शनिबार, साउन १२, २०८१

१६ बर्ष देखि सम्पर्क बिहिन राम घर्तिको खोजि गरिदिन दाजु भिम घर्तिको आग्रह

धर्मराज शर्मा कोट्टयाम केरला

कोच्चिन केरला १९ मार्च २०२१ मुल प्रवाह अखिल भारत नेपाली एकता समाज कोच्चिन नगर समिति अन्तर्गत पर्ने हलुवा एरिया समितिका सदस्य भिम घर्ती तथा आमा तिल्कुमारी घर्ती ,बाबा ध्यान बहादुर घर्ती का कान्छो छोरा राम घर्ती बर्ष ३५ का नेपाल घर बानेथोक देउराली वार्ड न १, रानिडाँडा स्याङ्जा , हालै साबिक भिर्कोट नगर पालिका वार्ड न २, बयेर घारी मगरबस्ती स्याङ्जा गण्डकी प्रदेश , स्थाई बासिन्दा बिगत १६ बर्ष देखि भोपाल बिठल मार्केट को एक होटेल मा काम गर्दै गर्दा अचानक उक्त स्थानबाट लापत्ता भयका थिए।

हाल सम्म घर परिवार अाफन्तजनहरु सँग सम्पर्क बहिन भयका राम घर्तिको बाबाको देहान्त भैईसकेपछि अामा दाजुभाई ईष्टमित्र हरु अत्यन्तै दु:खद र चिन्तात्मक अबस्थामा रहेको दाजु भिम घर्तिले बताउछन।

राम घर्ती उतै भोपाल तिर घरजामगरि बसोबास गर्दै अाउनुभयको भन्ने अासङ्का रहेको हुँदा भोपाल तिर रहनुहुने सँग सँस्था लगायत अाम नेपाली दाजुभाई दिदी बैनि तथा अामा बुबाहरुले विशेष पहल गरि फेला पारेको खन्डमा तल दियका निम्न सम्पर्क नम्बर वा मुल प्रवाह अखिल भारत नेपाली एकता समाज मा सम्पर्क गरिदिनुहुन बिनम्रताकासाथ अनुरोध गर्छौ।

नोट : तस्बिरमा दुई दाजु भाइ छन लापत्ता हुने राम घर्ती पहेलो मार्क लगाईएका हुन ।

भाइ रबिन भोपाल 9589642980
दाजु भिम घर्ती ( ग्यान) कोचिन केरला
9995395331
दाजु राम बहादुर घर्ती भोपाल 9993765985

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal