शनिबार, साउन १२, २०८१

सत्यनिष्ठाप्रति उत्प्रेरणा जगाउदै मुसिकोट गुल्मीका लोकप्रिय प्रमुख प्रशासकीय अधिकृत ::: खिमानन्द भुसाल

सुर्य भुसाल

सत्यनिष्ठा र नैतिकता सदाचार’ बिषयमा गुल्मीको मुसिकोट नगरपालिकाका प्रमुख प्रशाकिय अधिकृत खिमानन्द भुसालले नगरपालिका भित्रका शैक्षिक र अन्य सामाजिक सस्थामा उत्प्रेणा सम्बन्धि तालिम दिँदै आउनु भएको छ । प्रसासकिय अधिकृत खिमानन्द भुसाल शुक्रवार पनि मुसिकोट नगरपालिका वार्ड नम्बर २ अमराई मा रहेको खस्थोक माध्यामिक विद्यालयमा प्रशिक्षण दिनुभएको थियोे उहाको प्रशिक्षण ले बिधार्थिहरुमा सकरात्मक सोचको बिकास हुँदै गएको छ।
मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भुसालले दिएको प्रशिक्षण कार्यक्रमको संयोजन जनजागृती माध्यमिक बिधालयका प्रधाध्यापक रामप्रसाद आचार्यले गर्नु भएको थियोे । प्रअको पहलमा मुसिकोटमा लोकप्रिय बनेका प्रशिक्षक भुसाललाइ निम्ताइएको कार्यक्रममा खस्थोक माध्यामिक विद्यालय र मुसिकोट नगरपालिका वार्ड नम्बर ३ चौरमा रहेको जनजागृती माध्यमिक विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थी हरु सहभागी भएका थिए । प्रशिक्षक भुसाललाई मुसिकोट नगरपालिका वार्ड नम्बर २का वडा सदस्य ध्रुब पछाइ, जनजागृती माध्यामिक विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रेम सुनार अध्यक्षहरु पूर्व अध्यक्ष क्रमशः दुर्गा बहादुर सुर्यवंशी , खुम बहादुर थापा, प्रधानध्यापक रामप्रसाद आचार्य, खस्थोक मा.वि.का पूर्व अध्यक्ष मुम बहादुर महत, पूर्वप्रधानध्यापक तुलबहादुर कार्की लगायतले सम्मान प्रकट गर्दै मायाको चिनो प्रदान गरेका थिए l गुल्मी को मुसिकोटमा खिमान्नद भुसाल निकै लोकप्रिय बन्दै आउनु भएको छ ।
उत्प्रेरणा कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष तथा दैनिक लुम्बिनीका सम्पादक यानेन्द्र जि.सी., कार्यकारी सम्पादक लक्षमण पोख्रेल, प्रबन्धक महेश रिजाल,लगायतको विशेष आतिथ्यता रहेको थियो । खस्थोक माध्यामिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिपक कुमार महतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानध्यापक कृष्ण बहादुर सुर्यवंशीको स्वागत मन्तब्य रहेको थियो भने शिक्षक कृष्णप्रसाद घिमिरेको सन्चालन रहेको थियोे भुसाल मुसिकोट गएपछि त्याहाको बिकास शुसासन पार्दर्सिताले फड्को मारेको छ भने जहाँ खिमानन्द भुसाल पुग्नु हुन्छ त्यो कार्यलय निकै राम्रो हुने गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal