मङ्लबार, मंसिर १०, २०८२

नेपाल शिक्षक महासंघ जिल्ला समिति प्यूठानद्धारा प्यूठान नगरपालिकाका प्रमुख कक्षपतिलाई ज्ञापनपत्र

अनुज पछाई प्यूठान । नेपाल शिक्षक महासंघ जिल्ला समिति प्यूठानद्धारा प्यूठान नगरपालिकाका प्रमुख अर्जुन कुमार कक्षपतिलाई शुक्रबार ज्ञापनपत्र बुझाएका छन ।
प्यूठान नगरुपालिकाका शिक्षा शाखा प्रमुख बिष्णु पोख्रेललाई बिद्यालयमा पठाउने सहमति नगरपालिका शिक्षा ,युवा तथा खेलकुद शाखमा लगाइएको ताला खोल्नेकुरामा भयको सहमतिप्रति नेपाल शिक्षक महास प्युठानको गम्भिर ध्यानकर्षण जनाउयदै ज्ञापनपत्र बुझाएको हो । शुक्रबाट खनेपाल शिक्षक महासंघ जिलला सििमति प्यूठामनले बुझाएको ज्ञापन पत्रमा लेखिएको छ – “कति कर्माचारिको आवश्यक्ता रहन्छ सो निर्केयाल गर्ने अधिकार सम्बन्धित पालिकाको हुने र सो को व्यवस्थापनको जिम्मा पनि कार्यपालिकाको नै हुने भएकोले राजनैतिक आस्थाको आधारमा विमति भएको कारण कुनै एउटा विद्यार्थी संगठनले नगरपालिकाको शैक्षिक कार्य व्यवस्थापन गर्न काजमा ल्याएका जिम्मेवार शिक्षकलाइ काज फिर्ता को माग राख्नु र ताला लगाउनु अनि ताला खोल्ने वहानामा विद्यार्थी संगठन संग काज फिर्ता गर्ने सहमतिप्रति नेपाल शिक्षक महासंघ प्युठानको गम्भिर ध्यानाकर्षण भयको छ।” नेपाल शिक्षक महासंघ जिल्ला समिति प्यूठानका अध्यक्ष शेर बहादुर थापाक्षेत्री र सचिब जानका केसीको संयुक्त हस्ताक्षरीत ज्ञापन पत्रमा विद्यालयमा कुन शिक्षकको आवश्यक्ता हुन्छ सो कुरा सम्बन्धित विद्यालयको सरोकार हुने, शाखामा कुन जनशक्ति राख्न आवश्यक हुन्छ सो कुरा सम्बन्धित कार्यपालिकाको हुने र शिक्षक नै शिक्षकको प्रशासनिक क्षेत्रमा रहि शिक्षक र राज्यसंग पुलको काम गर्दा शिक्षक को पेशागत सुरक्षामा सकारात्मक प्रभाव रहने मान्यता नेपाल शिक्षक महासंघ को पनि रहेकाले फागुन २१ गते बसेको नेपाल शिक्षक महासंघ प्युठानको निर्णयानुसार सो काज फिर्ता गर्ने सहमतिको कुरामा असहमति राख्दै सो सहमति कार्यान्वयन नगर्न नगराउन जोडदार माग पनि गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?