बिहिबार, चैत्र १५, २०८०

शोभाकर धनन्जय र मेरो पत्रकारिता

लिल बहादुर केसी

रामराजा प्रसाद सिंह नेपालको राजनैतिक इतिहासमा नेम एन्ड फ़ेम कमाएको नेता हो। उहांतराइको जमिन्दार हुनुहुन्थ्यो। पन्चायती व्यवस्थाको संविधानमा राष्ट्रीय पन्चायतको सदस्य बन्न सक्ने विभिन्न प्रावधान थिए। त्यस मध्येको एउटा प्रावधान स्नातक पास गरेको वुद्धिजीवीबाट चार जनाको कोटामा राष्ट्रीय पन्चायतको सदस्यमा लड्न पाइने प्रावधान थियो।तर त्यो कोटामा लड्ने उमेदवारहरुलाई छनौट गर्न नेपाल अधिराज्य भरका स्नातक डिग्रि हांसिल गरेका वौद्धिक वर्गले मात्र पाउंथ्यो। त्यहि कोटाबाट उनले विजय हांसिल गरी २०२८ सालमा उनी राष्ट्रिय पन्चायतको सदस्य भएका थिएं। राष्ट्रिय पन्चायतको सदस्य चुनिए पछी उनले राष्ट्रीय पन्चायतको पहिलो बैठक मै पन्चायती व्यवस्थाको खारेजीको माँग गरेका थिए । त्यहि मागले गर्दा उनलाई वारेन्ट गरियो र उनी छिमेकी राष्ट्र भारतमा निर्वासित हुन पुगे ।
उनको क्रान्तिकारी स्प्रिटबाट प्रभावित भएर, पश्चिमका खेमराज मायालु( अहिले कांग्रेसको पक्ष पोषण गर्छन), शोभाकर धनन्जय, पूर्वका अनारसिंह कार्कि, राम कार्कि, कैलास कार्कि, दीलीप चौधरी, कुमार पौडेल लगायतका क्रान्तिकारी युवाहरु रामराजा प्रसाद सिंहको जनवादी मोर्चामा सामेल हुन् पुगे। नेपालमा प्रजातन्त्र ल्याउन सामान्य वैधानिक संघर्षले संभव छैन भन्ने पार्टीले निचोड निकालेकोले उक्त पार्टी सशस्त्र संघर्षको तयारीमा जुट्यो। सशस्त्र संघर्षको तयारीकोलागि राजनैतिक प्रशिक्षण तथा राष्ट्रिय अन्तर्राष्ट्रीय क्षेत्रमा भएका सशस्त्र संघर्षका इतिहास पढाउने सन्दर्भमा मेरो त्यो समूहसंग भएको साक्षात्कारको अनुभवमा चेग्वेराले क्यूवामा गरेको क्रान्ति र नेपालमा मूलतः नेपाली कांग्रेसले गरेको सशस्त्र क्रान्तिको इतिहास बढि मात्रामा पढाइएको मैले अनुभव गरेको थिएं।
नेपालमा जति वेला वि पी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति लिए त्यो नीति गिरीजा प्रसाद कोइरालालाई मन नपरेको हुनाले उनले आफ्ना दाजु वि पी कोइरालासंग त्यसको विरोध गरेको बखत उनलाई वि पी ले”तिम्रो दिमाग एउटा हवल्दारको भन्दा फरक छैन” भनी बचन लगाएको कुरा मैले सुनेको थिएं। त्यहां देखि नै गिरीजा प्रसादलाई हवल्दार भन्ने गरिएको थियो रे।यद्यपि गिरीजा प्रसाद कोइरालाको हठी विशेषता र दृढ संकल्प नेपालको प्रजातांत्रिक आन्दोलनमा समय समयमा सेतु बन्यो।
कुरो रामराजा प्रसाद सिंहको आउंदा उनको जनवादी मोर्चामा प्रशिक्षण पाएका साथीहरुलाई दिइएको प्रशिक्षणको कुराले पनि उनीहरुको राजनैतिक र दार्शनिक स्तर मापन गर्न सजिलो हुनाले यो प्रसंग आएको हो।गिरीजाको नेतृत्वमा ओखलढुंगामा गरिएको सशस्त्र संघर्षको प्रशिक्षणमा कप्तान यज्ञ बहादुर समेतका कैयन मानिसहरुलाइ मारिएको कुरा इतिहासमा पढ्न पाइन्छ। रामराजा प्रसाद सिंह परिवर्तनका पक्षपाती र क्रान्तिकारी स्प्रिट भएका थिएं। तर उनी मार्क्सवादी, लेनिनवादी सिद्धान्तबाट लैंस थिएनन।
मार्क्सवादीहरुले क्रान्ति, घटना र आतंकको गहिरो विश्लेषण गर्छन् जस्तो उनीहरुले विश्व प्रख्यात विन लादेनको स्प्रिट,लिट्टेको स्प्रिट, खालिस्तानको माँग गर्ने स्प्रिटका कतिपय इस्यूहरुको समर्थन गरे पनि तीनीहरुले गरेको आन्दोलनलाई क्रान्ति भन्दैनन्।उनीहरुको वुझाइमा क्रान्ति हुनकोलागि गरिने संघर्षको लक्ष सामन्ती तथा पूँजीवादी बर्गमा भएको सत्ता निमुखा गरीब र सर्वहारा बर्गमा हस्तान्न्त्रण हुने हुनु पर्छ।रामराजा प्रसाद सिंहको सशस्त्र संघर्षले यी पक्षहरु समेट्न सकेको थिएन।
केहि वर्ष रामराजा प्रसाद सिंहको पार्टीमा भूमिगत भै भारतमा काम गर्दा भारतका केहि मार्क्सवादी पार्टीका नेतासंगको छलफल तथा नेपालबाट निर्वासित जीवन विताएका भारतमा बस्ने बामपन्थीहरुसंग जनवादी मोर्चाका ती साथीहरुलाई आफ्नो पार्टीको नीति त्यती चित्त वुझेको थिएन। अर्को तर्फ पार्टीमा काम गर्दा, सशस्त्र संघर्षकोलागि हतियार किन्दा आउने पैसाको श्रोत के हो भन्नेमा उनीहरुलाई शंका लाग्यो।त्यो वेला सशस्त्र संघर्षको प्रमुख कमान्डर राम कार्कि हाल माओवादीका सांसद ( नेपाली कांग्रेसका हालका महामन्त्री विश्व प्रकाश शर्मालाई पराजित गर्ने) थिए। पार्टीका थुप्रै कार्यकर्ताहरु रामराजाको संपत्तिबाट पालिनु( यद्यपि पार्टी संचालन गर्दा रामराजाले जनकपुरका थुप्रै घडेरी बेचेको सुनिन्छ) राम कार्कि तथा शोभाकर धनन्जय जी हरुलाई संकाको विषय बन्यो। कतै यो पार्टी दरवारले संचालन गरेको त होइन भनी संका गरेकोले जनवादी मोर्चाको राष्ट्रिय महाधिवेशनमा रामराजा ग्रुपलाई अल्पमतमा पारी शोभाकर धनन्जयलाई उक्त पार्टीको महामन्त्री बनाइएको रहेछ।त्यहि नेतृत्वको टिम रामराजालाई छोडी देश भित्र पसी मार्क्सवादी अध्ययन केन्द्र बनाई आफ्ना विचारहरु संप्रेषण गर्न हांक पत्रीका दर्ता गराई संचालनमा ल्याएको रहेछ।ती साथीहरू आफ्नो सुविधा वमोजिम किर्तिपुरको टौदह, चारघरे, स्वयम्भु तथा दिल्ली बजार तर्फ बस्दा रहेछन्। मेरो साथी बिन बहादुर कुंवरको संपर्कमा उनीहरु आएको बेला म पनि किर्तिपुरमा पढ्न गएको थिएं। बिन बहादुर जी त्यो बेला नेकपा मसालको सेरसिंह (भक्त बहादुर) को लाइनसित नजिक भएकोले उहां पार्टीको मूल स्ट्रिममा हुनुहुन्नथ्यो। म पार्टीको मूल लाइनमा भएको र मोटो र पातलो मसाल छुट्टिने अवस्था भएकोले म र बीन बहादुर जी ले पार्टीका जिम्मेवार कमरेडहरुलाई बोलाई छलफल गर्यौं। छलफलको क्रममा रामराजा ग्रुपबाट आएका साथीहरुको स्प्रिट र चासो संवन्धमा समेत छलफल भयो।एक प्रकारको सोंच बने पछी उहांहरुलाई ६ महिना परीक्षण काल रहने गरी पार्टी सदस्यता दिइयो। उहांहरुलाई एकै पटक पार्टीका सारा कामको जिम्मेवारी दिन सकिन्नथ्यो। समाजमा वर्ग संघर्ष गर्न कत्तिको सक्छन्, समलाइ कसरी परिचालन गर्छन, समाजमा उनीहरुको बानी व्यवहार आचरण के छ यो नवुझी कम्यूनिस्ट पार्टीको जिम्मा दिन सकिने थिएन।त्यहि सन्दर्भमा वि ए पास गरेको हुनाले शोभाकर धनन्जय जी लाई सिन्धुपाल्चोकको डांडापाखरको प्र अ बनाई बलाराम बास्केटा, सावित्रा भुसाल र बिन बहादुर कुंवर जी हरुलाई पार्टीमा पूर्णकालिक कार्यकर्ता भै काम गर्ने निर्देशन पार्टीबाट भयो।शोभाकर धनन्जय सम्पादक भएको पत्रीका नेकपा मसाललाई हस्तान्त्रण गरियो र उहां कै सम्पादकत्वमा पत्रीका प्रकाशन गर्ने व्यवस्थापकों जिम्मा मलाइ र तनहुंका हित बहादुर थापालाई दिइयो।
२०४० सालको अन्त्य देखि २०४२ सालको जेष्ठ महिना सम्म पत्रीका बडो दुखका साथ चलाइयो। काग़ज़ र मसी किन्ने पैसा नहुंदा पत्रीकाको साप्ताहिक प्रकाशन रोकिने हो कि भन्ने पीर हुन्थ्यो तर सोह्रखुट्टेको नजिकको अष्ट बहादुर दाईको प्रेसले येन केन पत्रीका निकालिदिन्थ्यो तर हित बहादुर र मेरो सामाखुसीको जीवन बडा दयनीय यो अर्थमा थियो कि चामल भए दाल किन्ने पैसा नहुने, दाल भए चामल किन्ने पैसा नहुने।
मैले शोभाकर धनन्जय जीसंग करिव डेढ वर्ष संगत गर्दा उहांको निकै सादगी जीवन पाएं। उहां स्वयम्भुमा डेरा गरी वस्दा एउटा सामान्य कटेरोको कोठामा बसेको देखें अहिले यो कुरा भन्दा पुरै कृत्रिम कुरा जस्तो लाग्छ। डेढ वर्षसम्म एउटै पाइन्ट लगाएको देखें र पछिल्लो समयमा त उहांको पाइन्ट पछाडी फाटेको हुंदा रफ्फु गरेर समेत लगाएको देखें। मलाइ अत्यन्त माया र भरोसा गर्ने धनन्जय जी को घनिष्ट साथी काठमांडू क्षेत्रपाटीका यादव प्रसाद पन्त अत्यन्त विरामी हुनु भएको रहेछ। उहांले पनि आफ्नै प्रेसबाट विकास नाम गरेको पत्रीका चलाउनु हुंदो रहेछ। जीवनको अन्तिम क्षणमा धनन्जय जी र म उहांलाई भेट्न गएकाथियौ, टेकु अस्पत्तालमा। उहांले शोभाकर जी लाई आफू मरे पनि उक्त पत्रीका चलाइदिन अनुरोध गर्नु भो। उहांले काठमांडूमा बसी विकास पत्रीका चलाउन सम्भव नभएकोले त्यो जिम्मा पनि मैले पाएं। यसरी जीवनमा आज भन्दा ३८ साल अंघी पत्रकारिता पनि गरियो। प्रमाण छैनन् त्यसैले मेरो जेष्ठ पत्रकारितामा दावी रहने छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal