२०७८ बैशाख ३ गते अखिल नेपाल जनजाति सम्मेलन स्थापना भएको ३४ वर्ष पूरा भएर ३५ औं वर्षमा प्रवेश गर्दैछ।मैले यहाँ अखिल नेपाल जनजाति सम्मेलनको समग्र इतिहास कोट्याउन खोजेको छैन । जनजाति सम्मेलन सङ्ग सम्बन्धित केही समझनाहरुलाई सङ्क्षिप्तमा राख्न चाहन्छु। २०५० मा प्युठानमा बरौला काण्ड भयो।तत्कालीन जिबिस सभापति कर्णध्वज के सी,उमाराम आचार्य ,सुर्य गुरुङ लगायत जेल जानू भयो। त्यसको बिरोधमा थुप्रै कार्यक्रम भए।एरिया -एरियामा पनि कार्यक्रम भए।के बि गुरुङ त्यतिबेला नेकपा मसाल प्युठानका प्रबक्ता र अखिल नेपाल जनजाति सम्मेलन केन्द्रीय उपाध्यक्ष हुनुहुन्थ्यो । संयुक्त वाम संघर्ष समितिको आयोजनामा भएका कार्यक्रमहरु मध्य भिङ्रीको कार्यक्रममा मसालका के बि गुरुङ ,सजमोका बुद्ध बहादुर जिसी, एमालेका बिरबहादुर सिंह ,मानव अधिकारकर्मी बद्री खतिवडा सहित भएर हामी क्वाडीको डाडा काटेर माडीखोला तर्दै भिङ्रीमा गएर सभा गरेका थियौ।के बि गुरुङले नास्ता खाने बेला अखिल नेपाल जनजाति सम्मेलनको विधान घोषणा पत्र र जनजाति आबाज अङ्क दुई बद्री खतिवडालाई उपलब्ध गराएको मलाइ सम्झना छ। वद्री खतिवडा वर्तमान नेपाली चलचित्रकी नायिका श्रीङ्खला खतिवडाका हजुरबुबा,मकवानपुरबाट एमालेका साम्सद बिरोध खतिवडाका बुवा र नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका प्रथम भेला बाट निर्वाचित अध्यक्ष हुनुहुन्थ्यो ।उहाँलाई गुरुङले जनजाति र जनजाति सङ्गठनको महत्वबारे स्पस्ट गर्न धेरै कुरा राखेको मलाई सम्झना छ।
२०५१ तिर अखिल नेपाल जनजाति सम्मेलनको प्रथम प्युठान जिल्ला सम्मेलन बिजुवारको स्वर्गद्वारी क्याम्पसमा सम्पन्न भएको थियो। म त्यतिबेला अखिल नेपाल युवक सङ्घ प्युठानको सदस्य थिएँ ।जनजातिको कुनै पदमा नभए पनि म त्यो सम्मेलनको तयारीमा लागेको थिए।झिमरुक जलविद्युत परियोजना सम्पन्न गर्ने कार्य सङ्गसङ्गै भालुबाङ प्युठान मोटरबाटो निर्माण भैरहेको थियो। पुरन गुरुङ सित म बिजुवारबाट बड्डाडा सम्म सम्मेलनका लागि आर्थिक सङ्कलन गर्न गएको थिए।बाटाहरुमा सडक निर्माण कम्पनीका कार्यालयहरु थिए ।ती कार्यालयहरुबाट सम्मेलन सफल पार्न आर्थिक सङ्कलन गरेको मलाई सम्झना छ।सम्मेलनको पूर्ब तयारी स्वरुप मलाई लिबाङ पठाइएको थियो तर त्यहाबाट कुनै प्रतिनिधि उपस्थित भएनन।खगुलाल गुरुङ ,सर्बजित बुढाथोकीको नेतृत्वमा सबैभन्दा धेरै जनजाति नारिकोटबाट उपस्थित भएका थिए।के.बी. गुरुङले सम्मेलनको उद्घाटन गर्नु भएको थियो। कर्णध्वज केसी चर्को भासण गर्नु हुन्थ्यो।जनजातिहरुले अहिले सम्म विदेशमा भर्ती भएर अर्कैको लागि मात्र लडे अब त्यो राइफलको ट्रीगर नेपालका हाम्रा दुस्मन तिर तेर्साएर पड्काउनु पर्यो भन्नू हुन्थ्यो।त्यतिबेला कर्णध्वज के सी जि का भाषणहरु त्यस्तै उत्तेजक प्रकारका हुन्थे।सम्मेलनले रमेश थापाको नेतृत्वमा नयाँ समिति बनाएको थियो।क्वाडीका लालबहादुर राउत जि पनि त्यो समितिमा रहनु भयो।तर पछि राउत जनजाति हैन भने पछि उहाँ जनजाति सङ्गठनमा रहनु भएन।
भूमिगत कालमा के बी गुरुङ र खगुलाल गुरुङले एकले अर्कोलाई ढाटेको कथा पनि मेरो सम्झनामा छ।जनमुक्ति पार्टी निकटका पत्रकारहरुले बुटवलबाट प्रकाशित गर्ने “राज्यसत्ता(?)” पत्रीकामा २०५० को दशकको उत्तरार्धमा के. बि .गुरुङको स्मरण प्रकाशित गरिएको थियो।कुरा के रहेछभने नेपालको बोर्डर काटेर भारत तिर जादा बाटामा एकले अर्कोलाई भेटे पछि परिचय गर्दा दुवैले एकले अर्का लाई ढाटेछन। गोरखपुर पेन्सन लिन जान्छु खगुलालले भन्नू भए छ
।के .बि .ले पनि त्यस्तै अर्को काम बताउनु भयो।गोरखपुरमा हुन गैरहेको अखिल नेपाल जनजाति सम्मेलनको प्रथम भेला(२०४५) मा कार्यक्रम स्थलमा दुवै जना भेट भएछन् ।एकले अर्कालाई ढाटेको कुरा खुले पछि हासो भएछ।
पाल्पामा मैले विद्यार्थी सङ्गठनमा काम गर्दा एक पटक जनजाति साथीहरुलाई प्रशिक्षण कार्यक्रममा पठाउन आर्थिक सङ्कलनमा मदत गर्न हिडेको थिए।साथीहरुलाई कार्यक्रममा पठाउन सफल पनि भैयो।तर एक जना ब्राह्मण हाकीमले भनेको कुराले मलाई धेरै छोयो। कुरा राखेपछी उनले १ सय रुपैयाँ दिए।मैले थप अनुरोध गरे, ” सर ! जनजातिहरु शैक्षिक , आर्थिक ,सामाजिक,राजनीतिक सबै क्षेत्रमा पछाडि परेका छन् ।प्रशिक्षणमा भाग लिएभने सोचाइ र व्यबहारमा केही परिबर्तन हुन्थ्यो कि ?तपाईले ५०० रुपैया सम्म मद्दत गरिदिनुस।” स्याङ्जाका ती ब्राह्मणले भने ,” हामी पनि कम दुखले यो हाकीमको कुर्चीमा बस्न आएका हैनौ।मकै ,भट्ट टोक्दै पाखा पखेरामा गाई बाख्रा चराउदै ,घाँस ,दाउरा गर्दै घुडा धसेर टुप्पी कसेर दुख गरेर पढेका हौ।पढ्ने बेलामा गुरुङ ,मगर का बच्चा काहा हुन्छन?कहाँ चराको गुड छ?कहाँ माछाको कुर छ?खोज्दै हिड्छन ।काहा रोधी बस्न पाइन्छ? काहा तरुनीलाई आँखा लाउन पाइन्छ ? पढ्दैनन त्यतै हिड्छन।अनि जनजाति पछि नपरेर को पछि पर्छ।” उनको यो कुराले धेरै पोल्यो।हो! जनजाति पछि नै छ । उसकोआफ्नै सस्कार सस्कृतिले पनि पछि पार्यो तर चार वर्ण मध्य ब्राह्मणको पढ्ने र अरु वर्णले पढ्न नपर्ने वर्णवादी परम्पराले पनि जनजातिहरुलाई पछाडि पारेको हैन र ? राज्यद्वारा जनजाति,दलित लगायतका समुदायहरु माथि गरिएका विभेदहरुले पनि उनीहरु पछाडि परेका हैनन र? मैले धेरै ठाउँमा यो कुरा सेअर गर्दै हिडे।जनजातिहरूले आफुलाई नै पछाडि पार्ने सस्कृति, आचरण बदल्नु पर्यो र पढ्ने ,लेख्ने ,नेतृत्वको विकास गर्ने कार्यमा ध्यान दिनु पर्यो।जनजाति सम्मेलनमा परि थापाले जनजातिभनेको एकपाउको जिभ्रो हल्लाउनु भन्दा एक धार्नीको टाउका हल्लाउन सजिलो मान्ने जाति हो भन्ने भनाई सधै चर्चा भैरहन्छ। अब जनजातिहरुले पनि आफ्नो त्यो पाम्परागत तरिकालाई बदल्नु पर्छ।

राष्ट्रिय भेलाहरु
क)पाचौ राष्ट्रिय भेला(काठमाडौ ):
२०६३ साउन ८ गते काठमाण्डौमा पाचौं राष्ट्रिय भेला भएको थियो।अध्यक्ष निमबहादुर बुढाथोकी ,उपाध्यक्ष हजुमान चौधरी,महासचिब हेमप्रसाद पुन र म सचिव भएर सङ्गठनको काम अगाडि बढाउन थालियो।हेमप्रसाद पुन अल्सर बिग्रीएर मर्नु भयो।उहाँको उपचारमा सबैभन्दा बढी निमबहादुरजि खट्नु भएको थियो।मोडेल अस्पतालमा हेमजिलाई भेट्न जादा उहाले म सित भन्नू भएको थियो,”मलाई तपाईहरुले बचाउनु होला।”दुखको कुरा उहाँ बाच्न सक्नु भएन ।
उहाँको मृत्यु पछि अर्घाखाँचीका झबिलाल थापा का. बा. महासचिव बन्नु भयो। मैले विद्यार्थी सङ्गठनबाट राजीनामा दिएपछि २०६५ साल जेष्ठ १६ गतेको बैठकबाट झबिजिले राजीनामा दिए पछि म का बा महासचिब बने र छैठौराष्ट्रिय भेलाको तयारी तर्फ लागियो।

ख)छैठौ राष्ट्रिय भेला(स्याङ्जा):
२०६५ भाद्र २६ र २७ गते स्याङ्जाको वालिङमा छैटौं राष्ट्रिय भेला सम्पन्न भएको थियो।
जनजाति सम्मेलनको छैठौ रास्टृय भेलामा पार्टीको तर्फबाट डिलाराम आचार्य ,अखिल नेपाल महिला संघकि मिना पुन पुग्नु भएको थियो।त्यहाको एउटा स्मरणीय कुरा के छ भने कैलालीबाट प्रतिनिधित्व गर्न गएका खडक राना सहित दुई जना साथीहरुलाई पोखरा जाने गाडीले वालिङमा छाडेछ ।बिहान भेट हुदा आज रात भरी अनिदो छौ भन्नु हुन्छ।के भयो भन्दा सम्पर्क नभएर सडकको पेटीमा रातकाट्नुपर्यो भन्नु हुन्छ।

ग) सातौ राष्टियभेला(पाल्पा ):
२०६९ भाद्र ३० र ३१ गते पाल्पाको तानसेनमा सातौं राष्ट्रिय भेला सम्पन्न भएको थियो।राजमो अध्यक्ष चित्रबहादुर के सीले भेलाको उद्घाटन गर्नु भएको थियो।सम्मेलन हुनु पूर्व रातभरी पानी आयो।बर्षातले पूरै डिस्ट्रब गर्ने भो भन्ने पिरलो थियो।जुलुस र सभाको बेलामा पूरै आकाश खुल्यो।गुल्मी,दाङ ,पाल्पा,रुपन्देही धेरै ठाउँबाट साथीहरु जुलुस लिएर आउनु भयो।निकै भब्य कार्यक्रमभयो।पहाडको ठाउमा दाङको सखिया नाच र थारु भेसभुसा आकर्षक थियो।उद्ध्योग बाणिज्य सङ्घ पाल्पाले चित्रबहादुर केसीलाई सम्मान कार्यक्रमको आयोजना गर्यो।

जनजाति सभाका बैठकहरु
अखिल नेपाल जनजाति सम्मेलनको इतिहसमा विधानमा नै जनजाति सभाको ब्यबस्था प्रथम महाधिवेशन २०५३ देखि गरिएको थियो।प्रथम र दोस्रो महाधिवेशन पछि जनजाति सभाको बैठक बारे मलाई त्यति धेरै जानकारी छैन। दोस्रो महाधिबेसन भन्दा पहिलेको एउटा बिस्तारित बैठकमा म बुटवल गएको थिए।पार्टी नेता रामसिङ्ह श्रीस आउनु भएको थियो। अध्यक्ष के बि गुरुङले जनजातिको सहकारी निर्माण, प्रकाशन,महाधिवेशनको तयारी बारे लामो योजना पेश गर्नु भएको थियो।ती सबै के कति पूरा भए भएनन थाहा भएन।के बि गुरुङले दोस्रो महाधिबेसन काठमाण्डु हुनु पर्छ,पुरन गुरुङले पोखरा हुनु पर्छ भनेर बिबाद गर्नु भयो।राजधानी ,मिडिया सबैलाई हेर्दा काठमाडौ हुनुपर्छ भन्ने के बेको तर्क ,काठमाण्डु मा पहिलो भैसक्य्क ठाउँ सारौ,जनजाति धेरै भएको पोखरा जाउ भन्ने पुरनको तर्क थियो।आखिर टुङ्गो काठमान्डू हुनु पर्छ भन्नेमा लाग्यो।२०६२ मा सम्पन धरान भेलाको पुर्ब तयारीस्सरुप बिस्तारित बैठक पाल्पाको तानसेनमा भएको थियो।तेस्रो महाधिबेसन पछिको रेसुङ्गा र अर्घाखाँचीको दुइवटा राष्ट्रिय परिषद बैठक पनि स्मरणीय छन।

राष्ट्रिय महाधिबेशनहरु
क) तेस्रो राष्ट्रिय महाधिवेशन:
२०६९ जेठ २९- ३१ गते सम्म तेस्रो महाधिवेशन रुपन्देहीको वुटवलमा सम्पन्न भएको थियो।

ख)चौथो राष्ट्रिय महाधिवेशन :
२०७५ माघ ११- १३ गते सम्म चौथो राष्ट्रिय महाधिवेशन सुनसरीको इटहरीमा सम्पन्न भएको थियो।

अभियानहरु
क)जातीय मैत्री सद्भाव यात्रा:
२०६६ मङ्सिरमा यो अभियान सन्चालन गरिएको थियो। नारा थियो,”जातीय एकता कायम गरौँ !सङ्घीयताको विरोध गरौं !देशलाई टुक्रिनबाट जोगाऔ!” पूर्बी नेपालमा निमबहादुर बुढाथोकीको नेतृत्वमा र पस्चिममा रामबहादुर बुढाको नेतृत्वमा अभियान सन्चालन गरिएको थियो।पूर्बमा निमजिको टोलीमाथी झापाको धुलाबारीमा जातिबादीहरुले आक्रमण गरेपछी हामीले पश्चिम बाट प्रेस बक्तब्य निकालेर बिरोध गरेका थियौ।त्यो अभियान भरी खडक जिले धेरै हसाउनु भयो।हनुमान चौधरी र खडक रानाको एउटा किस्सा भन्छु।गाडीमा यात्रा गर्दा हनुमानजिले अस्ति सोध्नु भएछ तपाईको उमेर कति भयो।खडकले पचास भन्नू भयो।फेरि हिजो सोध्नु भयो।उत्तरपचास भन्नू भयो।आज पनि उमेर कति भयो खडक जि भनेर सोध्नु भयो।खडकजिले भन्नू भयो- हैन मैले तिमीलाई कति उमेर भन्दिनु पर्ने हो ? ५० भन्दा तल भन्नू पर्यो कि माथी।किन दिनहु उमेर स्क्ध्नु हुन्छ भने पछि हासो पनि भयो र हनुमानजिले उमेर पनि सोध्न छोड्नु भयो।

ख) हस्ताक्षर अभियान :
२०६६ पौष २० गते काठमाडौंमा उद्घाटन गरेर माघ महिनाभरी हस्ताक्षर सन्चालन गरेर फागुन ३ गते संघविधान सभाका अध्यक्षलाई बुझाइएको थियो।नारा थियो,” समयमै संविधान निर्माण गर्न ,नयाँ संविधानमा जनजातिहरुको अधिकार सुनिस्चित गर्न र सङ्घीयताको निर्णय खारेज गर्न हस्ताक्षर अभियान सफल पारौं !”जुलुस सहित सम्बिधान सभाका अध्यक्ष सुभास चन्द्र नेम्बाङलाई ज्ञापनपत्र बुझाएका थियौ।बेलुकी हामी सुन्धारा स्थित लालबहादुर थापाजिको जनपृय गेष्टहाउसमा बैठक बस्ने बेला केन्द्रीय सदस्य साथी हुमबहादुर रानाले भन्नू भयो,आज मैले बल्ल मेरो एक लाख रुपैया असुले।”कसरी “हामीले जिज्ञासासहित सोध्यौ।उहाँ ले भन्नू भयो,”सम्बिधान सभामा छिर्न भनेर एक लाख रुपैयाँ खर्छ गरेर चुनाब लडियो।हारियो।छिर्न सकिएको थिएन ।आज हस्ताक्षर बुझाउन जादा सम्बिधान सभा भित्र छिरियो।निर्बाचनका बेला खरच गरेको लाख रुपैया असुल भयो।” हाम्रो बीचमा हासोको फोहोरा छुट्यो।

ग)कर्णाली बचाउ अभियान
कैलालीको टीकापुरबाट कार्यक्रम सुरु भएर बर्दिया ,सुर्खेत ,दैलेख ,बाके ,दाङ ,कपिलबस्तु हुँदै रुपन्देहीको बुटवलमा गएर त्यो कार्यक्रम समापन भएको थियो।गाडीमा पहाडको यात्रामा सबैभन्दा डराएको म र त्यस पछि डराएको रत्न बिक्रम प्यासी।डराएर उभिएर सडक हेर्थे।डरले गाडीबाट निस्केर अघिअघी दौडन्थे।ड्राइभरले भन्थे नेता डर्पोक हुन्छभन्थे होरहेछ ऊ डराएर दौडिरहेकोछ।

घ सङ्गठनात्मक अभियान :
२०७२ मङ्सिर र पौसमा सङ्गठनात्मक अभियान सन्चालन गरिएको थियो।
घ)दाङ – काठमाण्डौ साहित्यिक अभियान :

ङ)कन्चनपुर – दाङ अभियन:
मुक्त कमैयाको समस्या बारे २०७५ मा सम्पन कार्यक्रम ।

जिल्ला सम्मेलनका अनुभबहरु
प्युठानको विशाल जुलुस सहितको सम्मेलन ,दाङको प्रभाकारी सम्मेलन ,बागलुङको बरेङ डाडामा फरफराइरहेको जनजाती झण्डा तमाम स्मरणहरु मानसपरलबाट हराएका छैनन।

प्रकाशन:
निमबहादुर बुढाथोकी अध्यक्ष र म महासचिव भएपछि २०६५ देखि अखिल नेपाल जनजाति सम्मेलन प्रकाशक बनेर ८ वटा पुस्तक प्रकाशित भएकाछन -१)मोहनबिक्रम सिङ्हको दार्शनिक चिन्तन,२)जनजाति समस्या बारे मोहन बिक्रम सिङ्हको विचार,३)जनजाति अधिकार र सङ्घीयताको सवाल- रामबहादुर बुढा,४) नेपालमा जनजाति पहिचानको समस्या,५) टेकबहादुर आले स्मृति ग्रन्थ ,६)दाङ – काठमाडौ साहित्यिक अभियान,(साहित्यिक रचनाहरुको सङ्ग्रह),७) मुक्त कमैयाका समस्या र समाधान , ८)राष्ट्रियता र कोरोना सड्ढट (साहित्यिक रचना सङ्ग्रह ) ।
यश बीचमा अखिल नेपाल जनजाति सम्मेलन८ वटा कजनजाति आवाज,४वटा जनजाति दृष्टिकोण प्रकाशित भएकाछन।अक्टोबर शतबार्शीकी कार्यक्रमका सिलसिलामा लेनिन र स्टालिनका भनाइहरु अंकित कप र ब्याचहरु प्रकाशन र वितरण गरिएका थिए।

जनमोर्चाको सङ्घीयता बिरुद्ध कार्यक्रम:
जनजाति सम्मेलनको कार्यक्रम बाहेक राष्ट्रिय जनमोर्चाको सङ्घीयता बिरुद्धको कार्यक्रममा जनजाति सम्मेलनले महत्वपूर्ण भुमिका खेलेका थियो ।२०६५ असोज १२ गतेको नेपाल बन्दको लागि जनजाति सम्मेलनको तर्फबाट पोस्टर प्रकाशित गरेका थियौँ ।२०६६बैशाख ५-१५ को काठमाडौ केन्द्रीतआन्दोलन,२०६६ का क्षेत्रीय बन्दहरु र जनमार्च कार्यक्रम ,२०६७ को रास्ट्रीय जनाभियान र जनजागरण अभियान ,२०६८ को क्षेत्रीय बन्दहरु, २०७० को राष्ट्रिय प्रचारात्मक अभियानलाई सफल पार्न जोडदारा रुपमा लागेका थ्ज्यौ।

सामाजिक कार्य :
२०७२ को भुकम्पको बेला,बाढी पीडित र प्राकृतिक प्रकोपको बेला सहयोग र उद्दार कार्यमा हामी लाग्यौं ।केन्द्रीय सदस्य जितबहादुर रानाजिको मृत्यु पछि उहाँकै सम्झनामा अर्घाखाँचीमा विद्यालयमा अक्षय कोष निर्माण गरेका थियौ।केन्द्रीय सल्लाहकार रमेश गुरुङ ,केन्दीय सदस्य रामबहादुर जि एम ले पनि ब्यक्तिगतरुपमा आफ्ना मृत्युभैसकेका परिवारका सदस्यको नामामा अक्षय कोष खोल्नु ब्जएको छ।सङ्गठनले नै अक्षय कोष निर्मार्ण गर्नुको उद्ध्यश्य मानिसहरुलाई सामाजिक योगदान प्रती पीएरित गर्न हो।

अभिनन्दन कार्यक्रम :
२०७१बैशाख मा प्युठानमा बयोबृद्ध बामपन्थी नेता खगुलाल गुरुङलाई अभिनन्दन गरिएको थियो।

अधुरो कार्य:
मुक्त कमैयाको विषयलाई आन्दोलनको बिषय बनाउने र
फरक फरक ठाउका बेग्लाबेग्लै समस्या पनि छन तिनलाई बिशिस्टकृत गरेर आन्दोलन उठाउने।नगरपालिका घेराउ, जुलुस ,धर्ना लगायतको कार्यक्रम।
कपिलवस्तु देखि पूर्बमा हरूवा चरुवाको समस्या छ ।अहिले सम्म राज्यले उनीहरुको लगत पनि लिएको छैन।त्यसलाई सङ्घर्षको बिषय बनाउने।रोल्पाको पाङमा द्वन्द्वकालमा चार जनालाई बाधेर सेनाले भिरबाटपल्टाएर मारेको थियो। त्यस घटना सम्बन्धा एउटा बृत चित्र बनाउने सोचाइ थियो।प्युठान को खरा र अर्खाको सिमाना हालहालको लेकमा पन्चायतकालमा खगुलाल गुरुङको अगुवाईमा एक सातदिने शिबिर भएको थियो त्यसबारे थप अध्यन गर्ने।जनजाति सम्मेलन बारे गीत लेखेको थिए।त्यसलाई गायककारहरुबाट रेकर्ड गराउने सोचाई थियो।जनजातिका विभिन्न बिषयमा अध्यन गर्न जिम्मा लगाइएको थियो।केही काम अगाडि पनि बढेको थियो।आसा गरौ अहिले नेतृत्वमा रहनु भएका साथीहरुले यी र यस्ता कामहरुलाई आगाडि बढाउनु हुने छ।

अन्त्यमा
अखिल (छैठौ) बाट विदा हुने बेलामा म सोह्रौ राष्ट्रिय सम्मेलनबाट निर्वाचित महासचिव थिएँ – २०६५ जेष्ठ २ गते।सङ्गठनको आवस्यकताले छैटौंबाट विदा लिनु पर्ने भयो ,मैले बैठकमा राजिनामा बोकेर गए । २०६५ सालको छैठौको पाल्पा बैठकको कुरा गर्दैछु। बैठकमा बसेर राजीनामा दिएर साथीहरुसित बैठकबाटै विदा भएको थिएँ । अनिल किशोर घिमिरेजी नयाँ महासचिब बन्नु भयो।विदा भैसके पछि पनि बैठक पछिको पत्रकार सम्मेलनमा समेत सहभागी भएको थिएँ ।यसपालि जनजाति सम्मेलनबाट मैले २०७७ कार्तिक २२ गते विदा लिए।राजीनामा दिएर छोड्ने बैठकमा बस्न नपाउने बाध्यताका कारण म बैठकमा बसेन ।बर्षौ सम्म एउटै सङ्गठनमा काम गरेका साथीहरु सित बैठकबाट विदा हुन पनि नपाइने राजीनामा फालेर हिड्नु पर्ने यो बाध्यताका बाबजुद मैले साथीहरुलाई मद्दत गर्नु पर्ने ठाउमा मद्दत गरिरहेको छु।सङ्गठनको उन्नति प्रगतिकोको कामना गर्दछु।अखिल नेपाल जनजाति सम्मेलन कोस्थापना दिवसका अवसरमा सम्पूर्ण जनजाति तथा गैर जनजाति हरु प्रति हार्दिक शुभकामना।