शुक्रबार, माघ १७, २०८२

प्युठानमा ११४ औ लक्ष्मी जयन्ती सम्पन्न

प्युठान , साहित्य परिषद् प्यूठान, खेमराज कालिका स्मृति प्रतिष्ठान र जनता माध्यमिक विद्यालय वाग्दुलाको संयुक्त आयोजनामा ११४ लक्ष्मी जयन्ती विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । साहिय र समाज विषयक वक्तृत्वकला प्रतियोगितामा जनता माध्यमिक विद्यालयकी छात्रा दीक्षा डि.सी. प्रथम, ने.रा.मा.वि टारीकी छात्रा विपना रोका मगर दोस्रो, भानुभक्त मा.वि. वर्वोटका छात्र सन्देश जि.सी. तृतीय र जनसेवा वाल समुह टारीबाट शर्मीला भट्टराई सान्तव्ना स्थान प्राप्त गर्नु भएको छ । प्युठान नगरपालिकाका नगर प्रमुख विष्णु योगिको प्रमुख आतिथ्यता, प्राध्यापक केशव सुवेदी को विशिष्ट आतिथ्यता, प्रलेस केन्द्रिय सल्लाहकार पदमप्रसाद शर्माको आतिथ्यता रहेको उक्त समारोहमा साहित्यकार रामप्रसाद पोख्रेलको कविता संग्रह छापेखोलाको शुसेली, अनि खेमराज कालिका स्मृति प्रतिष्ठानबाट साम्पादित खेमराज स्मृति ग्रन्थको बिमोचन भएको छ । छापेखोलाको शुसेलीको समिक्षा साहित्यकार देवेन्द्रकुमार रिजालले र खेमराज स्मृति ग्रन्थको समिक्षा प्राध्यापक केशव सुवेदीले गर्नुभएको थियो । लक्ष्मीप्रसादको जीवनी र स्वागत मन्तव्य एकैसाथ कमल पोख्रेलले गर्नुभएको थियो । उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ प्यूठानका सभापति सञ्जय रिजाल, खेमराज कालिका स्मृति प्रतिष्ठान का अध्यक्ष गेहराज शर्मा, साहित्य परिषद् प्यूठानका पूर्व अध्यक्ष गेहराज थापा, प्रलेस केन्द्रिय सल्लाहकार पदमप्रसाद शर्मा ले मन्तव्य राख्नुभएको थियो । साहित्य परिषद् प्यूठानका अध्यक्ष नवराज आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव ध्रुब गिरीले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal