
अनुज पछाई , प्यूठान । प्यूठान जिल्लामा सञ्चालनमा रहेको अर्धबार्षिक परीक्षा स्थगीत गरिएको छ । प्यूठानमा सञ्चालन भएको जिल्ला स्तरीय कक्षा १ देखि १२ सम्मको अर्धबार्षिक परीक्षा स्थगीत गरिएको मा बि परीक्षा समिति प्यूठानका अध्यक्ष चक्रपाडी पौडेलले बताएका छन । नेपाल र अमेरीका बिच भएको एमसीसी सम्झौता अनुमोदनको बिरुद्ध आयोजित नेपाल बन्दका कारण प्रभाबित हुन सक्ने सम्भाबनालाई मध्यनजर गर्दै आज सोमबारको परीक्षालाई स्थगीत गरिएको प्राथमिक परीक्षा समितिका अध्यक्ष भक्त बहादुर केसीले बताएका छन । साथै १६ गते सोमबारको परीक्षा कक्षा १ देखि ५ सम्म फागुन १८ गते र कक्षा ६ देखि १२ सम्मको लागी बाकि परीक्षा फागुन १९ र २० गते गर्ने निर्णय गरिएको मा बि परीक्षा समिति प्यूठानका अध्यक्ष पौडेलले बताएका छन ।