शनिबार, साउन १२, २०८१

युवा व्यव्यासायी प्रदिप जीसीलाई पुत्रसोक

 

शंकर प्रसाद पोख्रेल  ,रुपन्देही बुटवल

प्यूठान– रुपन्देही सम्पर्क मञ्चका सचिव  सामाजिक व्यक्तित्व तथा युबा  व्यवसायी प्रदिप जीसीलाई पुत्रशोक परेको छ । बुटवल ११ कालिकानगरमा पर्यटन व्यवसाय सञ्चालन गर्दै आएका सामाजिक व्याक्तित्व जीसीको  जेठा छोरा एडिसन जीसीको निधन भएको थियो।

१२ वर्षिय एडिसन जीसीको  बुटवलको आम्दा अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

मितृक एडिसिन जिसिलाइ स्थानीय मगरघाटमा  अन्त्योस्टी गरिएको छ। दु:खद  निधनप्रती  श्रद्धाञ्जली तथा सोकसभा कार्यक्रम मगरघाटमा गरिएको थियो।

प्यूठान– रुपन्देही सम्पर्क मञ्चले शोक सभाको आयोजना गरेको थियो सोकसभामा मिर्तिक बालक प्रती एक मिनेट मौनधाराणा गरिएकोथियो।सोकसभाको संचालन जेवि क्षेत्रीले गरेकाथिए
नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बराल र प्यूठान रुपन्देही सम्पर्क मञ्चका अध्यक्ष श्यामलाल पोखरेल लगायतले स्व. अडिसन जीसीप्रति श्रदाञ्जली अर्पण गरेका थिए ।

प्यूठानको झिमरुक गाउंपालिका वडा नम्बर ५ निवासी प्रदीप जीसी   बुटवलमा  व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal