शुक्रबार, माघ १७, २०८२

प्युठानको बिजुवारमा निमतारा पोलिकिल्निक प्रा •ली संचालनमा

जुमान सिंह के सी
असोज ५, प्युठान ।
प्युठानका एकै घरका दुई दाजुभाइ डाक्टरले निमतारा पोलिकिल्निक संचालनमा ल्यएका छ्न।
झिमुरुक गाउँपालिका वाड न.६ निवासी सुवास जि सि र प्रकास जि सि दुबैजना डाक्टर हुन।डा. सुवास जि सी जनरल फिजियशन हुन भने भाइ डा. प्रकाश जि सी मेडिकल अधिकृत हुन।

दुबै दाजुभाइ मिलेर प्युठान जिल्ला बिजुवारमा निमतारा पाेलिकिल्निक प्रा. लि. को औपचारिक रुपमा उद्घाटन गरिएको छ। लुम्बिनी प्रदेशका सभासद हरि रिजाल, तरा जि सी, जिल्ला समन्वय प्रमुख धरम ब. जि सी र उनका आमाबुबाले सयुक्तरुमा रिवनकाटेर उद्घाटन गरेका हुन।

पढेलेखेका मानिसमा धेरैमा बिदेश जाने, जहा धेरै आम्दानी हुन्छ जहाँ सेवा सुबिधा हुन्छ त्यहा जानेको संख्या बढ्दै गैइरहेको अवस्थामा ती दाजुभाइले आफ्नो सिप र दक्षतालाई स्थानीय स्तरमै बसेर सेवा गर्ने सोच बनाएको डा. सुवास जि सी ले बताउनु भएको छ।

उहाले आर्थिक लाभ भन्दा पनि ग्रामीण भेगका जनाताको सहजसेवाका लागि जिल्लामै बसेर सेवा दिन लागेको जि सि को भनाइ छ।
निमतारा पोलिकिल्निक प्रालिबाट दैनिक बिरामी चेकजाँच,जनरल फिजियशन सेवा,भिडियो एक्सरे सेवा,फार्मेसी सेवा,हाडजोर्नी तथा नशारोग विशेषज्ञ सेवा र महिला तथा प्रसुतीरोग विशेषज्ञ सेवा दिने डा. प्रकाश जि सीले जानकारी दिनु भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal