शनिबार, साउन १२, २०८१

पैतलादेखी टुप्पिसम्मको बल लगएर मसालमाथी जाइ लाग्नेहरु घोर अवसरबादिहरु हुन

 

बिन बहादुर रेग्मी प्युठानी

मसाल र राजमो संग सम्बन्धित टिका टिप्पणी आएका ले मेरो ध्यानाकर्षण भएको छ, यद्यपि मेरो निजी र नितान्त व्यक्तिगत धारणा व्यक्त गरेको छु।सर्वप्रथम, यहा ऊपस्थित सबै सबैलाई हार्दिक स्वागत गर्दछु खास गरी नकारात्मक कमेन्ट गर्ने बिरोधीहरू लाई । सबै प्रश्न एऊटा जिऊदो मान्छे ले ऊठाऊन सक्छ र ऊसलाई ऊत्तर पनि थाहा हुन्छ, कतिपय कुरा मा ऊ अज्ञानी हुनसक्छ । मसाल एऊटा जिवित पार्टी हो भन्ने प्रश्नकर्ता सबैलाई थाहा छ । जसमा आऊने जाने चलिरहने प्रक्रिया हो भन्ने कुरा बिरोधीहरू ले पनि राम्ररी बुझेका छन् । कोही आऊदा बिरोधीहरू मौन बस्छन र कोही जाँदा बिरोधीहरू नानाभातीका गरमागरम टिप्पणी सुरु गर्छन।

कुनै न कुनै कोणबाट मसाल गलत भएको सावित गर्न लाख कोशीस गर्छन।खासगरी अवसरवादी अराजक तत्वहरू जाग्छन र जाई लाग्छन यो नया कुरा होइन । यसले पनि के प्रमाणित गर्छ भन्दा नेकपा मसाल, राष्ट्रिय जनमोर्चा मा अनुशासनात्मक कार्यवाही कडा छ।

राजनैतिक वैचारिक रूपमा थोरै पनि, कसैमा पनि विचलन आयो भने यहा ठाऊ छैन। हो, जानेहरू लाई मसालमा हुँदा सम्म आवश्यकता भन्दा बढी सम्मान र जिम्मेवारी दिइएको कमजोरी हुनसक्छ तर त्यो परीक्षा पनि हो, पास हुनेहरू वर्गिय माया लछप्पै भिजेका सॅघर्षशिल साथिहरू सॅग आखाको नानी भएका छन्, फेल हुनेहरु बिरोधीहरू का हिरो बनेका छन्, तिनीहरू कै नाम र फोटोहरू ले ऊनिहरू को भरपुर मसाला सहितको मिडिया खुराक बनेको छ, केही दिन सम्मको लागि मसाल राष्ट्रिय जनमोर्चा माथि खनिन शक्ति मिलेको छ, यसलाई हामिले अन्यथा लिदैनौ। किनकि यिनै बिरोधीहरू को बिरोध गतिविधि नै हाम्रो ऊज्वल भविष्य निर्माण को संकेत हो। अब रह्यो कुरो ति जानेहरू लाई रोक्नुपर्थ्यो भन्ने? के केशरजॅङ्ग रायमाझी लाई रोक्नुपर्थ्यो? के नवराज सुवेदी लाई रोक्नुपर्थ्यो? के बाबुराम भट्टराई लाई रोक्नुपर्थ्यो? के गिरधारीलाल न्यौपाने लाई रोक्नुपर्थ्यो? के के कस कसलाई ….? ? ? व्यक्तिगत स्वार्थ र पारिवारिक समस्या टार्न कै लागि मसाल छोडेकालाई रोक्नु हुँदैनथ्यो, रोकेनौ पनि। कसैले मसाल सखाप पार्ने महाधिवेशन मै निर्णय गर्छन फेरि पनि मसाल आज पनि जिवित छ। बिरोधीहरू को यि हलचल ज्वलन्त प्रमाण हो ।यसले के देखाउँछ भने मसाल को जीत हुदैछ

।अब भन्नुस कसरि? मसाल राजमो क्रान्तिकारी भएन? भएन भनेर जानेहरू ले कहि कतै क्रान्तिकारी छलाङ्ग मारेको ता देखिएन नि। हो घरगोठमा टीन अवश्य टल्काए होलान्, हामिले त्यसलाई क्रान्ति (?) मान्दैनौ। धन्यवाद छ, जुनसुकै सोच र कोणबाट भए पनि मसाल राजमो को बिषयमा शब्द विचार स्टेटस, समाचार प्रशारण गर्न बिरोधीहरू बाध्य छन। नेकपा मसाल को आठौ महाधिवेशन देखि जागरण क्लब बनाएर कथित विद्रोह गर्नेहरूको हविगत पनि दयनिय नै छ। मसालले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेका र लामो समय देखि निष्क्रिय बसेका एमाले एमाओवादी राप्रपा कांग्रेस मा गएर पनि काम नलागेका अवसरवादी मौकापरस्त तत्वहरू भेला गरेर कस्तो क्रान्तिकारी बन्ने होलान? सहजै अनुमान गर्न सकिन्छ। सुदुर पश्चिम प्रदेश स्तरिय र दुई नम्बर प्रदेशमा सम्पन्न कथित भेला लाई ठूलो मन बनाएर बधाई भन्नै पर्छ, आऊनेहरू लाई जसरी भव्य स्वागत गरिन्छ।जानेहरूलाई पनि सबै सबैलाई हार्दिक विदाई अभिवादन भन्नै पर्छ।

मसाल सिध्याउने खेल भइरहेको छ, जागरण क्लबका मान्छेहरूको नियतमा खोट छ। आगामी दिनमा देसै भरी तल सम्म यस्तै प्रकारले तिनीहरूले समानान्तर कमिटी गठन गर्नेछन्। अहिलेको अवस्थामा जो जति मसाल राजमो मा क्रियाशील छन् तिनीहरू जानें छैनन। पार्टी कसको गाली गलौच सत्तो सराप ले सकिँदैन। भुक्ने कुकुर भुकिरहन्छ। हामिले क्रान्तिको लागि  काम गर्दैजानुपर्छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal