बिहिबार, चैत्र १५, २०८०

राष्ट्रिय जनमोर्चाको ब्यानरमा कथित बिद्रोही

 

बिन बहादुर रेग्मी प्युठानी

भनेर मात्रै क्रान्तिकारी भइँदैन, निति सिद्धान्तलाई व्यवहारको कसीमा दाँजेर मात्र प्रमाणित गर्न सकिन्छ। यसो त कम्युनिस्ट नैतिकता र आचरण कायम राख्न यो पुजीवादी व्यवस्था र समाजमा सजिलो छैन । तैपनि आमूल परिवर्तन र जनवादी क्रान्तिको लागि कम्युनिस्ट आन्दोलन म होमिएका लाल यौद्धाहरु सर्वप्रथम आफूले आफैलाई बदल्नु पर्छ, निजी व्यक्तिगत, पारिवारिक, दलगत स्वार्थ भन्दा माथि उठेर समाजमा क्रियाशील हुनु पर्छ। पार्टी लाइन नीति निर्देशनमा जनताको बीचमा रहेर जनताको हितमा काम गर्न सक्नु पर्छ। जनताको मन जितेर आफूलाई लोकप्रिय जनप्रिय बनाउन सक्नुपर्छ। कसले के भन्यो कसले के गर्यो भन्दा पनि मैले के गरें आत्मसमीक्षा गर्नुपर्छ। विभिन्न समयमा विभिन्न प्रकारका कारणले अलग अलग प्रकृतिका कारबाहीमा परेका मान्छेहरू भेला भएर गरिने भेला सभा गुटबन्दी गालीगलौज अराजक गतिविधि यी सबै पलायनवादी सोच हुन। नेकपा मसाल को आठौ महाधिवेशन सम्पन्न भइसके पछि सबै पुरै पार्टीको काममा एक मन एकता कायम गरेर लाग्नु पर्थ्यो तर त्यसो भएन। सिधै नेतृत्वको विरूद्ध आक्रोशमा आवेशमा हतारमा भेला गुटबन्दी गालीगलौज अराजक गतिविधि गर्न थाले, अलग अलग समयमा विभिन्न प्रकारका कारणले अलग अलग प्रकृतिका कारबाहीमा परेका मान्छेहरू खोजी खोजी राजमो को ब्यानरमा कथित बिद्रोही भेला गरेको समाचार सार्वजनिक भयो। यसबाट के कुरा पनि स्पष्ट भयो भने विगतमा पार्टीका निर्णयहरु प्रभावकारी कार्यान्वयन नहुनुको कारण यिनै थिए, चुनावमा पराजय हुनुको कारण पनि यिनै थिए। आफै सामेल भएका आफै आचारसंहिता बनाएर तल सम्म फोरम चलाएका, प्रतिनिधि छनौट गर्ने र बन्दसत्र हलमा हुने प्रक्रिया सबैमा सामेल भएर आफ्नो प्रस्तावले हारे पछि बहुमतको प्रस्ताव पास हुने र बहुमतकै केन्द्रिय समिति बन्ने कुरा सामान्य प्रक्रिया हों। बन्दसत्र को हलबाट बाहिर निस्किँदा सम्म सौहार्दता थियो। हामीले सोच्यौं अब पार्टी काममा सबै एक ढिक्का भएर जानेछौ, अल्पमतको विचार अब अर्को महाधिवेशन सम्म रिजर्व भयो। हामीले महाधिबेसनको संदेश तल सम्म दिँदै गर्दा कतिपय लाई सहन भएन। सुस्त सुस्त गतिमा विरोध गर्ने बोल्ने बर्बराउने गर्दा गर्दै सिधै महाधिबेसनको विरोध गर्न पुगे, विरोध गर्दा गर्दै मसाल नेतृत्व दक्षिणपन्थी भइदियो भनेर आरोप लगाए। कतिपयले दक्षिणपन्थी हुँदैछ अझै भएको छैन पनि भन्दैछन्। तिनीहरूको बीचमा बोलीमा एकता छैन। आफैले प्रतिक्रियावादी दुस्मन भनेको कांग्रेस संग मिलेको आरोप लगाएका छन्। त्यसकारणले दक्षिणपन्थी भयो भन्नेहरू पनि छन्। यिनीहरूलाई थाहाँ छ राजनीतिमा आबस्यकता अनुसार कार्यगत एकता तालमेल संयुक्त मोर्चा गठबंधन गर्नु पर्छ दुस्मन शक्ति सँग संघर्ष एकता संघर्ष र मित्रशक्ति सँग एकता संघर्ष एकता को निति लागू गरिन्छ। यो त सबैलाई आम सचेत नागरिकलाई समेत थाहाँ छ तर मसालले जे जे गरे पनि जे जे बोले पनि विरोध गर्ने पुर्वाग्रही सोचले यिनीहरू यति सम्म गिरे की मसालले एम सी सी को विरोध गर्दा पनि समर्थन गरेनन। एम सी सी को विरोध भन्दा मसालको विरोध प्रमुख बन्न पुग्यो यिनीहरूको लागि। मसाल देशव्यापी आन्दोलन मा छ उनीहरु बिद्रोही भेला समिति गठन जोडघटाउ मा लागेका छन्। हिजोको दुई नम्बर प्रदेशमा सम्पन्न कथित भेला पनि त्यसकै थप कडी हो। जसलाई राजमो पार्टी केन्द्रले अवैधानिक र अमान्य भन्दै खारेज गरी सकेको छ। हामीहरूलाई थाहाँ छ छिट्टै अन्य प्रदेशमा पनि समानान्तर कमिटी गठन गर्नेछन् तल सम्म आफ्नो अलग्गै सयन्त्र खडा गर्नेछन् तर राजमोको नाम र लोगों राख्न मिल्ने छैन यात जागरण नाम राख्नु पर्ने छ या त अरु कुनै चरा मूसा। तब तक मसालको विरोध र खेदो भैरहने छ। त्यसैमा उनीहरू आफू क्रान्तिकारी साबित गर्ने प्रयत्न गर्नेछन्। निश्चित रूपमा छिटो ढिलो थुन्समुनी को बिरालो म्याउँ म्याउँ गर्ने नै छ। क्रान्तिकारी बन्ने चक्करमा माओवादी ले जस्तो ससस्त्र युद्ध को घोषणा गरे भने उग्रबामपन्थी भड्काव हुनेछ जुन हामीले भन्दै आएका छौं। विप्लवको जस्तो छिटपुट कार्यबाही गरेर कम्युनिस्ट क्रान्ति सफल हुने होइन, त्यो भन्दा बढी अगाडि बढेर क्रान्तिको उद्घोष गर्ने यिनीहरूको चिन्तन र सोचले दिने छैन, जे होस् विगतमा डिलाराम परी नवराज रामसिंह को जस्तो दुःखद पतन वा विलय नहोस्। क्रान्ति को चर्को कुरा अन्य पार्टीमा प्रवेश गर्न भाउ मोल गर्ने साधन नबनोस। मसालले क्रान्ति गर्न दिएन भनेर बहाना बनाउन मिल्ने छैन। क्रान्ति गर्न अलग भएका कथित क्रान्तिकारी सँग हाम्रो मैत्रीपू्ण सम्बन्ध रहनेछ। आबस्यकता अनुसार कार्यगत एकता, संयुक्त मोर्चा, गठबंधन त्यो पनि एकता संघर्ष एकता को निति अन्तर्गत हुने छ। क्रान्ति गर्न अलग भेला हुने साथीहरूलाई हाम्रो कुनै पूर्वाग्रह छैन। हामी स्पष्ट छौं। त्यो बाटो गलत छ। तिमीहरूले गल्ति गरि सक्यौँ। बाटो बिराएर धेरै टाढा पुगि सक्यौँ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal