शनिबार, साउन १२, २०८१

वाग्दुला–भिम गिठे सडकको समस्या नै यो क्षेत्रको सबै भन्दा ठूलो समस्या हो–सांसद तारा जिसी

१) प्रदेशको बजेटबाट प्युठान जिल्लामा केहि आस लाग्दा योजना समावेश होलान्?
~ सन्तुलित बजेट विनियोजन गरिने नीति भनिएपनि अत्यन्त पक्षपातपूर्ण हुन्छ भन्ने त सबैलाई प्रष्ट भएको तथ्य हो। ठूला पार्टी त्यो पनि शक्तिशाली नेताहरुको क्षेत्र मै बजेट केन्द्रीत हुन्छ। हामीले पनि सके सम्मको प्रयास गछौै।
काम भै रहेका सडकमा क्रमागत रुपमा वजेट विनियोजन हुने नै छ,रकम भने गतसाल भन्दा पनि कम हुनेछ।चार वटा नयाँ सडक मैले थपे मध्ये दुई वटा यो क्षेत्रका छन्। अन्य माननीयहरुले कहाँ थप्नुभयो मलाई जानकारी हुने कुरा भएन।
झिमरुकमा.पिपलनेटा–बेवरे–नारिकोट हुदै गुल्मी जोड्ने सडक निर्माण तथा स्तरउन्नती र गौमुखीमा फड्के–गोद्रे–झाँक्रीढुंगा सडक स्तर उन्नती प्यूठान–बाग्लुङ सडक थप गरिएकोछ। महामारी र संघियताको दूस्परिणाम मध्येको सेतो हात्ती यो प्रदेश धान्नै धौधौ भएकोले कुनकुन सडकमा कति कति पर्छ वा पर्दैन भोली मात्र जानकारी मिल्नेछ।
सडक पुलमा झिमरुक ६ कुटिचौर–तुषारा झिमरुक ७ जोड्ने झिमरुक खोलामा सडकपुल, पन्द्रहमूरे–लिवांङ गौमुखी ७ र गौमुखी ६जोड्ने झिमरुक खोलामा सडकपुल,गौमुखी पर्यटक स्थाल जोड्ने घट्टेखोलामा सडकपुल गौमुखी २ मा माग राखिएकोछ । उर्जामा पोलमात्र गाडिएको र आजसम्म पनि विजुली नपुगेको गौमुखी गापा वार्ड नं १,२ र ३ मा विद्युत विस्तारको लागी बजेट विनियोजनको माग गरिएकोछ ।

२) सिंचाई र खानेपानीमा जनताका कुनकुन माग राख्नु भएकोछ?
~ सिंचाई कार्यलय प्यूठानको कार्यशैली र खानेपानी कार्यलयको ढीलो कार्यसम्पादनको तरिका जिल्लाको विकासमा अवरोधको रुपमा देखिएकाछन्। सिंचाइ र झिमरुक तटबन्धनको रकम पोके बजेटको रुपमा आउछ,कार्य सम्पादन गर्ने वेला मनमानी भएको महसुस सवत भएकोछ,यसलाइ सबै मिलेर समाधानमा लैजानुपर्ने आवश्यक छ। यो क्षेत्रका दर्जनौं आवश्यकताको माग गरिएको छ जस्मा: वालुवा फाँट सिंचाइ पक्की कुलो निर्माण झिमरुक ८ प्यूठान (करिव २५सय रोपनी) रु १ करोड, ठूला खोला जेम्मुर सिंचाइ योजना गौमुखी ७ प्यूठान (करिव ५०० रोपनी) रु ५० लाख, झिमरुक छेरुवाखोला बाँसटारी भलापाटा सिंचाइ कुलो निर्माण झिमरुक ८प्यूठान (करिव५०० रोपनी) रु २५लाख, धैरेनी खरिकारुख चितेपानी सिंचाइकुलो निर्माण झिमरुक७ प्यूठान (करिव५०० रोपनी) रु २५लाख, साफ्लेखोला सिम्लेनी सिंचाइ कुलो निर्माण झिमरुक ३ प्यूठान (करिव५०० रोपनी) रु २५लाख र ड्वाटे खोला रतुवाकोट सिमखेत वन्जादे सिंचाइ योजना गौमुखी७ प्यूठान(करिव २५०रोपनी) रु २५ लाख सुरुवातको लागी माग गरिएकोछ। केहि माग गापा बाट पनि आएकाछन्।

तटबन्धनमा झिमरुक तटबन्धन शिर्शकमा रकम आएकोछ,वालुवा फाँटको बाँकी वारीपारी,ढाँड,पिडाँल्ने,मच्छि र गौमुखी गाउपालीकाको बाँकी काम लगायतमा पुरानो बाँकी रहेको काम क्रंमागत रुपमा हुनेछ। झिमुरुक नदी तटबन्धन जोखिम मा रहेको लाकुरीबर–कालीरह गौमुखी ७ पनि माग गरिएकोछ।

त्यस्तै कृषिमा सुन्तला पकेट क्षेत्र निर्माण झिमरुक ७, बाख्रापालन तथा खोर सुधार कार्यक्रम झिमरुक ७ कुता, अमराई सिंचाइ पोखरी झिमरुक ३ आहालखोला, कोट सिंचाइ पोखरी गौमुखी ७,
जिम्मुरकट्टा सिंचाइ पोखरी गौमुखी ४, भट्टराइ टोल सिंचाइ पोखरी झिमरुक ८ नाथेविसुना, उद्योग वन र वातावरण मन्त्रालयमा यो क्षेत्रमाः
लघु उद्योग युवा स्वरोजगार तालीम झिमरुक ७ साविक वडा नं ६, लघु उद्योग युवा स्वरोजगार तालीम गौमुखी गापा वडा नं ७, महिला सिलाइ कटाई तालिम गौमुखी गापा वडा नं ५ खुङ प्युठान रहेका छन्।
त्यस्तै वन क्षेत्रमा जूकखोला–सिम रिचार्ज पोखरी झिमरुक गापा वडा नं ८ प्युठान, खरिकारुख रिचार्ज पोखरी गौमुखी गापा वडा नं ७, उपुल्लाकोट विहुमारीटोल रिचार्ज पोखरी झिमरुक गापा वडा नं ७, छिपछिपे सामुदायीक वन टाकुरा आपा पोखरी वैज्ञानिक वन व्यवस्थापन झिमरुक ७, वातावरणमा निर्माण भएका पोखरीको सौदर्यकरण शिर्षकमाः
पोखरी सौंदर्य करण झिमरुक ७ बोहोरा गांउ पोखरी, वन किनारमा रहेका घर जोखिम नियन्त्रमाः
झिमरुक ७ र ८ को सिमाना काप्रे खोला स्याउलीघारीमा तटबन्धन माग राखिएकोछ।

शिक्षामाः
श्री बलभद्र मावि झिमरुक २ प्यूठान बाउण्डरी वाल निर्माण, महेन्द्र मावि गौमुखी ४ पूजा बाउण्डरीवाल निर्माण, लोकतान्त्रीक प्रावि गौमुखी ७ रातामाटा प्यूठान ४ कोठे भवन, ने.रा. आधारभूत विद्यालय झिमरुक ६ मर्कावाङ्ग प्यूठान २ कोठे भवन,
श्री सिता निमावि झिमरुक ७ कुता प्यूठान ४ कोठे भवन, जनज्योती प्रावि झिमरुक ७ जावुने प्यूठान २ कोठे भवन, श्री ज्ञानज्योती निमावि झिमरुक ८ प्यूठान बाउण्डरी वाल । माग गरिएकोछ।

पर्यटनमाः
ओखरकोट कोटमा भ्यू टावर झिमरुक ५ प्यूठान रु १ करोड, तुषाराकोट गेट,सिडी,बाउण्डरी रेलिंङ क्रमागत झिमरुक ७ प्यूठान ५० लाख ।

खानेपानीः
झिमरुक वेओरे आहालखोला भेडाबारी लिफ्ट खापा झिमरुक ३ प्यूठान,
.छहराखोला काप्रेखोला खापा झिमरुक ७ प्यूठान,
भालूमारे सिम्लेनी खानेपानी झिमरुक ३ प्यूठान,
जुकेना हिड्डाँडा लिफ्ट खापा झिमरुक ७,
फक्रेटा उपल्लो नारीकोट खापा आयोजना गौमुखी ७, लाममेला मेहली पोखरी गाइनढँुगा खापा झिमरुक ७ नयाँ योजना माग गरिएका छन्।

३) झोलुंगे पूलको माग कतै थिएनन्?
~ गत आ.व. कोरोनाको कहर थियो र कायविधि पनि बनेकोले एकातिर बजेटको समस्या अर्को तिर प्रक्रिया पुराउनु पर्ने भएकोले नयाँ थप हुन पाएनन् । त्यसपूर्व माग गरिएका रजवारा–अर्खा जोड्ने पर्यटकीय झोलुंगे पूल,पूजा गाउँ खोलाको झोलुंगे पूल,ठूलावेसी–पूजा झोलुंगे पूल,लामाशेरा–फूलवारी झोलुंगे पूल निर्माण र ढाँड–पिंडाल्ने झोलुंगे पूल मर्मत राखिएको ती मध्ये ठूलावेसी–पूजा झोलुंगे पूल तैयार अवस्था रहेको र लामाशेरा–फूलवारी झोलुंगे पूलको कार्य पनि प्रगतीमा छ। कार्यविधि बने पछि बाकी रहेका झोलुंगे पूलको माग अगाडी बढाउने प्रयत्व भैरहेकोछ। आहालखोलामा हल्ते नजिकै पनि झोलुंगे पूलको माग प्राप्त भएकोछ,त्यसको प्रक्रिया अघि बढ्दैछ।

४) तपाइले प्रस्तुत गरेका योजनाहरुले प्युठानका सबै क्षेत्रलाइ ओगट्न नसकेको देखिन्छ त?

~ सडक, सडकपुल, नहरहरु बारे प्रदेश राजमोको निर्णय अनुसार माग प्रस्तुत गर्ने हो। यो क्षेत्रमा माग गरिएका सडक राजमोले निर्णय गरेको हो।केहि झिना मसिना माग त्यहाका जनताले टिपाएका माग हुन्। पालीकाले आफ्ना माग निर्णय गरेर वा अध्यक्षहरुले सिधै पठाउने र मन्त्रालयमा टिपाउने पनि गर्नुहुन्छ। त्यो भएर मैले प्रस्तुत गरेका माग केहि राजमोको निर्णयका र केहि आम जनताका हुन्। अलग अलग जसरी भए पनि क्षेत्रको विकासमा टेवा पुराउने नै उदेश्य हो।

५) प्युठानमा पहिले देखि नै चर्चामा आएको वाग्दुला–भीमगिठे सडकको माग त आएन? किन अलपत्र परिरहेको छ?
~कोइलावास–भालुवाङ–वाग्दुला–भीमगिठे मुस्ताङ हुदै चीन जोड्ने यो त्रीदेशिय सडक हो। तराई पहाड र हिमाल जोड्दै भारत नेपाल र चीन जोड्ने यो सबै भन्दा छोटो दूरीको सडक हो,जुन हाम्रो लागी अवसर वा सौभाग्य नै हो भन्न सकिन्छ । त्यही हाम्रो लागी दूर्भाग्य सावित भएको छ। देश चलाउने र पटक पटक सत्तामा पुगेर आफु र आफ्नालाई मात्र देख्ने,देश र जनताको हित भन्दा आफ्नौ स्वार्थलाई सर्वोपरी राख्नेहरुले नै यो ऐतिहासिक महत्वको सडकको यो हविगती गराएका रहेछन्। यो सडक प्यूठानका ९ स्थानीयतह मध्ये ५वटा पालीका केन्द्र हुदै र अरु ४ वटाको नजिक हुदै जान्छ। प्रदेशको नयाँ राजधानी क्षेत्र नै यसको नेपाल प्रवेशद्दार हो। यो सडक कति महत्पूर्ण हो भन्ने कुरा माथीका तथ्यहरुले प्रष्ट गर्दछ। दुई बर्ष पहिले यो सडको ग्रेवल र कालो पत्रेको लागी ठूलावेशी वाग्दूला खण्डमा गरिएको अन्तिम सर्वेले यो क्षेत्रका जनता लामो समयपछि सडकको उद्दार हुने भयो भनेर ढुक्क भएका थियो। तर हाम्रो आशा चाडै नै निराशामा वदलियो । भारतको एंक्जीम बैंकले ठेक्का लिएको,कालो सुचीमा परेर जेलमा परेकोछ भन्ने सुनियो। उक्त कम्पनी ले भारत र नेपालका नेता र कर्मचारीलाइ करोडौं घुस दिएर ठेक्का हात पार्ने र काम अलपत्र पार्ने रहेछ।
हाम्रो देश त अपराधी माफियाहरुको लागी स्वर्ग मानिदो रहेछ। तर भारतमा ठेक्का अलपत्र पारेपछि उ समातिएर जेल परेको छ भन्ने सुनिन्छ।

६) त्यसाे भए यो सडक अलपत्र पार्ने को हो त?
~स्पष्ट छ जुन सरकारको पालामा यो ठेक्का भयो र अर्को त्यसपछि आउने सरकारको पनि मुख बन्द गर्दै गयो। हामी त धान खाने मुसो चोट पाउने भ्यागूता जस्ता भएक छौ।
ऐतिहासिक महत्वको यो सडक केन्द्रको दायित्व भित्र पर्दछ,संघको माननीय दुर्गा पौडेल ज्यू ले गत साल त्यो ठेक्का तोडाउने सफलताको नजिक पुग्नु भएको थियो र त्यही मौका मा मैले प्रदेशका मन्त्री र माहाशाखा प्रमुखलाई यो सडकको यस्तै वृतान्त बताएर प्रदेश गौरवको आयोजनामा राखेर प्रयाप्त बजेट विनियोजन गर्न काफी प्रयास गरे,तर विवाद नसकिएकोले ५० लाखमात्र विनियोजन भयो।पूर्वाधारको वित्ता नाप्ने काम भन्दा यसमा काम गरेका ठेकेदारले केहि राम्रो गरे जस्तो देखिन्छ र नै यो सडकमा अहिले केहि सुधार भएकोछ। यो आ.व.मा पनि यस सडकमा रकम विनियोजनको लागी मन्त्रालयमा छलफल गरेकि थिए तर ठेकेदारले गर्ने काममा हामीले बजेट पटक पटक राख्न नहुने भनी यो वर्ष बजेट नपर्ने देखिएको छ।माननीय दुर्गा पौडेलले नयाँ ठेक्काकोलागी पहल गरिरहनु भएको छ। अब छिट्टै यस क्षेत्रको जीवन रेखा मानिने यो सडक बन्नेछ भन्नेमा हामी ढुक्क छौ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal