । जब यी दुई संस्कृतिहरूबीच सङ्घर्ष भयो, त्यसपछि महिषासुरको पराजय भयो र त्यहाँ रहेका मानिसहरूलाई यस क्षेत्रबाट लखेटियो ।

कर्नाटकमा महिषासुरको मात्र शासन नभएर, बरु यस राज्यमा अन्य धेरै असुर पनि शासक थिए ।

त्यसको व्याख्या गर्दै विजय भन्दछन – “1926 मा मैसूर विश्वविद्यालयले इन्डियन इकोनामिक कन्फ्रेन्सका लागि एउटा पुस्तिका प्रकाशित गरेको थियो, जसमा भनिएको थियो कर्नाटक राज्यमा असुर मुखियाहरूका धेरै गढहरू थिए ।

उदाहरणका लागि गुहासुर आफ्नो राजधानी हरिहरमा राज्य गर्दथे ।

हिडिम्बासुर चित्रदुर्ग तथा त्यसको आसपासको क्षेत्रमा शासन गर्दथे ।

बकासुर रामानगरका राजा थिए। यो त सबैलाई थाहै छ – महिषासुर मैसूरका राजा थिए ।

यी सारा तथ्यहरूले यो कुरा भन्दछन् कि आर्यहरूको आगमन भन्दा पहिले यो पूरै क्षेत्रमा देशज असुरहरूको राज थियो।

“आर्यहरूले उनीहरूका राज्यमाथि कब्जा गरे ।”

मैसूरमा महिषासुर दिवसमा आयोजित सेमिनारमा लेखकहरूले उनलाई बौध्द राजा हुन भने अनि उनको‌ अपमानको बिरोध गरे ।
अम्बेडकरले पनि ब्राह्मणवादी मिथकहरूको चित्रणको जोडदार खण्डन गर्दै असुर दैत्य थिए भने ।

अम्बेडकरले आफ्नो एउटा निबन्धमा यो कुरामा जोड दिएका छन् कि -महाभारत तथा रामायणमा असुरहरूलाई उनीहरू मानव समाजका सदस्य समेत थिएनन् भनेर चित्रित गर्नु गलत थियो भनेर भने ।

असुरहरू मानव समाजका नै सदस्य थिए । अम्बेडकर ब्राह्मणहरूको उनीहरूले आफ्ना देवताहरूलाई दयनीय तथा कायरका रुपमा प्रस्तुत गरेका छन भनेर खिल्ली उडाउछन ।

उनी भन्दछन – हिन्दूहरूका सारा मिथकहरूले यही कुरा भन्दछन् कि असुरहरूको हत्या विष्णु या शिवद्वारा होइन बरु देबीहरूले गरेका थिए ।

यदि दुर्गा (या कर्नाटकका सन्दर्भमा चामुण्डी) ले महिषासुरको हत्या गरिन भने कालीले नरकासुरलाई मारिन। जब कि शुम्भ तथा निशुम्भ असुर दाजु भाइको हत्या दुर्गाको हातबाट भयो ।

वाणासुरलाई कन्याकुमारीले मारिन। एक जना अन्य असुर रक्तबीजको हत्या देवी शक्तिले गरिन ।

आम्बेडकर तिरस्कारका साथ भन्दछन्“यस्तो लाग्दछ कि भगवान पक्ष असुरहरूको हातबाट स्वयम् आफ्नो रक्षा गर्न सक्दैनथे, त्यसपछि , तिनीहरूले आफ्ना स्वास्नीहरूलाई , आफूहरूलाई बचाउनका लागि पठाइदिए ।”

आखिर त्यस्तो के कारण थियो ,अनि सुरहरू( देवताहरू)ले सँधै असुर राजाहरूको हत्या गर्न आफ्ना महिलाहरूलाई पठाए ।

त्यस कुराको कारण वारे व्याख्या गर्दै बिजय भन्दछन-
“असुर राजाहरू महिलाहरूका बिरुध्द आफ्ना हतियार कहिलै उठाउदैनन भन्ने कुरा देवताहरूलाई राम्रोसँग थाहा थियो ।”

ती मध्ये धेरै जसो महिलाहरूले असुर राजाहरूको हत्या जालझेल पूर्वक गरे ।

आफ्नो‌ लाजलाई छोप्नका लागि भगवानका ती हत्यारा स्वास्नीहरूका दश वटा हातहरू तथा अद्भूत अद्भूत हतियारहरू आदिको कहानी रचियो ।

नाटक-नौटङ्कीका लागि राम्रा , असंभवझैं लाने खाले ती कहानीहरूबाट थोरै पर बसेर हामी ब्राम्हणवादी वर्गका मानिसहरूले कसरी देशज मानिसहरूको इतिहासलाई तोडमोड गरे भनेर त्यो वास्तविकतालाई हेर्न सक्छौं ।

इतिहासलाई यस प्रकारले तोडमोड गर्नुको उद्देश्य आफ्नो स्वार्थ पूर्ती गर्नु थियो ।

महिष-दशहरामा मोटरसाइकल र्याली हुने गर्दछ ।

बङ्गाल या झारखण्डमा मात्र होइन ही , मैसूरको आस-पास पनि केही यस्ता समुदाय बस्दछन, जो चामुण्डीलाई उनीहरूका महान तथा उदार राजाको हत्याको लागि दोषी मान्दछन।

तिनीहरू मध्ये केही दशहराको‌ समयमा महिषासुरको आत्माका लागि प्रार्थना गर्दछन।

जस्तो चामुण्डेश्वरी मन्दिरका मुख्य पूजारी श्रीनिवासले मसँग भने कि “तमिलनाडुबाट केही मानिसहरू वर्षको दुई पटक आउछन र महिषासुरको मूर्तिको आराधना गर्दछन”।

बितेका दुई वर्षदेखि असुर पूरै देशमा आक्रोशको मुद्दा बनिरहेको छ । पश्चिम बङ्गालका आदिवासी मानिसहरू असुर संस्कृतिमाथि विचार-विमर्श गर्न ठूला ठूला वैठक गरिरहेका छन भने देशका विभिन्न विश्वविद्यालयहरूका क्याम्पसहरूमा असुर विषय-वस्तुका वरिपरि उत्सव आयोजित हुने गरेका छन्।

गत वर्ष उस्मानिया विश्विद्यालय तथा काकाटिया विश्वविद्यालयका विद्याथीहरूले ‘नरकासुर दिवस’ मनाएका थिए । जेएनयूका विद्यार्थीहरूको महिषासुर उत्सवलाई तात्कालीन मानव संसाधन मन्त्रीले देशव्यापी रुपमा यति लोकप्रिय बनाइदिए कि , म बिस्तारमा त्यतापट्टी गैरहेकी छैन ।

महिषासुर र अन्य असुरहरूप्रति मानिसहरूमा बढ्दो आकर्षणलाई कसरी ब्याख्या गर्ने ?

के मिथकहरू इतिहास हुदैनन् अनि लोकगाथाहरू हाम्रो अतीतका दस्तावेज हुन सक्दैनन् ,यत्ति भनेर पिण्ड छुटाएर बस्ने ?

विजय त्यसको सटिक व्याख्या गर्दै भन्दछन- “मनुवादीहरूले बहुजनहरूको समृध्द सांस्कृतिक इतिहासलाई आफ्नो हिसाबले तोडमोड गरे ।

हामीले इतिहासमा परेको त्यो धूलोमैलोलाई टक्टक्याउनु पर्छ , पौराणिक झूटहरूको पर्दाफाश गर्नु पर्दछ तथा आफ्ना मानिसहरू अनि बच्चाहरूलाई वास्तविकता भनिदिनु पर्दछ ।

यही एकमात्र बाटो हो , जुन‌ बाटोमा‌ हिडेर मात्र हामी आफ्नो साँचो इतिहासको दावेदार बन्न सक्दछौं‌।

महिषासुर तथा अन्य असुरहरूप्रति मानिसहरूको बढ्दो आकर्षणले वास्तवमा त्यही काम भैरहेको छ भनेर भन्दछ ।

(गौरी लङ्केशले यो रिपोर्ट मूल रूपमा अङ्ग्रेजीमा लेखेकी थिइन, जुन रिपोर्ट वेब पोर्टल बैंगलोर मिररमा 29 फरवरी, 2016 मा प्रकाशित भएको थियो )
अङ्ग्रेजीबाट हिन्दीमा अनुवाद Himanshu Kumar
हिन्दीबाट नेपाली अनुवाद : बलराम तिमल्सिना

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?