शनिबार, माघ १८, २०८२

कोटफूर्से को आत्मकथा (भाग -१)

बिन बहादुर रेग्मी

गरिबी,भोकमरी,दुःख पीर, हेला अपमान सहेको भोगेको र झेल्दै संघर्ष गर्दै आएको पात्र हो “कोटफूर्से “। उसको उमेर अहिले ४८वर्ष भइसकेको छ। उसका आँखाले हेर्न देख्न बुझ्न सम्झिन सकेका यादगार पलहरुको संगालो तपाईंहरू सामु हाम्रो लोकप्रिय अनलाईन प्लेटफर्म झिम्रुक पोस्ट मार्फत शेयर गर्न चाहन्छु। झिम्रुक पोस्ट मा प्रकाशित मेरा लेख रचना लाई सयौँ पाठकहरूले मन पराई दिनु भएको छ, आशा छ यो धारावाहिक श्रृंखला “कोटफुर्शे को आत्मकथा” पनि यहाँहरुको मन मनमा बस्न सफल हुनेछ।

भाग १ पछि भाग २ कहिले आउँछ होला भन्ने गर्मिमा लामो दूरीमा हिँडेको बटुवालाई शितल छायाँ दिने चौतारीको प्रतिक्षामा तल तल भाको झै हुनेछ। सत्यतामा आधारित जीवनमा घटेका अविष्मरणीय पलहरुलाई शब्द चित्रमा जस्ताको त्यस्तै उतारेर हजुरहरू सामु पस्किन पाउँदा म निकै उत्साहित छु। आउनुहोस अब सुरु गरौं (भाग १) तपाईंहरूलाई पढेर कस्तो लाग्यो मनमा लागेको कुरा कमेन्ट गर्नुहोला ताकि हजुरहरुको सकारात्मक उर्जाशील कमेन्टको आधारमा आगामी शृंखला लाई थप परिष्कृत र मसालेदार बनाउन सहयोग मिल्नेछ।

कोटफुर्शे नाम आफैमा अचम्मको नाम छ। म स्वयम कोटफुर्शे हो। धेरै साथीहरुले प्रोफाइल पिक्चरको कालो कोट लगाएको फोटोमा कमेन्ट गर्नु भएको छ। कोट त कालो छ कसरी कोट फुर्शे भन्नुहुन्छ?😀😀😀 मैंले त्यो उहाँहरुको कमेन्टमा रिप्लाई दिएको छैन। के रिप्लाई दिउँ के रिप्लाई दिउँ भनेर सोच्दा सोच्दै धेरै ढिलो भयो। मैंले सोचें नेपालको राष्ट्रिय लेबलको लोकप्रिय अनलाईन न्युज प्लेटफर्म झिम्रुक पोस्टको माध्यम बाट यसको रिप्लाई दिनु सबैभन्दा राम्रो हुने लाग्यो र मैंले झिम्रुक पोस्ट को प्लेटफर्म लाई रोजे। यो आत्मकथा कतिपयलाई लाग्न सक्छ आत्मप्रसंशा को लागि आत्मरति मात्रै हो। त्यो कसरी बुझ्ने पाठकमा भर पर्छ। आत्मकथामा जीवनका सकारात्मक पक्ष नकारात्मक पक्ष दुवैलाई समेट्ने प्रयास गरिएको छ। आत्मकथा लेख्दा म आफ्नै दुनियाँमा रमाएको हुन्छु। हामी कोटफूर्शे नाम कसरी रह्यो त्यो कुरा गर्दै थियौ। मेरो गाउँको नाम भिङ्ग्रीकोट हो। गाउँ अलि ठूलो छ। त्यतिबेला त्यो मेरो गाउँमा “फूरसे” बोलाउने नाम गरेका तिन जना थियौं। एउटा आँपचौर पखरधारा फूर्शे, अर्को आरन फुरशे र अर्को म डाँडाबारी कोटफुर्षे।

 

आँपचौर पखरधारा फुरसे र आरन फुरसे ले सामाजिक सञ्जाल वा अन्य कुनै ठाउँमा आफ्नो फुरसे नाम लेख्नु हुन्छ कि हुँदैन त्यो त मलाई थाहा छैन तर त्यतिबेला गाउँमा फुरसे नाम ले हामी तिनै जनालाई बोलाईन्थ्यो। कुरा गर्दा बोलाउँदा टोल को नाम जोडेर फुरसे भनिन्थ्यो। त्यही नाम को आत्मकथामा हामी प्रवेश गर्दैछौं। तपाईंहरूलाई कस्तो लाग्छ सल्लाह सुझाव दिनुहोला। वर्षातको मौसम छ भिर पाखा रुखमा नजानु होला आफ्नो ख्याल गर्नु होला हैं….. क्रमशः

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal