आइतवार, भदौ १५, २०८२

माओत्सेतुङ बिचारधारा ग्रहण गराै र गलत पक्ष बिरुद्ध संघर्ष गराै

जनक बि सि
विस्व कम्युनिस्ट आन्दोलनमा माओत्सेतुङका याेगदानहरु अविस्मरणीय याेगदान छन। मार्क्सवाद लेनिनवादका संस्थापक मार्क्स एगेल्स लेनिन र ए
स्तालिनले जस्तै माओत्सेतुङले मार्क्सवाद लेनिनवादकाे विकाशमा घनिभुत निरन्तरता दिदै मार्क्सवाद लेनिनवादलाई अगाडि बढाएका हुन।मार्क्सवाद लेनिनवादका अङ्गहरुमा माओत्सेतुङका महान याेगदानहरुले मार्क्सवाद लेनिनवाद माओत्सेतुङ बिचारधारामा बिकाश गरेको छ।मार्क्सवाद लेनिनवाद माओत्सेतुङ बिचारधाराले मार्क्सवाद र लेनिनवादले जस्तै छुट्टै प्रकारकाे युगकाे भने यहाँ प्रतिनिधित्व गरेको छैन किनभने वर्तमान युग साम्राज्यवाद र सर्वहारा क्रान्तिकाे युग तथापि लेनिनवादी युग हाे। यस्तो भन्नुकाे अर्थ केभने विद्यमान विस्व परिस्थितिमा कतिपय सामान्य परिवर्तनको बावजुद सर्वहारा क्रान्ति र सर्वहारा अधिनायकत्व सम्बन्धि लेनिनद्वारा स्थापित मुल्यमान्यताहरु पछाडि परेका छैनन् बरु ति अहिले पनि उस्तै प्रकारले लागु हुन्छन् र भइरहेका छन। जसरी माओका याेगदानहरु बिकशित हुनु भन्दा पहिले नै लागु हुने गर्दथे । माओत्सेतुङ बिचारधारा त्यो भन्दा भिन्नै परिस्थितिका लागि पनि हाेइन तर माओत्सेतुङ बिचारधाराकाे सम्बन्धमा लेनिनवादी मान्यताहरुकाे सहजिकरण हुदै थप ब्याख्याहरु जाेडिएका छन , कतिपय ब्याख्या र विस्लेषण गर्न बाकी रहेका कुराहरू पुरा भएका छन । यसरी माओत्सेतुङ बिचारधारा लेनिनवादी युग अन्न्र्तगत मार्क्सवादी लेनिनवादी बिज्ञान र बिकाशकाे मार्क्स एगेल्स लेनिन स्तालिन र माओत्सेतुङका क्रान्तिकाे बैज्ञानिक युगको निमित्त याेगदानहरुकाे याे एक समस्टिगत रुप हाे ।

माओत्सेतुङले द्वन्दात्मक पद्धतिको बिकाश गर्ने क्रममा लेनिनको द्वन्द्ववादलाई विपरीत तत्त्वहरुकाे एकताको सिद्धान्तको रुपमा परिभाषित गर्न सकिन्छ । यसले द्वन्द्ववादकाे गुदिलाई ग्रहण गर्दछ तर यसकाे ब्याख्या र बिकाश गर्नु पर्दछ भन्ने भनाइलाई आधार बनाएर विषेश रुपमा विपरीत तत्त्वहरुकाे एकता र संघर्षकाे नियममा नै जाेड दिए। उनलेे यस नियमलाई बुझ्न नसकेको तथापि विपरीत तत्त्वहरुकाे एकता र संघर्षलाई भिन्नाभिन्नै रुपमा ब्याख्या गरेर एक पक्षिय दृस्टिकाेण प्रस्तुत गरेकोमा ” स्तालिनमा अधिभुतवादकाे बिचार रहेको ” र स्तालिनले अधिभुतवादि पद्धति सिकाएको भनेर स्तालिनकाे मैन्त्रिपुर्ण आलोचना गरे र त्यसरि माओत्सेतुङले द्वन्द्वात्मक पद्धतिमा एक नयाँ आयाम थपे ।

आैपनिवेशिक र सामन्ती मुलुकहरुमा नयाँ जनवादी क्रान्तिकाे रणनीति र कार्यनिति तय गर्ने सवालमा पनि माओले लेनिन र स्तालिनका नितिहरुलाई आधार बनाएका छन जस्तै नयाँ जनवादी क्रान्तिकाे सुत्रपात गर्ने , ब्यवहारिक रुप दिने र तिनको बिकाश गर्ने क्रममा माओत्सेतुङको महान रचनात्मक याेगदान रहेको छ तर त्यो न लेनिनवादी युग भन्दा छुट्टै छ न लेनिनवादी प्रस्तापना लेनिन र स्तालिनका बिचारहरु भन्दा भिन्नै छन ।
माओले विस्व सर्वहारा क्रान्ति त्यसका अभिन्न अङ्ग बनिसकेका उत्पिडित रास्ट्र र मेहनतकश जनताका रास्ट्रिय मुक्ति आन्दोलन तथा जनवादी आन्दोलन सित सम्बन्धित कैयौं सैनिक सिद्धान्तहरुकाे सुत्रपात र कतिपय सिद्धान्तहरु परिमार्जित गर्दै साम्राज्यवाद र बिभिन्न खाँले प्रतिकृयावादि शक्तिहकाे पकड हुने ठाउँ गाउँले द्वन्द्वा शहर घेर्ने सिद्धान्त बिकसित गरेका छन ।

गुरिल्ला आक्रमण जुन सानो शक्तिले ठूलो शक्ति माथि हमला गर्ने ठाेश सैलि हाे साम्राज्यवाद बिराेधि प्रतिराेधकाे निमित्त आवश्यक शैली हाे , याे साम्राज्यवादकाे भुडीकाे नटटिमाथि प्रहार गर्ने सिद्धान्तको विशेष रुप हाे । माओत्सेतुङ बिचारधारा सिद्धान्तमा सर्वहारा अधिनायकवादलाई मजवुद बनाउने सिद्धान्त अनुरुप सर्वहारा अधिनायकवाद अन्तर्‍गत अविरल क्रान्तिकाे सिद्धान्त बिकशित भएको छ, महान सर्वहारा क्रान्तिले यहीँ कुरालाई बढी जाेड दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?