मङ्लबार, मंसिर १०, २०८२

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड प्युठान शाखा बाहाने द्वारा सञ्चालित हाजिरीजवाफ प्रतियोगिता मुक्ति मा.वि मा सम्पन्न

केशर सुनार ,प्युठान/नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड प्युठान  बाहाने शाखा द्वारा सञ्चालित विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता आज मुक्ति मा.वि राटामाटा प्युठानमा सम्पन्न भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमटेडको आयोजनामा सञ्चालित भएको उक्त कार्यक्रममा शाखा प्रबन्धक केशवप्रसाद मैनालीको अध्यक्षता,मुक्ति मा.वि का प्रधानध्यापक योगेन्द्र बहादुर जि सी लगायत सहभागी विद्यालयका शिक्षक एबम् बैंकका कर्मचारी र विद्यार्थीहरूको उपस्थितिमा सम्पन्न भएको हो । हाजिरीजवाफ प्रतियोगितामा प्युठानका ६ वटा विद्यालयहरू मुक्ति मा.वि राटामाटा,क्षेत्र विकास मा.वि पुन्यखोला ,महेन्द्र मा.वि खलङ्गा, जनता मा.वि बाग्दुला, भुवनेश्वरी मा.वि खैरा र भानुभक्त मा.वि चुँजाठाँटीका विद्यार्थी हरु सहभागी भएका थिए । उक्त कार्यक्रममा प्रथम स्थान महेन्द्र मा.वि खलंगा ले हासिल गरी रु ७हजार नगद पुरस्कार प्राप्त गरेको छ । द्वितीय पुरस्कार मुक्ति मा.वि राटामाटाले हासिल गरी रु ५ हजार नगद पुरस्कार प्राप्त गरेको छ। त्यस्तै तृतीय स्थान भुवनेश्वरी मा.वि खैरा ले हासिल गरी रु ३हजार नगद पुरस्कार प्राप्त गरेको छ भने जनता मा.वि बाग्दुला ले चौथौ स्थान हासिल गरी डायरी प्राप्त गरेको छ । उक्त कार्यक्रम को सहजीकरण गर्दै बैंकका कर्मचारी युवराज सिंह केसीले बैंक लगायत सामान्य ज्ञान सम्बन्धी विभिन्न प्रश्नहरू सोधिएको बताउनुभयो । सम्पूर्ण सहभागी टिमलाई बधाई दिँदै बैंकिङ ज्ञान सबैमा हासिल गराउनका लागि उक्त कार्यक्रम आयोजित गरिएको र सक्कली र नक्कली नोट कसरी चिन्ने भन्ने बारेमा जानकारी दिँदै ग्लोबल मनी वीक प्रत्येक वर्ष मार्च २१ देखि मार्च २७ सम्म मनाउँदै आइरहेको बताउनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?