बिहिबार, चैत्र १५, २०८०

देशको लागि लड्नु परे छोरी पनि लड्ने छन

 

– माया थापा, हैदराबाद,

छोरी भएर जन्मिनु के अपराध होर ,
छोरा मात्रै तिम्रा सन्तान छोरी होइन र ।

छोरी पनि तिम्रो सन्तान छोरा सर होइन ,
हकअधिकार पाउनु पर्छ भन्ने होइन र ।

अंश बन्द लाउनि बेला छोरा मात्रै गनिने ,
छोरिले नि हक माग्दा पराई भनिने, ।

छोराले गल्ती गर्दा सुईकार्दछन सजिलै ,
छोरिले गल्ती गर्दा अपराध बरिलै ,।

किताबमा त लेखियछ छोरी को नि अधिकार ,
अधिकार माग्न जादा गर्छन तिरस्कार ,।

छोरिलाई गर्नि भेदभाव कहिले सम्म गर्नि हुन
भित्र भित्रै पिल्सियर कति मर्नि हुन ,।

तै धर्तिका सन्तान होनि छोरी चेलि बुझिदेउ ,
बलतकारि हत्यारालाई फाँसी सजा देउ।

उठ जुट छोरी चेलि चुपलागि नबस ,
हकको लागि लडनु पर्छ पछि नहत ।

देशको लागि लडनु परे छोरी पनि लडने छन ,
तातो गोलि छाति थापि अघि बढने छन ।

यति भन्दै रोक्छु मैले सानो मेरो कलम ,
यो गितलाई यहि रोक्छु लाल सलाम ✊✊

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal