नेकपा मसाल प्युठान जिल्लाका प्रवक्ता ज्ञामुराम न्यौपानेले शोक वक्तव्य निकालेर योगेस रानाको मिर्त्यु भएकोमा दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ।वक्तव्यको पुर्ण पाठ यश प्रकार छ
नेपाल कम्युनिस्ट पार्टी (मसाल)
जिल्ला समिति प्युठान
शोक वक्तव्य
नेपाल कम्युनिस्ट पार्टी (मसाल) प्युठान जिल्ला स्वर्गद्वारी नगर पालिका वार्ड नं ३ का पार्टी सेक्रेटरी कामरेड योगेश राना (का. बिक्रान्त गुप्ता) को यही २०७७ साल चैत्र ६ गते आकस्मिक मृत्यु भयको जानकारी प्राप्त भएको छl
उहाँ अखिल नेपाल ट्रेड युनियन लुम्बिनी प्रदेशको सचिव, अखिल नेपाल उधोग व्यापार संघ प्युठान जिल्ला समितिको निवर्तमान उपाध्यक्ष, प्युठान उधोग बाणिज्य संघको पुर्व सदस्य समेत रहनु भएको थियो।उहाँ लामाे समय देखी पार्टी गतिविधिका साथै ,न्यायपूर्ण आन्दोलन र सामाजिक कार्यहरूमा निरन्तर सक्रिय रहनु भयको थियो।
कामरेड योगेश रानाको प्यूठानको भिंग्रीमा भयको हृदयघातको कारण असामयिक मृत्यू भएको खवरले हामीलाई अत्यन्त दुःख लागेको छ। कामरेड योगेश रानाको मृत्युले पार्टी र समाज परिवर्तनको आन्दोलनमा गम्भीर क्षती हुनपुगेको छ। उहाँप्रति ने क पा (मसाल) जिल्ला समिती प्युठान हार्दीक श्रद्धान्जली प्रकट गर्दछ यसका साथै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ।
उहाँको जन्म २०३८ साल कार्तिकमा भयको थियो भने उहाँको परिवारमा दाजु मीनराज राना स्वर्गद्धारी नगरपालिका वार्ड नं २ को निर्वाचित वार्ड अध्यक्ष हुनुहुन्छ। यसका साथै श्रीमती मोतीराना र एक छोरी समेत रहनु भएको छ। स्मरण रहोस उहाँका भाइ अखिल नेपाल युवक संघका केन्द्रिय सदस्य भिम रानाको पनि गत २०७४ सालमा असामयिक मृत्यू भएको थियो।
मिती: २०७७ साल, चैत्र ७
ज्ञामुराम न्यौपाने
(प्रवक्ता)