
लिल बहादुर केसी
तपाईं हामीले गणित पढेका छौं। पहिले पहिले विद्यालयमा गणितका विभिन्न शाखाहरु मध्ये अंक गणित सुरुमा पढाइन्थ्यो। त्यसकोप्रमुख कारण पढेका सन्तानहरु कसैको ऋण धन व्यवहार र हर हिसावमा नठगिउन भन्ने हो। वुढाहरुले भन्ने गर्थे, ‘मेरो छोराले चिठ्ठीतमसुक लेख्न जानेको छ, हर हिसाव गर्न जानेको छ। अव उसलाई कसैलाई ठगिनु पर्दैन।’
म पनि बाबा आमाको त्यस्तै विचार अनुसार भविष्यमा समाजका कुनै जाली फटाहाबाट ठगिनबाट बच्न स्कूल पठाइएको मान्छे हुं।त्यसैले मेरो पहिलो पाठ्यपुस्तक ठूलो वर्णमाला नै हो। बाबाले मलाई त्यो ठूलो वर्णमालाको किताब तानसेनमा नून तेल लिन आउंदाकिनेर घरमा लगिदिनु भएको थियो। अत्यन्तै उपयोगी त्यो पुस्तकमा भएका विषयवस्तुको ज्ञान कुनै विद्यार्थीले हांसिल गरेमा चिट्ठी, तमसुक, राजीनामा, दृष्टिवन्धक, सांवा अक्षर, खुट्टो काटिएका अक्षर, क्य, ख़्य, क्र, ख्र, कृ, खृ देखि लिएर चिट्ठी, निवन्ध र संख्याकोस्थानमान, दुना, पौने, डेढि, अढैया तथा नाप तौल संवन्धी ज्ञान हुन्थ्यो। पुस्तक अहिले सुरक्षित भएन, लेखक पनि स्मरण गर्न नसकेकोमामलाई पश्चाताप छ। म गर्वका साथ भन्ने गर्छु त्यो ठूलो वर्णमाला राम्रोसंग पढेका विद्यार्थीहरु सामाजिक व्यवहारिक जीवनमा धेरैपरिपक्क छन्।
म विश्वविद्यालयमा धेरै बर्ष स्नातकोत्तर तहमा पढाउंदै गर्दा अनुभव गरेको कुरा के हो भने अहिलेका विद्यार्थीहरु प्राविधिक विषयमा तअव्वल होलान्, घोकेर लोक सेवा पास गरी देशका ठूला प्रशासक नै होलान् तर यिनीहरुमा सामान्य व्यवहारिक र सामाजिक ज्ञानकोअभाव भएको देख्छु। एक दिन म कम्प्यूटर टाइप गर्ने पसलमा बसेको थिएं, त्यसै वेला एक जना नेपालीमा एमए पास गरेको बहिनी उक्तपसलमा गई पसलेलाई भनिन्, ‘दाई मेरो चारित्रिक प्रमाण पत्र क्याम्पसबाट निकाल्न पर्नेछ, त्यसको लागि निवेदन दिनु पर्ने रहेछ, निवेदनलेखिदिनुस् मैले लागेको रक़म तिर्छु’। पसले टाइपमै व्यस्त भएकोले उनले उक्त कुरा सुनेको नसुनै गरे। मलाई उनी प्रति दया लाग्यो रमैले उनलाई भने, १०० रुपैयां दिने भए म निवेदन लेखिदिन्छु’। उनले सहस्र स्वीकार गरेकोले मैले उनको निवेदन लेखिदिएं। कम्प्यूटरटाइपिस्ट मुसुमुसु हांस्दै थिए। मैले निवेदन लेखी उनको हातमा दिएं। उनले वचन अनुसार मलाई १०० रुपैयां दिइन्। मैले उक्त रुपैयांउनैलाई दिई वेसरी झपारें र भने, ‘तिम्रो स्नातकोत्तर नेपालीको योग्यता के हो? तिमीले जीवनमा केहि गर्न सक्दैनौ, केहि गर्ने भए सिकेकोज्ञानलाई व्यवहारमा परिणत गर’। मैले यसो भन्दा उनको शिर निहुरिएको थियो।
मैले पढेको ठूलो वर्णमालामा गणितका अचल राशिको मात्र विषयवस्तु भएको झैं लाग्छ। मेरो संझनामा त्यो पुस्तकमा चल राशि(अल्जेव्रा)को विषयमा लेखिएको थिएन। म गणितको विद्यार्थी भएको नाताले मानव जीवनमा अचल राशिको ज्ञान आधारभूत नै रहेछ।यसको साथसाथै चल राशिको ज्ञान नहुने हो भने मैले पढेको ठूलो वर्णमालाको ज्ञान पनि अधुरो हुंदोरहेछ।
दार्शनिक हिसावले मैले वुझ्दा अचल राशिको रुपमा पन्धौं शताब्दी सम्म ईश्वरीय शक्ति नै अचल राशिको रुपमा हुन्थ्यो अर्थात् अन्तिमसत्य नै ईश्वर नै थियो। यसको सट्टा अन्य भेरिएवल सत्य थिएनन्। सोह्रौ शताब्दीका दार्शनिक डिकार्टे खरो रुपमा धर्मशास्त्र रईश्वरवादको विरुद्ध उत्रिए। उनले पन्ध्रौं शताब्दीसम्मको मानिसहरुको सोंचलाई अन्ध रुढिवादी सोंचको वर्गमा राखे। उनले कुनै पनिकुरालाई तर्कद्वारा मात्र सत्य असत्यको रुपमा वर्गीकरण गर्नु पर्दछ भनी आफ्नो दलिल पेश गरे। त्यसै शताब्दी देखि विज्ञानको खोजअनुसन्धान भयो। न्यूटन, ल्यावनीज र गस जस्ता वैज्ञानिक र गणितिज्ञ जन्माउने वातावरण यही वैज्ञानिक सोंचले तयार गर्यो । यसलाईदार्शनिक शव्दमा निरपेक्षतावाद (अव्सोलुटिज्म) भनिन्छ जस्ले सत्यको खोजी गर्ने एउटा विधि तय गर्यो । त्यहि समय देखिआधुनिकतावाद (मोडार्निज्म)को सुरुवात भयो। यही आधुनिकतावादले विश्वमा विज्ञान प्रविधिको प्रचुर मात्रमा विकास गर्यो। यहीविकासले आज मानिसहरुले अन्तरिक्षमा वसाइ सराइको समेत कल्पना गरे। क्वान्टम थ्यौरीको समेत व्याख्या हुन थाल्यो। स्टेफ़नहकिंग जस्ता वैज्ञानिकहरुको प्रशंसा हुन थाल्यो।
समयको अन्तरालमा आधुनिक भौतिक विज्ञानमा सापेक्षतावाद (रिलेटिभिज्म)को एउटा महत्त्वपूर्ण सिद्धान्त निस्कियो जसलाई भौतिकशास्त्रमा अल्वर्ट आइन्स्टाइनले विकसित गरेका थिए। यद्यपि यो थ्योरी शुद्ध विज्ञानको लागि उत्पत्ति भएको थियो। समाज, दर्शन रराजनैतिक विज्ञानमा मापनी यस्को प्रभाव पर्यो। यस सिद्धांतले सत्य सापेक्षिक हुन्छ भन्ने दलिल पेश गर्यो। सत्यलाई प्रभावित पार्नेविभिन्न भेरिएवल हुन सक्छन्, विषय, वस्तु वा घटना एउटै भए पनि त्यसको सत्यतामा मानिसहरुको आआफ्नै परिभाषा हुन सक्छ। सत्यअचल होइन चल हुन सक्छ। विचारको यस्तो विटोलाई पछिल्ला दार्शनिकहरुले सापेक्षतावाद, उत्तर आधुनिकतावाद वा अंग्रेजीमाफालीविलिज्म भन्न थाले।
गणितमा भने अल्वर्ट आइन्स्टाइन मात्र होइन, इतिहास हेर्ने हो भने अचल राशिको अलावा चल राशिको प्रयोग प्राग ऐतिहासिक कालदेखि भएको पाइन्छ। यहि चल राशिको विकास फर्मेट र डिकार्टेका प्रयासहरुले पन्ध्रौं र सोह्रौं शताब्दीमा गरी गणितका नयां शाखाहरुनिर्देशांक ज्यामिति समेतको प्रादुर्भाव भएको हो।
गणित र विज्ञानमा मात्र नभएर आइन्स्टाइनको सापेक्षतावादको सिद्धांत सामाजिक, राजनैतिक, व्यवहारिक र धार्मिक विज्ञानमा पनिलागु हुन्छ। समाजमा कैयन अन्तर्विरोधहरु हुन्छन्। समाजको एउटा वर्गलाई एउटा तथ्य सत्य लाग्छ भने अर्को वर्गलाई अर्को तथ्य सत्यलाग्छ। उदाहरणको लागि गरीव र निमुखा वर्गकोलागि समाजवाद सत्य लाग्छ भने धनी र पूंजीपतिलाई सामन्तवाद वा पूंजीवाद सत्यलाग्छ। हिन्दुहरुकोलागि मन्दिर सत्य लाग्छ भने मुसलमानकालागि मस्जिद सत्य लाग्छ। त्यसैले सत्य पनि सापेक्षिक हुन्छ। मानौ कुनैमानिसहरुको वीचमा द्वन्द छ, उनीहरु न्यायकोलागि अदालत गएका छन्। अदालतमा उक्त मुद्धा वारे आफ्नो राय पेश गर्दा फरक फरकवकिल र न्यायाधीशहरुले फरक फरक दलिल पेश गर्छन्। त्यस मुद्धाको परिवेश र घटना एउटै भए पनि व्यक्ति व्यक्तिका धारणा फरकफरक हुन्छन्। त्यस्तो परिवेशमा न्याय पनि सापेक्षिक हुन जान्छ।
गणितमा एउटा कुनै वस्तुको मान फरक फरक आउंछ भने त्यसलाई चल राशि भनिन्छ।म गणितको शिक्षक प्रशिक्षक भएकोले चल रअचल राशिको बारेमा पढ्दा र पढाउंदा मेरा केहि विशिष्ट अनुभव छन्। जब मैले जुम्ला बहुमुखी क्याम्पसमा पढाउंथें त्यो वेलाक्याम्पसमा प्राथमिक शिक्षा परियोजना अन्तर्गत प्राथमिक शिक्षक तालिम कार्यक्रम आयो। उक्त तालिममा मैले सेवाकालिन प्राथमिकशिक्षकहरुलाई गणित विषय शिक्षणको तालिम दिनु पर्ने भयो। अंक गणित अर्थात् अचल राशिको कोर्स पढ़ाए पछी मैले विजगणितअर्थात् चल राशिसंग सम्वन्धित गणित पढाउने दिन आयो। मैले पहिले पढ़े वुझे वमोजिम जसको एउटा मात्र मान हुन्छ त्यसलाई अचलराशि भन्नु पर्छ र जसको दुई वा दुई भन्दा बढि मान हुन्छ त्यसलाई चल राशि भनिन्छ भनी स्वाभाविक किसिमले पढ़ाएँ। त्यसकालागिमैले धेरै उदाहरण दिएं। त्यसै बेला एक जना प्रशिक्षार्थी शिक्षक जुरुक्क उठी मलाई प्रश्न गरे। उनको नाम मकर बहादुर भन्डारी थियो।
मकर: सर कालीकोट जिल्ला चल राशि हो कि अचल राशि हो?
उनले सोधेको प्रश्नले म अलमलिएं। शिक्षकले कुनै न कुनै निकास निकाल्न नसके भोली देखि आफ्नो कक्षा वहिस्कार पनि हुन सक्छभनी मैले त्यस्को जवाफ चलाक र कुटनैतिक रुपमा दिने कोशिश गरें।
मेरो उत्तर: कहिले काहिं राजनैतिक नेताहरुले आफूले चुनाव जित्न कालिकोट जिल्लाको केहि भाग कटाई दैलेख , जाजरकोट वाजुम्लामा पार्न सक्छन् त्यो वेला कालिकोटको क्षेत्रफल बदलिन्छ। पहिलेको कालिकोट र पछिल्लो कालिकोटका दुई क्षेत्रफल भएकोलेत्यो अर्थमा कालिकोट चल राशि हो अन्यथा अचल राशि हो।
मैले भनेको उत्तर मकर बहादुरले सिधै इन्कार गरे। मैले उन्ले इन्कार गरेको कारणबारे तर्क पेश गर्न लगाएँ। उनले त्यस्को जवाफ तार्किककिसिमले सहजै दिए। जवाफ यस्तो थियो।
मकर: पहिले कालिकोट जिल्लालाई तिब्रिकोट जिल्ला भनिन्थ्यो। अहिले त्यसलाई कालिकोट भन्ने हुनाले त्यो जिल्लाका मान दुई वटाभए। त्यसैले कालिकोट अचल राशि नभएर चल राशि हो।
कक्षामा हांसोको फोहोरा छुट्यो। सबैले मकरको तर्कमा सहमति जनायौं। हुन पनि हो, २०३२ सालसम्म त्यो जिल्लाको नाम तिब्रिकोट नैथियो। २०३२ साल पछि मात्र कालिकोट भएको हो। मेरो उत्तरमा पनि उत्तिकै दम थियो किन भने कालिकोट बनाउंदा तिब्रिकोटका केहिक्षेत्र टुक्र्याई जुम्ला जिल्लामा गाभिएको थियो। त्यसैले सत्य विभिन्न समाज, परिवेश, समुदाय र चिन्तन प्रणाली अनुसार फरक फरकहुन सक्छ।
माथी भने झैं राजनीतिक जीवनमा पनि सत्य चल हुन्छ एउटै हुंदैन। कुनै राजनैतिक पार्टीकालागि सत्य एउटा हुन्छ भने त्यहि कुरा अर्कोपार्टीकालागि असत्य हुन जान्छ। नेपालका राष्ट्रवादी शक्तिकोलागि कोशी, गन्डकी र महाकाली सन्धी गरिनु असत्य हुन, धोका हुन् भनेअराष्ट्रीय शासककालागि यी सबै सत्य हुन्। राष्ट्रभक्त नेपाली जनताकालागि एमसिसि, एसपिपी र नागरिकता विधेयक असत्य हुन भनेभ्रष्ट अराष्ट्रीय शासककालागि यी सत्य हुन्। एउटै जिल्लाका दुई मान कालिकोट र तिब्रिकोट भए जस्तै राष्ट्र र राष्ट्रीयताकालागि पनिएउटै चीजका दुई मान भएकोले चल राशिको रुपमा हामीले अर्थ्याउंदा फरक नहोला।
अव जोड़ौं चुनाव र चुनावको प्रशंगमा आएको चल र अचल राशिको सन्दर्भ। भरखर चुनाव सकिएको बेला राजनैतिक कार्यकर्ताहरुलेआफूले आस्था राखेको पार्टी, चुनावी तालमेल गरेको पार्टी र गठवन्धनमा सम्मिलित पार्टीहरुको विषयमा चुनावमा निकै खटिएकासाथीहरुले आफ्नो फिल्डको अनुभवलाई लिएर अन्य पार्टीहरु प्रति देखाएको असन्तुष्टी अंशको आधारमा मूल्यांकन गरी निष्कर्षनिकालेको पाइयो, यो स्वाभाविक हो। मेरो अनुभवमा सामाजिक र राजनैतिक जीवनमा दुई वटा कुराको नशा डरलाग्दो गरी लाग्छ।एउटा आफूले सोंचेको केटीलाई विवाह गर्न पाइएन वा लमीले सोंचे अनुसार एरेन्ज मेरिज गर्ने हेतुले कसैको घरमा केटी माग्न जांदाकेटीका मान्छेले केटी नदिने भनी ठाडै अस्वीकार गर्दा। अर्को आफूले र आफ्नो पार्टीले खड़ा गरेको उमेदवारलाई लाखौं प्रयत्न गर्दा पनिजिताउनु नसक्दा। जीवनको छ दशक पार गर्दा मैले गरेको अनुभव यो पनि हो। मैले यस्ता दुबै घटनाको अनुभव गरी कति पल्ट आफै पनिस्तव्ध भएको छु।
अहिलेको चुनावको परिणामस्लाई लिएर धेरै साथीहरुको मनोवल गिरेको पनि देखेको छु। एउटा ज़िम्मेवार क्याडरलाई पार्टी प्रतिकोचिन्ता लाग्नु स्वाभाविक नै हो। एउटा कोणबाट अघील्लो चुनावमा २३ सिट मात्र जितेको कांग्रेसलाई सत्तामा पुर्याएर उसैसंग गठवन्धनगरी अहिलेको चुनावमा सवभन्दा ठूलो पार्टी बनाउनु वामपन्थीहरुको गल्ती भएको कुराहरु व्यापक मात्रमा आइरहेको हुन्छ भने अर्कोकोणबाट यो परिस्थिति श्रृजना गर्न वाध्य बनाउने नेपाली वामपन्थी आन्दोलनका हठी नेता केपी ओली भएकोले यो सबको दोषकोभागीदारी उनै हुन र यसको ज़िम्मेवारी उनले लिनु पर्छ। यी दुवै कोणबाट आएका कुराहरु पनि सापेक्षिक सत्य हुन्।
राजनीतिमा मूलत: दुई वटा कुराहरुलाई समानान्तर किसिमले लैजाने गरिन्छ; एउटा आफ्नो पार्टीले अंगालेको दर्शन, सिद्धांत, विचार रविश्लेषणको व्यापक प्रचार र अर्को त्यहि दर्शन, सिद्धांत र विचार नमिल्ने अन्य पार्टीहरुको विचार र क्रियाकलापको व्यापक खन्डन। यीदुई कुराहरु मध्ये हामी कहाँ चुक्यौं? जनताहरुले दर्शन र सिद्धांत वुझेका हुंदैनन्। समाजको विकास क्रम, विश्व कम्यूनिस्ट आन्दोलनकोइतिहास र यसमा आएका उतार चढ़ाव, राष्ट्रीय अन्तर्राष्ट्रीय परिस्थिति, क्रान्तिका आत्मगत र वस्तुगत परिस्थिति आदि बारे सर्वसाधारणजनताहरु अनविज्ञ हुन सक्छन्। त्यसैले कम्यूनिस्ट पार्टीका नेता तथा क्याडरहरु जहिले पनि जनताको वीचमा रहंदा उनीहरुलाईसैद्धान्तिक तवरले स्पातिलो बनाउन सकिन्छ र पार्टीले अंगालेका दर्शन तथा सिद्धांतको औचित्यता पुष्टि गर्न सकिन्छ। जनताको साथमारहेको वेला विरोधी पार्टीले फैलाएका भ्रमहरुलाई तिर्न सकिन्छ। त्यसैले पार्टीलाई सघन रुपले जनतामा लैजाने हो भने पहिलो सर्तजनतासंगै नेता कार्यकर्ताहरु बस्नु पर्दछ।
अर्को पक्के हो भने पार्टीले सैद्धांतिक प्रश्नहरुमा भित्र र बाहिर संझौताहिन संघर्ष गर्नु पर्दछ त्यो सत्य हो। पार्टी जीवनको समग्र इतिहासहेर्दा सैद्धांतिक प्रश्नहरुमा संझौताहिन संघर्ष गर्नु पर्ने सवालमा जहां कठोर संघर्ष गर्नु पर्थ्यो त्यहां नगरी नरम बन्न सकिने ठाउंमाआवश्यकता भन्दा बढि संघर्ष गर्नु पर्दा नेता र क्याडरहरुको समय आन्तरिक पार्टी सम्हाल्दा खेर गयो कि भनी पुनरावलोकन गर्नु पर्नेस्थिति पनि हुन सक्छ। आउंदा दिनमा पार्टीले यी पक्षमा ध्यान दिनु जरुरी छ। यी प्रश्नहरु नेपालका सबै वामपन्थी पार्टीहरुका साझाइस्यू हुन्।
नेपाली चुनावको सन्दर्भमा एक पटक वामपन्थी नेता राम कार्कीले भनेका थिए,’कांग्रेस भनेको दुबो जस्तै हो। हिंउदमा मरे जस्तै देखिन्छतर वर्षा लाग्दा वित्तिकै यो फैलिए झांगिन्छ।’ मलाई उनको यो तर्क ठिक लाग्छ। वास्तवमा कांग्रेस सकिए जस्तै देखिए पनि अजर रअमर जस्तै देखिन्छ ।यो पार्टी भित्र कम्यूनिस्ट पार्टीहरु भित्र जस्तो जनवादी केन्द्रियता लागु हुंदैन, कोहि केहि बोले पनि कार्यवाहीकोभागीदार बन्नु पर्दैन, गणतंत्रमा राजतन्त्र को प्रशंसा गरें पनि हुन्छ, राष्ट्रीयतामा चिन्ता लिनु पर्दैन। पर्छ त चुनावमा साठी चालीस सकेनसके सत्तरी तीस, त्यहि पनि नसके इसी बीसको मात्र चिन्ता हुन्छ। यो पार्टी मास वेस पार्टी भएकोले चुनावमा कांग्रेसले कांग्रेसकैउमेदवारलाई पराजित गरें पनि कार्यवाही भोग्नु पर्दैन। गठवन्धनका वामपन्थी उमेदवारहरुलाई सघाउने पनि सक्ने भए हराउन पनि सक्नेभए यो नौलो कुरा होइन।यसबाट हामीले पाठ मात्र सिक्ने हो नैतिकताको च्याप्टर खोल्नु जरुरी छैन। चुनावको हकमा एमाले रमाओवादी पनि कांग्रेस भन्दा कम छैन। वाह्य रुप उनीहरुले जे देखाउंछन् भित्री पक्ष त्यो नहुन सक्छ। एमालेले एमालेलाई नै हराएका रमाओवादीले माओवादीलाई नै साथ नदिएका पनि कैयौं उदाहरणहरु हाम्रो सामु छन्। उनीहरुले मतको एक मुष्ट विटो बनाएर अर्कोपार्टीका उमेदवारलाई भोट दिन्छन् भनेर सोंच्न पनि गल्ती हुन जान्छ। त्यसैले चुनाव होस् वा अन्य आन्दोलन कम्यूनिस्टहरुले आफ्नैजनताको भर पर्नु पर्ने हुन्छ त्यो नै चुनावी अचल राशि हो।
चुनावमा जित्ने र हार्ने आन्तरिक र वाह्य कारण हुन्छन्। आन्तरिक कारणमा पार्टीको जनाधार, उमेदवारको सक्षमता लोक प्रियताकोमूल्यांकन गरी उपयुक्त पात्रको छनौट र पार्टीका सिद्धान्त आदि हुन सक्छन् भने वाह्य रुपमा उमेदवारको विकास प्रतिको भिजन, वाकपटुता, चुनावी तिकडम, मतदाताहरुको तथ्यांक र रुझान, पैसा खर्च गर्ने क्षमता, व्युरोक्रेट्सको सपोर्ट, चलाकी, आफ्नो मतकोसंरक्षण क्षमता र विरोधीहरुको मत तानने सक्ने खुपी तथा राष्ट्रीय र अन्तर्राष्ट्रीय मनोविज्ञानलाई आफ्नो बनाउन सक्ने क्षमता आदिपर्दछन्। यी देखि बाहेक गरिने अन्य गतिविधिहरु पनि चुनावी चल राशि भित्र पर्दछन् , चुनावमा हुने र गरिने धांधली, गुन्डागर्दी तथा भ्रम।माथीका सबै कुराहरुको समिकरण मिल्न सके मात्र चुनावमा विजयी हुन सकिन्छ । यी सबै कुराहरु( इन्टिटी) चुनावका चल राशि हुन।तसर्थ चुनाव जित्न कैयौं भेरिएवलहरु सपोर्टमा रहे मात्र सम्भव छ अन्यथा संभव छैन। फेरी पार्टीले समाजका विभिन्न अवयवहरुकोमनोविज्ञान वुझ्न सकेन भने पनि चुनाव हाम्रोलागि प्रतिकूल हुन सक्छ।
देशमा आज सम्म जनताहरुले ठूला पार्टीहरुलाई निकै विश्वास र भरोसा गरे। व्यवस्था परिवर्तनमा पार्टीहरुलाई जनताले साथ दिए तरराज्य सत्ता सन्चालकहरुले जनताले दिएको साथको अवमूल्यन गरे जस्तै देखियो। पार्टीका क्याडरहरु पनि नैराश्य भए। जनताले आफ्नोपार्टी सधै फुटेको देख्न चाहान्नन् तर यहांका वामपन्थी पार्टीहरु फुट्दै गए। यी कुराहरु पनि चुनावकालागि भेरिएवल हुन सक्छन्।
अत: वामपन्थीहरुले जनताबाट सिक्ने हो। जनतालाई दोष दिएर पार्टी पार लाग्दैन। चुनाव हार्नुमा आफ्नै कारण सम्झौं। जनता माझबसौं, प्रशिक्षित गराऔं, विरोधीहरुको भन्डाफोर गरौं। पार्टीलाई मिलीटेन्ट बनाऔं, निराश नहोऔं, एउटा चुनाव केहि होइन। पराजयलाईजनतामा निरन्तर रहिरहने उर्जाको रुपमा लिई सकारात्मक बनौं। चुनाव जित्ने कैसों भेरिएवलहरु मध्ये कतिपय भेरिएवल हाम्रो सपोर्टमानभएको ठानौ। भोलीको दिन उज्ज्वल नै हुनेछ।