शनिबार, साउन १२, २०८१

संघीयता र एमसिसी खारेज गरौं

कमला बगाले

 

चारै तिरबाट घेरिएको हाम्रो देश कस्तो ।
त्यहि सानो देश पनि लाग्छ टुकृयला  जस्तो ।।
नेताहरुलाई भने कुर्चीकै खेलमा तानातान छ ।
जनताहरु भन्ने बाढिपहिरोमा पुरिएर बेहाल छ ।।

नेताहरु भने आफ्नै महलमा ब्यस्त छन ।
जनताहरु भने सडक र पेटिमा बस्न बाध्य छन ।।
कहिले सम्म जनताहरुले सडक र पेटिमा बिताउने।
जनताको यस्तो हालतमा पनि नेताहरुले किन नबुझ्ने ।।

नेताहरुलाई भने चिल्ला चिल्ला कार नभइ भएको छैन ।
दुखि गरिब जनतालाई खरले छाएको झुपडी पनि छैन ।।
राष्ट्रीघाटी एमसिसि पास गर्छु भन्छन अझै देशमा ।
सानो देशलाई पनि टुक्राउन खोज्दै छन संघीयताको नाममा।।

जुन नेताहरु आएपनि देश बचाउने कुरा गर्दैन ।
श्रमजीवी जनताका कुरा नेताहरुले सुन्दै सुन्दैन्।।
जनताहरु लाई भ्रममा पार्ने काम किन गर्छ खै नेताहरुले।
कहिले सम्म भाषण मात्र सुनेर बस्ने हो हामी जनताले ।।

अब हेरौं नयाँ सरकार कस्तो बन्छ हामिले ।
एमसिसि देशमा भित्राउन दिनु हुदैन हामी जनताले ।।
एमसिसि देशमा भित्रियो भने यहि सानो देश पनि गुलामी बन्छ ।
त्येसैले त अब हामी श्रमजीवी जनता एक जुट भएर उठ्नै पर्छ ।।

सबै मिली संघर्ष गरेर एमसिसि खारेज गर्नुपर्छ ।
यो राष्ट्रीघाटी एमसिसि लाई अब नेताहरुको मुखबाट हटाउनै पर्छ ।।
सबै उठौं जुटौं संघियता र एमसिसि खारेज गरौं ।
नेताहरुले देश बचाउदैन अब हामी जनता हरु संघर्षमा जुटौं ।।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal