
अनुज पछाई , प्यूठान । सरुमारानी गाउपालिकामा निःशुल्क पशु स्वास्थ्य सिबिर सञ्चालन भएको छ । सरुमारानी गाउपालीकामा पशुपालन गर्दै आएका कृषक दाजुभाइलाई लक्षित गर्दै निशुल्क पशु स्वास्थ्य सिबिर गत माघ २६ गतेबाट सञ्चालनमा आएको सरुमारानी गाउपालिकाका पशु शाखाका प्रमुख केशब गीरीले जानकारी दिएका छन ।
गत माघ २६ गते सरुमारानी गाउपालिकाको वडा नं. ५ जस्पुरमा राखिएको उक्त सिबिरमा करिब १८० बढी कृषकहरुले सेवा प्राप्त गर्न सफल भएको पशु शाखा सरुमारानी गाउपालिका प्यूठानका प्रमुख गीरीले बताएका छन ।
उक्त पशु स्वास्थ्य सेवा शिबिर आइतबार सरुमारानी गाउपालिकाको वडा नं. १ झिलिबाङमा सञ्चालन गरिएको थियो । सिबिरमा करिब ९८ बढी पशु पालन गर्दै आएका कृषकका २२ सय ३२ वटा पशुपन्छिको चेकजाच तथा औषधी प्रदान गरिएको सरुमारानी गाउपालिकाका पशु सेवा शाखा प्यूठानका प्रमुख गीरीले जानकारी दिएका छन । उनका अनुसार ७ वटा कुकुरलाई रेकिज बिरुद्धको ओप पनि प्रदान गरिएको छ । उक्त सिबिरमा बिभिन्न जीवाणु बिरुद्धको औषधी वितरण , बोकाको बन्ध्याकरण , सम्पूर्ण रोगको उपचार तथा औषधी वितरण ,कुकुरलाई रेविज बिरुद्धको खोप लगायत पशुपन्छि सम्बन्धि जानकारी पनि प्रदान गरिएको थियो । सरुमारानी गाउपालिकाले पालिका भरी नै पशु सेवा सञ्चालन गर्ने उद्देश्यका साथ यो भन्दा पहिला पनि ३ वटा पशु स्वास्थ्य सिबिर सञ्चालन गरिसकेको सरुमारानी गाउपालिकाका पशु सेवा शाखाका प्रमुख गीरीले बताएका छन ।