शनिबार, साउन १२, २०८१

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, प्यूठानमा छनोट भए ४२ विद्यालय

अनुज पछाई , प्यूठान ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा प्यूठानका ४२ बिद्यालय छनोट भएका छन । प्यूठान जिल्लामा रहेका ३९७ बिदालय मध्य ४२ वटा बिद्यालय राष्ट्रिपति शैक्षिक सुधार कार्यक्रममा छनोट भएका जिल्ला शिक्षा कार्यालयका समनवयन इकाइ प्रमुख शिबराज पण्डितले बताएका छन ।
राष्ट्रिपति शैक्षिक सुधार कार्यक्रममा माण्डबी गाउपालिकाका ६ वटा बिद्यालय छनोट भएका छन । जसअन्तर्गत भवानेश्वरी मा बि जस्पुरमा ४ कोठे भवन , बागेश्वरी मा बि तिघ्रामा २ काठे भवन , सुन्नानी आधार माबिमा ४ कोठे भवन , कामेक्ष माबि उदयपुरकोटको लागी आइ सि टि ल्याब ब्यबस्थापन , गणेश मा बि तिराममा पनि आइसिटि ल्याब ब्यबस्थापन र माण्डबी मा बि नयाँगाउमा ल्याब ब्यबस्थापन को लागी छनोट भएका छन ।
त्यस्तै झिमरुक गाउपालिकामा बालज्वती प्राबि मा ४कोठे भवन , कमिरपानी आधारभुत बिद्यालयमा २ कोठे भवन ,चिरायु माबि को लागी आइ सि टी ब्यबस्थपन , सर्बाेदय मा बि बादिकोटको लागी आइसिटि ब्यबथ्थापन, सर्बोदय माबि र बालशिक्षा माबि ओखरकोटमा पनि आइसिटी ब्यबस्थापनको लागी छनोट भएका छन ।
यता प्यूठान नगरपालिकातर्फ जानकी माबि चितिखोलामा ४ कोठे भवन ,सिद्य मा बि जुम्रिकाडामा २ कोठे भवन , सरस्वती आधारभुत मा बि , आदर्श माबि खप्रिङखोला र जनता माबि बाग्दुलाको लागी लागी आइ सि टी ब्यबस्थापन को लागी छनोट भएका छन ।
त्यस्तै स्वर्गद्धारी नगरपालिका तर्फ चन्द्रेश्वरी प्राबिको लागी ४ कोठे भवन बाल सस्कृतिका प्राबिको लागी २ कोठे भवन , सूर्यदय माबि बेलबास र जनता माबि बर्जिबाङको लागी आइ सि टी ब्यबस्थपनको लागी छनोट भएको छ । त्यस्तै सरुमारानी गाउंपालिकामा
 श्रमरानी मा बि बुढीचौर मा ४ कोठे भवन , भिमसेन माबि मा २ कोठे भवन , सत्य माबि ददेरीमा ४ कोठे भवन र जनता मा बि बडडाडामा आइसिटि ब्यबस्थापन खडकेश्वरी मा बि दर्भान र सरस्वती मा बि बाङगेसाल ल्याब ब्यबस्थापनको लागी छनोट भएको शिक्षा समन्वयन इकाइ प्रमुख पण्डितले बताएका छन ।
त्यसै गरि मल्लरानी गाउपालिकामा भानुभक्त माबिमा ४ कोठे भवन , खलंगाा आधारभुत बिद्यालयमा २ कोठे भवन र जनता मा बि को लागी आइ सि टी ब्यबस्थापनको तर्फ छनोट भएका छन ।
त्यस्तै गौमुखि गाउपालिकामा गौमुुुखि मा बि मा ४ कोठे भवन , रातामाटा प्राबिको लागी २ कोठे भवन , बाल सुधार आधारभुत बिद्यालय र जनजीबन आधारभुत बिद्यालयको लागी आइसिटी ब्यबस्थापनको लागी छनोट भएका छन ।
त्यस्तै नौबहिनी गाउपालिकामा नेरा प्राबिको लागी २ कोठे भवन , ज्ञानजवती आधारभुत बिद्यालयको लागी २ कोठे भवन , अनदनासत बिद्यालय र लुप्लुङ मा बि लुङको लागी आइ सि टी ब्यबस्थापनको लागी छनोट भएको छ।
ऐरावती गाउपालिकातर्फ पद्यमोदय माबि धुबाङमा ४ कोठे भवन , धर्माेदय माबि मा २ कोठे भवन र महेन्द्र मा बि सरङबेशीको लागी आइ सिटी ब्यबस्थापनको तर्फ छनोट भएका छन ।
देशभरका चार हजार १ सय ५७ सार्वजनिक विद्यालय छनोटमा परेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले देशभरका चार हजार १ सय ५७ विद्यालय छनोट गरेको हो ।
जसमध्ये ४ कोठे भवन ९ सय ७६, दुई कोठे भवन ९ सय ६६, आइसीटी ल्याब व्यवस्थापन दुई हजार १ सय ६, प्राविधिक ल्याब ८८ र नयाँ प्राविधिक विद्यालय स्थापना २१ निर्माण गरिने भएको छ ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलका अनुसार ४ कोठे भवन निर्माणका लागि प्रतिविद्यालय ३६ लाख, दुई कोठे भवन निर्माणका लागि १८ लाख, आइसीटी ल्याब व्यवस्थापनका लागि ६ लाख ५० हजार, नयाँ प्राविधिक धार सञ्चालनका लागि ल्याब व्यवस्थापन तथा शिक्षण सहयोग अनुदान २१ विद्यालयलाई ७० करोड ५९ लाख ६ हजार, गत आर्थिक वर्षमा ल्याब व्यवस्थापनका लागि छुट विद्यालयका लागि अनुदान १४ विद्यालयका लागि ३३ करोड ६० लाख र प्राविधिक धार सञ्चालित विद्यालयमा ल्याब सुदृढीकरण तथा स्तरनोन्नितका लागि अनुदान ८८ विद्यालयलाई ८८ करोड रकम छुट्याइएको छ ।
राष्ट्रपति शैक्षिक सुधारका लागि ७ अर्ब ८५ करोड ५१ लख रकम छुट्याएको छ । विद्यालय छनोट गरी बाँकी १ अर्ब ३८ करोड रकम बाँकी रहेका स्थानीय तहका विद्यालयमा छुट्याइने शिक्षामन्त्री पौडेलले बताएका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal