शनिबार, साउन १२, २०८१

साम्राज्यवादले देशमाथि दाँई हालिरहेकाे छ !

जनक बिसि भारत

अमेरिकी साम्राज्यवादले एमसिसिलाई ब्यवसाय,ब्यापार, सैन्य रणनीति घुसाएर देश युद्ध थलाे
बनाउने “महान” जालमा
छ भने
उता श्रिलङकाले सपनामा
पनि हामीले एमसिसि पारित गर्दैनाै भनेकाे छ
तर हाम्रा कमाराहरुले
थुन्सेमा ढाँकेर लुकाएको
बिरालाे कति दिन चुप्प लाग्ने ?
म्याँउ म्याँ गरि कराई रहेकाे छ
एमसिसि चाहिदैन आँधिबेहरिकाे तुफानसँगै
बढारेर फाल्नु छ ।

साम्राज्यवाद दलालहरु सत्ताकाे रसन स्वाद मै सत्तामा रहने र सत्ता भन्दा बाहिर फुटबल बनेर उफ्रनेहरु रास्ट्रियता,गणतन्त्र, धर्मनिरपेक्ष्यतालाई धरापमा पारिरका छन ,
रास्ट्रियता कताँ ?
गणतन्त्र र धर्मनिरपेक्ष्यता कताँ ?
देश हाँक्ने भिजन मै साम्राज्यवादिहरुका “रअ” लगायतका सिआईडिहरुकाे घुसपैठ षड्यन्त्र हुदा
साम्राज्यवादले देशमाथि दाँइ हालिरहेकाे छ ।

साम्राज्यवादका दलालहरु
नाकाबन्दी लगाउदा पनि चुप
साम्राज्यवादले राजनीति नक्सा निकाल्दा पनि चुप
यता नाैटङकि रुपमा देशले
चुच्चे नक्सा निकाल्दा पनि चुप
विश्व मानव काेभिड १९ महामारी भाईरसले
संसारभरि छापामार आक्रमण गरेकाे अवस्थामा
कालापानीबाट चिनकाे तिब्बत मानसरोवर जाने बाटाे
उदघाटन गर्दा पनि चुप
विद्यार्थीलाई चुच्चे नक्सा
पढाउनु हुदैन चुप
महङ्गि कालाे बजार , चाेरि तस्करी , बलात्कार लगायतका
घटना घटि रहदा र जनतालाई संघियताकाे “कर” ले ढाँडै भाचि दिदा पनि चुप

यतिमात्र हाेईन , देशका जलस्रोत पालैपालो बुझाई
रहदा पनि चुप
जनताको महान आन्दोलनले
देश बचाउन
सडकमा (मसाल) राँकाे दन्काएर देश उज्यालाे बाटोमा
डाेराई रहदा
प्रहरि दमन र धरपकट
देश हाँक्ने भिजन मै साम्राज्यवादकाे “रअ” लयायतका सिआईडिहरुकाे घुसपैठ षड्यन्त्रले
अमेरिकी साम्राज्यवाद र
भारतीय साम्राज्यवादले
देशमाथि दाँई हालिरहेकाे छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal