मङ्लबार, मंसिर १०, २०८२ | Tuesday 25th November 2025
एकै दिनमा थपिए ४५ सय २४ कोरोना संक्रमित, १८ को मृत्यु
झिमरुक पोस्ट
मङ्लबार, बैशाख १४, २०७८
नेपालमा गएको २४ घण्टामा चार हजार ५२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा पीसीआर र एन्टिजेन दुवै विधिबाट गरिएको परीक्षणमा चार हजार ५२४ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट १४ हजार ६७२ जनाको परीक्षण गर्दा ४ हजार ३४६ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट १ हजार ९ जनाको परीक्षण गर्दा १६० जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै गएको २४ घण्टामा थप १८ जनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ भने निको हुनेको संख्या २ लाख ७८ हजार ५०६ पुगेको छ। यस्तै मृतकको संख्या ३ हजार १९४ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार २२५ पुगेको स्वास्थ मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट १४ हजार ६७२ जनाको परीक्षण गर्दा ४ हजार ३४६ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट १ हजार ९ जनाको परीक्षण गर्दा १६० जनामा संक्रमण पुष्टि भएको छ ।