शनिबार, साउन १२, २०८१

धारेहात लाउन  बन्द गर

 

धर्मराज शर्मा

हिजो पनिअायकै हुन नेत्रीत्वोलाई धारेहात लाउँदै।
अाज पनि अायकाछन उस्तै गाली गलौज गर्दै ।
भोलि पनि अाउँने नै छन नेत्रीत्वो धोकेबाज भन्दै।
पर्सी पनि अाउनेछन दक्षिणपन्थीको जालो बुन्दै।
समय समयमा अाउनेछन गाली गलौजको पगरी लाउदै।।

बिहान जुरुक्क उठ्नासाथ नेत्रीत्वो ऐना हेर्दैछन रे।
हातमुख धुनु छैन चियाको प्यला सँगै सराप दिन्छन रे।
न्वाँई ध्वाँई गर्ने हैन मन्त्रनै नेत्रीत्वो कन्ठ पार्दैछन रे।
अरु त छाडौ निद्रामा पनि नेत्रीत्वोकै माला जप्दैछन रे।
एउटै स्वरमा कथित क्रान्तिकारी धुरु धुरु रुँदैछन रे
अार्थिक मँन्दी गरि नेत्रीत्वो धोष्त पार्ने नीति बनाउदैछन रे

फोनमा बोल्दा नेत्रीत्वो लाई धारे हात लाउदैछन रे।
हाँस्दा पनि नेत्रीत्वोलाई गिजाउदै हाँस्दैछन रे।
खाँदा पनि नेत्रीत्वोलाई सम्झि सम्झि बल चढाउछन रे।
नितिका कुरा गर्दा नेत्रीत्वोलाइ दक्षिणपन्थि बनाउछन रे।
पद्वतीका कुरा गरे फेसबुकैमा शर्बोच्च बोलाउछन रे।।

कथित क्रान्तिका सँगित सुनाउदै हिड्दैछन रे।
अराजक्ता को खेति गरी क्रान्ति गर्छु भन्दैछन रे।
स्वच्छचारिताको शिकार गरी भकारि भर्दैछन रे।
जिल्ला र क्षेत्र छुटाउन नसक्नेले चियो गर्दैछन रे। अधिनायकबादले ग्रस्थित बनी पदलोलुप्ता देखाउदैछन रे

मुल प्रवाहको लोगो र लेटरप्याड बैधानिक मान्दैछन रे।
सदस्यता प्याड पनि मुल धार्कै प्रयोग गर्दैछन रे ।
केन्द्रीय अध्यक्षको हस्ताक्षर पनि बैधानिक मै चल्छन रे।
चिन्तन पनि कस्तो ब्याक्ती मात्र अबैधानिक मान्छन रे।
समानन्तर समिति भन्दै युवाहरुलाई भ्रम छर्दै छन रे।
कथित क्रान्तिको नाममा धेरैलाई बन्दी पार्दैछन रे।।

तिम्रा लोक प्रियताका मन्त्र नजपे हुन्छ अब।
सचेत कार्यकर्ता अाम नेपाली जागि सके ।
कथीत क्रान्तिका मिठासका मिठाई चाखिसके।
अराजक्ता लाई प्रस्त पार्न ठाउँ ठाउँ बाट जागि सके।
सँगठन निर्माणका लागि कार्यकर्ताले झोला बोकि सके।।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal