शनिबार, साउन १२, २०८१

एकै दिनमा थपिए ४५ सय २४ कोरोना संक्रमित, १८ को मृत्यु

नेपालमा गएको २४ घण्टामा चार हजार ५२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा पीसीआर र एन्टिजेन दुवै विधिबाट गरिएको परीक्षणमा चार हजार ५२४ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १४ हजार ६७२ जनाको परीक्षण गर्दा ४ हजार ३४६ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट १ हजार ९ जनाको परीक्षण गर्दा १६० जनामा संक्रमण पुष्टि भएको छ ।

  • यस्तै गएको २४ घण्टामा थप १८ जनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ भने निको हुनेको संख्या २ लाख ७८ हजार ५०६ पुगेको छ। यस्तै मृतकको संख्या ३ हजार १९४ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार २२५ पुगेको स्वास्थ मन्त्रालयले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal